Anil Rungta

Anil Rungta

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anil Rungta, Politician, Murli, Birgunj.

07/03/2026

धन्यवाद, सबै–सबैलाई!

पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनु भएका हरि पन्त जी लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

यहाँका मतदाताज्यूहरुबाट प्राप्त जनादेशलाई म सम्मानका साथ स्वीकार गर्दछु। निर्वाचनको परिणाम जे भए पनि, जनताको सेवा गर्ने मेरो संकल्प र प्रतिबद्धता कहिल्यै कमजोर हुने छैन।

यो निर्वाचन अभियानका क्रममा मैले यहाँका जनताबाट अपार माया, विश्वास र समर्थन पाएको अनुभूति गरेको छु। यसले मलाई अझ बढी जिम्मेवार बनाएको छ। म यस यात्रालाई जनताको सेवामा अझ दृढताका साथ अघि बढ्ने नयाँ सुरुवातको रूपमा लिएको छु।

राजनीति मेरो लागि पद वा हारजितको विषय मात्र होइन, यो जनताको आशा, विश्वास र भविष्यसँग जोडिएको दायित्व हो। त्यसैले म समग्र पर्साको विकास, समृद्धि, समुन्नति र यहाँका जनताको हक–हितका लागि निरन्तर रूपमा सक्रिय रहनेछु।

म पर्साको यही माटोको सन्तान हुँ, र यही माटो तथा यहाँका जनताको सेवा गर्नु नै मेरो कर्तव्य हो। तपाईंहरूको साथ, विश्वास र प्रेरणाले मलाई सधैं अगाडि बढ्न ऊर्जा दिनेछ। म सदैव जनताको बीचमा रहनेछु, जनताको आवाज बन्ने प्रयास गर्नेछु, र पर्साको उज्ज्वल भविष्यका लागि आफ्नो तर्फबाट निरन्तर योगदान दिइरहनेछु।

यस अभियानमा साथ दिने सम्पूर्ण मतदाता, समर्थक, शुभेच्छुक तथा साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।

Want your public figure to be the top-listed Public Figure in Birgunj?
Click here to claim your Sponsored Listing.

Category

Address


Murli
Birgunj
44300