Rolacon

Rolacon

Share

Rolacon is an audit firm including business & financial consulting service. We believe in quality service and timely delivery.

09/07/2025

नेपाल सरकारले जारी गरेको अध्यादेशअनुसार,
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालित कम्पनीहरूले
समयमै विवरण नबुझाउँदा लाग्ने जरिवाना (फाइन) मा ९०% छुट पाउन सक्ने व्यवस्था गरिएको छ।

यो सुविधा असार मसान्तसम्म मात्र मान्य हुनेछ।
अवसर गुम्न नदिनुहोस्!

ROLACON Accounting & Consulting Pvt. Ltd.
📍 तिलोत्तमा–३, रूपन्देही
📞 9857011177, 📞 9801361408

अहिले नै सम्पर्क गर्नुहोस् र छुटको लाभ लिनुहोस्!

24/07/2024

🏃धेरैजना साना व्यवसायीहरू आयकर तिर्न हतार गर्दै कर कार्यालयतिर जाँदै गरेको देख्नुभएमा यति कुरा सम्झाइदिनुस् है:
✋ नआत्तिनुहोस्: २०८०/८१ को आयकर तिर्ने अन्तिम मिति भनेको २०८१ असोज मसान्तसम्म हो।
📈 कारोबार रकम एकिन: आर्थिक वर्ष २०८०/८१ को खरिद बिक्री रकम एकिन गरेर मात्र जानुहोस । स्पष्ट हिसाब राख्नुभएको छैन भने आफूले सामान खरिद गर्ने सम्पूर्ण पार्टीहरूलाई उहाँहरुले हजुरको नाममा कति बिक्री देखाउनुभएको छ त्यति पत्ता लगाउँदा पनि धेरै सहज हुन्छ ।
🌀 पूँजी रकम, गत वर्षको कारोबार, बैंक ऋण लगायतका कुराले तपाईँको कारोबार निर्धारण गर्ने होइन, अतः आफ्नो वास्तविक कारोबार जति भएको छ त्यति नै उल्लेख गर्नुहोस्।
🌀 सेवा व्यवसायको थ्रेसहोल्ड बढेर ३० लाख भइसकेकाले होटल, consultancy लगायतका व्यवसायहरूले यदि तपाईंको वास्तविक कारोबार हो भने ३० लाख सम्मको डे१ फारम दाखिला गर्न नडराउनुहोला ।
🏦 बैंकले मान्दैन भन्दै आफ्नो वास्तविक कारोबार भन्दा बढी कारोबार पनि नदेखाउनुहोला । वास्तविक भन्दा बढी कारोबार देखाएको हकमा भविष्यमा ठूलो समस्या हुनसक्छ।
🏦 यदि हजुरको बैंकको ऋण नवीकरण गर्ने समय श्रावण वा भदौ महिनामै पर्छ भने पनि कर चुक्ता निकाल्नका लागि आत्तिएर आफ्नो वास्तविक कारोबार रकम यकिन नै नगरी आय विवरण नहाल्नुहोस् । प्रोभिजनल रिपोर्टका आधारमा पनि ऋण नवीकरण हुन्छ (कर चुक्ता नै चाहिन्छ भन्ने हुँदैन)। (थप जानकारी आफ्नो लेखापरीक्षक वा वित्तीय परामर्शदाता सँग लिनुहोस )
🌀 अन्तशुल्क इजाजत पत्रको नवीकरण गर्ने र आयकर तिर्ने दुई फरक कुरा हुन् । त्यसैले आयकर नतिरी अन्तशुल्क इजाजतपत्र नवीकरण नहुने भन्ने हुँदैन। त्यसैले श्रावण मसान्तभित्र गर्नैपर्ने भनेको अन्तशुल्क इजाजत पत्र नवीकरण मात्र हो। आयकर तिर्नका लागि असोज मसान्तसम्मको समय भएकाले आफ्नो कारोबार रकम confirm गरेर मात्र आयकर तिर्नुहोस्।
🌀 तपाईँको वास्तविक कारोबार रकम बैंकर, अफिसर, अडिटर वा अन्य कुनै परामर्शदातालाई थाहा हुने कुरा हुँदैन, त्यो तपाईँलाई मात्र थाहा हुन्छ। त्यसैले अरुको सल्लाह बमोजिम वास्तविक कारोबार भन्दा फरक कारोबार रकम नहाल्नुहोस्।
🌀 कार्यालयबाट कर चुक्ता पाउँदैमा सबै हिसाब मिलेको भन्ने हुँदैन । कार्यालयलाई तपाईँले पेश गरेको आय विवरण उपर शङ्का लागेमा जतिपटक पनि परीक्षण गरी पुनः कर रकम र जरिवाना निर्धारण गर्न सक्दछ । त्यसैले वास्तविक भन्दा फरक कारोबार रकम दाखिला गर्नुभएको छ भने कर चुक्ता पाउँदैमा ढुक्क हुने अवस्था हुँदैन ।
🌀 आयकर तिर्ने विषयलाई अन्य कुनै सामान्य नवीकरण गर्ने विषय जसरी नलिनुहोस्, यो अत्यन्तै संवेदनशील विषय हो। आयकर रकम आफ्नो वास्तविक दायित्व भन्दा कम या बढी तिर्न हुँदैन। तपाईंको घर जग्गा, बैंक खाता , अन्य सम्पूर्ण सम्पतिको श्रोत भनेकै तपाईंले तिरेको कर र व्यवसायीको आम्दानी हो।
⚖ कर सम्बन्धी परामर्शदाता छनौट गर्दा विशेष ध्यान पुर्‍याउनु होस । परामर्शदाता सही छनोट नगरेमा भविष्यमा पछुताउनुपर्ने हुनसक्छ ।
🌀 बिग्रिसकेपछि पछुताउनु भन्दा पहिले नै सबै कुरा बुझेर आय विवरण दाखिला गर्नुहोला।
📞 थप जानकारीका लागि :
रोयल एकाउण्टिङ्ग एण्ड कल्सल्टिङ्ग प्रा.लि.
तिलोत्तमा -३, रुपन्देही
९८५७०१११७७, ९८०१३६१४०८ मा सम्पर्क गर्नुहोला ।

04/06/2024

Best wishes Team Nepal. ❣️

Want your business to be the top-listed Finance Company in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Butwal