One Click Business Solutions

One Click Business Solutions

Share

To provide a comprehensive solutions to your business !

14/05/2026

के तपाईँलाई थाहा छ?

अब कालोसूचीमा परेका कम्पनीहरूको विवरण एउटै पोर्टलमा हेर्न सकिन्छ! 🔍

सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) ले खरिद नियमावली, २०६४ को नियम १४३ बमोजिम एउटा नयाँ र व्यवस्थित पोर्टल blacklist.ppmo.gov.np सञ्चालनमा ल्याएको छ.

यस पोर्टलमा अब तपाईँले सजिलै हेर्न सक्नुहुन्छ:

✅ कालोसूचीमा राखिएका बोलपत्रदाता, परामर्शदाता, वा आपूर्तिर्ताहरूको विवरण.

✅ कालोसूचीबाट फुकुवा भएका कम्पनीहरूको अपडेटेड रेकर्ड.

व्यवसायिक पारदर्शिता कायम राख्न र सही साझेदार छनोट गर्न यो एउटा महत्त्वपूर्ण कदम हो। थप जानकारीको लागि आधिकारिक वेबसाइट भिजिट गर्नुहोस्।

24/05/2025

नेपालमा लागु भएको नयाँ लेखा विधि: नेपाल वित्तीय प्रतिवेदन मान (Nepal Financial Reporting Standard, NFRS):
१) आ.व. २०८०/८१ बाट लेखा को नयाँ विधि, NFRS, अनुसार लेखांकन गर्नु पर्ने अनिवार्य भएको छ।
२) नेपालमा चार किसिमको वित्तीय प्रतिवेदन मान र लेखामान रहेका छन्:
क) NFRS (ठूलो संस्थाहरूको लागि)
ख) NFRS for SME ( साना तथा मझौला संस्थाहरुको लागि)
ग) NAS for ME (अति सानो संस्थाको लागि)
घ) NAS for NPO (गैर नाफा मुलक संस्थाको लागि)
यो चार किसिमको वित्तीय प्रतिवेदन/ लेखामान २०८०/०४/०१ गते देखि लागू भइसकेको छ।
३) पहिला को भन्दा लेखा विधिहरू फरक रहेको छ।
नयाँ लेखामान अनुसार वितिय प्रतिवेदन नराखे हुन सक्ने सम्भावित दिकतहरू
क) पुरानो विधि अनुसार UDIN generate गर्न मिल्दैन
वा लेखा परीक्षक लाई ICAN ले show cause notice issue गर्न सक्छ।
ख) कम्पनी रजष्ट्रार ले financial statements accept गर्दैन वा आवधिक गर्दैन
ग) कर कार्यालयले financial statements accept गर्दैन।
घ) बैंक तथा वित्तिय संस्थाहरुले financial statements accept गर्दैन।
अन्य कुनै कार्यालयमा financial statements submit गर्नु परे त्यस्ता कार्यालयहरुले accept गर्दैन।
समयमै आफ्ना financial statements नयाँ लेखामान अनुसार राख्नु होस।

24/05/2025

VAT को मासिक / चौमासिक विवरण पेश नगर्नेको VAT दर्ता निलम्बन गरियेको सूचना ।
विभागले यस्ता निलम्बित करदाता सङ कारोबार नगर्न आग्रह गरेको छ। साथै उक्त करदाताको Import export पनि रोक्का गर्न सूचना जारी गरेको छ।

Want your business to be the top-listed Business in Butwal?
Click here to claim your Sponsored Listing.

Website

Address


Old Buspark
Butwal

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00