The mobile mate

The mobile mate

Share

All solutions related to mobile phones and accessories.

19/01/2022

आजभोलि घाँटी दुख्यो भनेर पिसिआर/एन्टिजेन परीक्षण गर्ने धेरैमा कोरोना पोजेटिभ देखिने गरेको छ।

घाँटीबाहेक टाउको र शरीर असाध्यै दुख्ने, शरीरमा मन्द ज्वरो, नाकबाट पानी बग्ने वा बन्द हुने, थकान महसुस हुने र कसै-कसैलाई पखाला लाग्ने पनि गरेको पाइन्छ।बालबालिकाहरूमा भने विशेषत उच्च ज्वरो, खोकी र शरीर शिथिल हुने समस्याहरू देखिएको अभिभावकहरूले (अभिभावकहरू पनि संक्रमण पुष्टि भएका) बताउने गरेका छन्।

नेपाल सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले २२ प्रतिशतमा ओमिक्रोन (एस-जीन नेगेटिभ नमूना) देखिएको भनेको र विश्वमा देखिएको ओमिक्रोनको लक्षणहरूसँग तुलना गर्दा पछिल्लो समय ओमिक्रोनले नेपालमा आफ्नो साम्राज्य फैलाउँदै गरेको अनुमान गर्न सकिन्छ। यद्यपि अब सार्वजनिक हुने तथ्यांकले ओमिक्रोन भर्सेस डेल्टाको अनुपातमा के-कस्तो बदलाव आयो भनेर देखाउला।

दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले गरेको अनुसन्धानबाट ओमिक्रोन पत्ता लगाउन नाकभन्दा घाँटीबाट स्वाब लिएर परीक्षण गर्दा बढी सही देखिने नतिजा सार्वजनिक गरिएको थियो। हङकङ विश्वविद्यालयले गरेको प्रयोगशाला अनुसन्धानले ओमिक्रोन डेल्टाको तुलनामा श्वासप्रश्वास प्रणालीको माथिल्लो भागमा ७० गुणा बढी तीव्र गतिमा फैलने तर फोक्सोमा भने अघिल्लो भेरियन्टहरूभन्दा १० गुणा कम फैलने क्षमता रहेको पुष्टि भएको थियो।

अरू अनुसन्धानहरूले पनि श्वासप्रश्वास प्रणालीको माथिल्लो भागमा नै ओमिक्रोनलाई फैलन अनुकूल हुने देखाएका छन्। यसै कारणले गर्दा घाँटीको स्वाब परीक्षण गर्दा ओमिक्रोन पत्ता लाग्ने सम्भावना बढी हुने तर्क दक्षिण अफ्रिकाकी वैज्ञानिकहरूले सोही अनुसन्धानमा दाबी गरेका छन्।

सायद ओमिक्रोनको यही विशेषताले गर्दा नै अघिल्लो भेरियन्टहरूले जस्तो श्वासप्रश्वास प्रणालीको तल्लो भाग (फोक्सोमा) मा भन्दा घाँटी तथा टाउको (अगाडिको भाग) बढी दुख्ने समस्या देखिएको वैज्ञानिकहरूको बुझाइ छ।

हाल ओमिक्रोन काठमाडौं केन्द्रित भएको छ। घर, कार्यालय, शिक्षण संस्था, व्यवसाय गर्ने ठाउँहरूमा ओमिक्रोन व्यापक फैलिएको देखिन्छ। घरमा परिवारका सदस्यहरूबीच, कार्यालय वा व्यवसाय गर्ने ठाउँमा लगभग कर्मचारीबीच र त्यस्तै सभा-सम्मेलनमा सहभागी भएकाहरूमा रूघाखोकीका लक्षणहरू देखिसकेका वा देखापर्ने क्रम जारी छ।

सरसर्ती हेर्दा, अहिले ओमिक्रोन समुदायमा फैलिसकेको छ। तसर्थ आगामी दिनहरूमा संक्रमितको संख्या कति छ भनेर खोज्नु वा गन्नेभन्दा पनि संक्रमणको जोखिममा रहेका विशेषत वृद्ध तथा खोप नलगाएका समूह अस्पताल जानुपर्ने अवस्था सृजना हुनसक्ने कुरालाई ध्यानमा राखेर उपचारको तयारी गर्दा श्रेयकर हुनेछ।

ओमिक्रोन बिजुली गतिमा घर-घरमा फैलिरहँदा सरकारले खोपलाई पनि तीव्रता दिएको छ। यो स्वागतयोग्य त छ, तर व्यवस्थापन फितलो हुँदा कोरोना फैलने हटस्पटको रूपमा पनि विकास भैरहेको देखिन्छ।

ओमिक्रोनको लक्षणहरू धेरैमा कडा नदेखिँदा खोप लगाउने केन्द्रहरूसम्म संक्रमितहरू आइपुगेको हुनसक्छ। ओमिक्रोन तीव्र गतिमा फैलने क्षमता भएकोले यस्ता ठाउँहरूबाट संक्रमण झन् तीव्र गतिमा फैलिरहेको हुनसक्ने सहजै अनुमान गर्न सकिन्छ।

यसको लागि खोप केन्द्रहरू खुला क्षेत्रहरूमा विस्तारित गरी स्वास्थ्य मापदण्ड पालना गर्दै खोप लगाउन सके संक्रमण फैलने वातावरण सृजना हुने छैन।

हाल एकपछि अर्को स्वास्थ्यकर्मी तथा अरू फ्रन्टलाइनर्स संक्रमित हुने क्रम जारी रहँदा अत्याश्यक काममा बाधा पर्ने/परिरहेको देखिन्छ।

डेल्टाको लहरमा बिरामीको चापले गर्दा स्वास्थ्य प्रणाली ध्वस्त भएको थियो भने अहिलेको लहरमा स्वास्थ्यकर्मीहरू संक्रमित हुँदै आइसोलेसनमा बस्नुपर्ने हुँदा स्वास्थ्य प्रणाली नियमित गर्न बाधा पर्ने सम्भवना बढ्दै गएको देखिन्छ।

कोरोनासम्बन्धी निरन्तर अनुसन्धानहरूबाट प्राप्त नतिजाहरूको आधारमा पहिला निर्धारण गरेको आइसोलेसनको अवधि विभिन्न देशहरूले छोट्याउँदै गएको देखिन्छ।

यसबाट स्वास्थ्य तथा अत्याश्यक सेवामा ठूलो राहत मिलेको देखिन्छ। अमेरिकाले हाल कोरोना पुष्टि भएकाहरू ५ दिन आइसोलेसनमा बसे पुग्ने निर्देशिका बनाएको छ भने भारतले पनि हालै अद्यावधिक गरेको आइसोलेसनसम्बन्धी निर्देशिकामा ७ दिन बसे पुग्ने बनाएको छ।

नेपालले पनि आइसोलेसनसम्बन्धी निर्देशिकालाई परिमार्जित गर्न सके (छोट्याउन सके) अत्याश्यक सेवालाई नियमित गर्न सहज हुने थियो/हुनेछ।

अन्तमा, ओमिक्रोनले अघिल्लो भेरियन्टहरूले जस्तो तुलनात्मक रूपमा सिधै फोक्सोलाई टार्गेट गरेको देखिँदैन। हाल लेखकको सम्पर्कमा आएका अधिकांश संक्रमण पुष्टि भएकाहरूमा टाउको (अगाडिको भाग) तथा शरीर असाध्यै दुख्ने, आलस्य हुने, शरीर तातिएको महसुस हुने, नाकबाट पानी बग्ने/बन्द हुने तथा घाँटी दुख्ने/ असहज हुने समस्याहरू प्रमुख रूपमा देखिएका छन्।

यी लक्षणमा पनि घाँटीमा समस्या देखे कोरोना पोजेटिभ हुने सम्भावना अत्यधिक देखिएको छ। तसर्थ यो समस्यालाई ओमिक्रोन संक्रमणको प्रमुख संकेतको रूपमा पनि लिन सकिन्छ। के तपाईंलाई पनि घाँटी दुख्ने/असहज महसुस भएको छ? त्यो ओमिक्रोन पनि हुनसक्छ है!

09/02/2021

An educational history of the most iconic and important cell phones over the last 30 years. Starting with the origin of mobiles with the Motorola Dynatec we walk through through the evolution of mobiles in a easy to understand method by showing each major progression and how it was made, whilst also seeing slight adaptions throughout.

27/09/2020

Mi band 5 available
Trackers
Products
Brands
Archives
4499 Only

05/12/2019

मोबाइल सर्भिस सेन्टर मा collector लागि आफ्नै बाइक र लाइसेन्स भएको हुने ब्यक्ति ले मात्र सम्पर्क गर्नु होला
सम्पर्क .9852089830

जनकपुरको यस्तो पसल : जहाँ उधारो पैसा नदिएकाहरुको हुन्छ ’नाम लिस्ट‘ सार्वजनिक 06/11/2019

राम्रो काम को सुरुवात 😍
अरु तिर पनि देख्न पाइयोस्😀😀

जनकपुरको यस्तो पसल : जहाँ उधारो पैसा नदिएकाहरुको हुन्छ ’नाम लिस्ट‘ सार्वजनिक टुडेपाटी समाचारदाता- जनकपुरधाम, कातिक २० गते । व्यवसाय भएपछि नगद र उधारो कारोबार भइरहन्छ । तर कतिपय ग्राहक उधारो स...

Want your business to be the top-listed Contractor in Biratnagar?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Main Road
Biratnagar
021

Opening Hours

Monday 10:00 - 17:00
18:00 - 19:00
Tuesday 10:00 - 17:00
18:00 - 19:00
Wednesday 10:00 - 17:00
18:00 - 19:00
Thursday 10:00 - 17:00
18:00 - 19:00
Friday 10:00 - 17:00
18:00 - 19:00
Sunday 10:00 - 17:00
18:00 - 19:00