Online Form Solution Nepal
All and Every kinds of online form fill here
13/04/2024
नयाँ बर्ष २०८१ साल को उपलक्ष्यमा नेपाल तथा संसारभरमा छरिएर रहनु भएका सम्पुर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर उन्नति र प्रगतिको हार्दिक मङलमय शुभकामना 🙏
भोलि OMR SHEET भर्दा ध्यान दिनुपर्ने विषयहरुः
१) OMR Sheet लाई धुलो, चिसोबाट बचाई, नच्याती प्वाल नपारी, नपट्याई प्रयोग गर्ने । जसका लागि केही नलेखिएको वाक्लो कागज वा कुट माथि राखेर लेख्ने । तोकिएको लेख्ने र मसी भर्ने ठाउँमा वाहेक अन्य ठाउँमा कही कतै मसी नलगाउने र नलेख्ने,
२) सबैभन्दा पहिला आफ्नो नाम तोकिएको कोठामा अक्षर / अल्फावेट एक एक वटा लेखी पुरा गर्ने रोल नम्बर लेख्ने कोठाहरुमा आफ्नो प्रवेशपत्र हेरी ११ वटा अङ्क लेख्ने,
३) अङ्कमा लेखेको रोल नम्वरलाई आधार मानि त्यसमा फरक नपर्ने गरी रोल नम्बर लेख्ने कोठा तलतिर रहेको ० देखि ९ सम्मका अङ्क रहेको गोलो घेरामा आफ्नो रोल नम्बरको अङ्क जति छ त्यसको सिधा तलको गोलो घेराको सोही अङ्कलाई छोप्ने गरी मसी भर्ने ।
४) OMR Machine ले उत्तरपुस्तिका पढ्दा अङ्क र अक्षरलाई नपढी मसी भरेको बबललाई मात्र पढी अङ्क दिने हुँदा सोही अनुसार सजग रहने,
५) वि.नं. लेख्ने कोठामा ४०/०८० लेख्ने,
६) तह कोठामा निम्न माध्यमिकको छेउको गोलोमा मसी भर्ने, विषयको कोठामा केही नलेख्ने,
७) परीक्षाको किसिममा अध्यापन अनुमतिपत्र लेखिएको छेउको गोलोमा मसी भर्ने,
८) Set सङ्केत गर्नका लागि तपाईंले पाएको प्रश्नपत्रको सिरानमा सेट A, B, C, D मध्ये कुनै एक लेखिएको हुनेछ । सोही अनुसार आफुले पाएको प्रश्नमा रहेको A,B,C,D मध्ये एक उत्तरपुस्तिकामा रहेको घेरामा मसी भर्ने,
८) प्रश्नको सही उत्तर छानि मसी भर्ने । प्रश्नपत्रमा रहेको प्रश्न नं. र प्रश्न पढ्ने । उक्त प्रश्नको उत्तर त्यहाँ दिएका चार विकल्प A, B, C, D मध्ये एक छान्नुहोस् र उक्त सही विकल्प सोही नं. मा रहेका चारवटा A, B, C, D का घेरामध्ये सही एकमा मात्र मसी भर्ने ।
९) सबै काम सकिएपछि एक पटक पुनः हेर्नुहोस् । तर तोकिएको ठाउँमा भन्दा बढी घेरामा मसी नभर्ने । मसी घेरा भरी पार्ने । घेराभन्दा बाहिर नभर्ने, प्वाल नपार्ने, नपट्याउने, उत्तरपुस्तिका परीक्षा हलमा रहेका कर्मचारीलाई बुझाउने,
१०) OMR Sheet एउटा मात्र पाइनेछ । साट्न वा थप अर्को लिन नपाइने हुँदा सजग रहेर प्रयोग गर्ने,
माथि उल्लिखित कुराहरु पालना नहुँदा परीक्षा स्वतः रद्द हुनेछ । सचेत रहनुहोस् ।
24/09/2023
Online Form Solution Nepal online form fill up here
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal-3, Golpark Rupandehi
Butwal
32907