Paclipper
!
05/05/2026
कांग्रेस निकट नेविसंघका अध्यक्ष Dujang Sherpa ले पद छाडेको घोषणा गरेका छन्। 😲
02/05/2026
सरकारले सीमावर्ती क्षेत्रको भन्सार जाँचमा कडाइ गरेपछि भारतीय बजार सुनसान बनेको छ भने नेपाली बजारमा चहलपहल र व्यापार बढेको छ। बालेन सरकारले भन्सारमा कडाइ गरेपछि किनमेलका लागि भारत जाने नेपालीको सङ्ख्यामा भारी गिरावट आएको छ। विगतमा सामान किन्न सीमापारि जाने चलन सामान्यजस्तै भए पनि, अहिले नेपाली बजारमा ग्राहकको चहलपहल बढ्दै गएको छ।
"सरकारले भन्सार क्षेत्रमा कडाइ गरेसँगै अहिले पसलहरुमा विस्तारै ग्राहकहरुको चहलपहल बढेको छ, विगतमा दिनभरजसो पसल कुरेर मात्रै बस्नुपर्ने हुन्थ्यो । अहिले ग्राहक बढेसँगै व्यापारमा पनि धेरै सुधार देखिएको छ," स्थानीय व्यवसायीले बताए। व्यवसायीहरूका अनुसार भन्सार कडाइपछि हाल व्यापार करिब २५ प्रतिशतले बढेको छ। उनीहरूले सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न सके व्यापार अझै ५० प्रतिशतसम्म बढ्ने अपेक्षा गरेका छन्।
24/04/2026
बोर्डर टाइट गर्न नपाइने, नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया पक्रिन नपाइने, दलका विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाइने, मापदण्ड भन्दा ज्यादा मिचिएको फूटपाथ बिस्तार गर्न नपाइने, शैक्षिक सुधार गर्न नपाइने, अफ़िस आवर हेरफेर गर्न नपाइने !!
अनि देश चाहिं सिंगापुर जस्तो चाहिने ?!
हामीलाई जंगल ठिक छ !
S: Hemant Giri
काठमाडौं महानगरपालिका को ध्यान यता पनि
बुटवलमा आज पनि फुटफाट हटाउदै नगरपालिका
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Butwal