Dr Rabins kumar Sah

Dr Rabins kumar Sah

Share

Hip, Pelvi-Acetabulum Reconstruction.Joint Replacement Surgeon.Department Of Orthopedic.National Medical College Birgunj

27/08/2025

एसीटाबुलम फ्र्याक्चरको सफल शल्यक्रिया 💫
दुर्घटनापछि हिँड्न सक्दिनँ भन्ने लागेकै थियो। तर डा. रबिन्स कुमार साहको टोलीले मेरो जीवनलाई नयाँ दिशा दिनुभयो – अब म फेरि आफ्नै खुट्टामा उभिन थालेको छु।

२० वर्षीय एक युवक केही समय अघि एक गम्भीर सडक दुर्घटनामा परे। त्यस दुर्घटनापछि उहाँको हिप भागमा अत्यधिक चोट लाग्यो, जसले गर्दा सामान्य हिँडडुल समेत असम्भवजस्तै देखिन थाल्यो। शारीरिक पीडासँगै मानसिक तनावको समय थियो त्यो।दुर्घटनापछि तुरुन्तै नेशनल मेडिकल कलेज, वीरगञ्ज ल्याइएका बिरामीको प्रारम्भिक परीक्षणपछि पुष्टि भयो—उहाँलाई Acetabulum Fracture अर्थात् हिप जोर्नीको गम्भीर फ्र्याक्चर भएको थियो। यस्तो अवस्थालाई समयमै जटिल शल्यक्रिया नगरेमा भविष्यमा स्थायी अपाङ्गता आउन सक्थ्यो। Acetabulum Fracture सर्जरी एक जटिल, सुप्रामेजर, तथा उच्च प्रविधि आवश्यक पर्ने अपरेशन हो, जुन दक्ष र अनुभवी सर्जन तथा सहकार्ययुक्त टोलीको आवश्यकता पर्दछ ।

यही चुनौतीपूर्ण अवस्थामा, हिप, पेल्भी–एसेटाबुलम पुनर्निर्माण तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. रबिन्स कुमार साह को नेतृत्वमा उच्चस्तरीय शल्यक्रिया गरिएको थियो।सर्जरी टोलीमा सह–सर्जन डा. प्रशान्त, रेसिडेन्ट डाक्टरहरू डा. सिकेन्द्र, डा. मुन्‍ना, डा. कुमोद, डा. सन्दीप र डा. अयूब, एनेस्थेसिया विशेषज्ञ डा. रुपेश र सम्पूर्ण OT तथा नर्सिङ स्टाफ सक्रिय रूपमा संलग्न थिए।
Acetabulum fracture anatomical alignment अनुसार पुनःस्थापना गरियो। सर्जरीपछि बिरामीलाई ICU मा राखेर निगरानी गरियो र केही दिनमै उहाँ सक्रिय रुपमा उठ्न, बस्न र सहायतासाथ हिँड्न थाल्नुभयो।
नेशनल मेडिकल कलेजले यस उपलब्धिलाई संस्थाको उच्चस्तरीय सेवा, दक्ष चिकित्सक टोलीको प्रतिबद्धता र अत्याधुनिक प्रविधिको प्रयोगको परिणामका रुपमा लिएको छ।
हाम्रो सन्देश:

Pelvic वा Hip क्षेत्रमा गहिरो चोट, दुर्घटनापछि असह्य पीडा, वा हिँडडुलमा कठिनाइ देखिएमा तुरुन्तै विशेषज्ञ सल्लाह लिनुहोस्। समयमै गरिएको शल्यक्रियाले जीवन फेरिन सक्छ।

📍 नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल
⚕️ हिप तथा पेल्भी-एसेटाबुलम सर्जरी विभाग
👨⚕️ डा. रबिन्स कुमार साह | डा. प्रशान्त | रेसिडेन्ट्स
📌 वीरगञ्ज–१५, पर्सा
📞 सम्पर्क: ०५१–५९१०१४, ५९१३२०

🔬 उच्च प्रविधि, अनुभवी टिम – तपाईंको भरोसायोग्य उपचार केन्द्र 🌿

08/02/2024

Dr Rabins kumar Sah Hip, Pelvi-Acetabulum Reconstruction.Joint Replacement Surgeon.Department Of Orthopedic.National Medical College Birgunj

Want your practice to be the top-listed Clinic in Birgunj?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


National Medical College
Birgunj