LoksewaKey

LoksewaKey

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LoksewaKey, Digital creator, Butwal.

17/07/2024
Photos from LoksewaKey's post 14/07/2024

Nepal ko bhugol

Photos from LoksewaKey's post 14/07/2024

🔶 महत्वपूर्ण समसामयिक जानकारी!!
1) नेपालको वर्तमान प्रधानमन्त्री को हुन?
➡️के पि शर्मा ओलि
2) नेपालको ४५ औ प्रधानमन्त्री को हुन?
➡️के पि शर्मा ओलि
3) के पि शर्मा ओलि प्रधानमन्त्रीमा नियुक्त कहिले भएको हुन?
➡️ वि. स २०८१ असार ३०

13/07/2024

my parents are not rich, but i’ve never slept hungry, never walked without shoes. i’m blessed and thankful. i really appreciate their sacrifices.

13/07/2024

रोड छेवैमा भोकाएको म ,कसैलाई नसोधी पोलेको मकै झिकेर छोडाउन थाले अनि सोधे आमा मकैको कति हो ? मन्द मुस्कान दिएर आमाले भन्नू भयो पर्दैन बाबु हल्का डढेको छ त्यै माथि मै जस्तो थोते , निकै मिठो हास्नुभयो । आफ्नै छोरा जस्तै छौ भयो पर्दैन । ....यति के भन्नू भएको थियो कता कता आफ्नै आमा भेटिएको भान भयो। सधै यहि बस्नुहुन्छ ? मैले सोधे ।पीडा भरिएको स्वरमा भन्नुभयो ,महानगरले दुख दिन्छ कैले कता भग्यो कैले कता । आजै आएको हुँ । दुई महिना बिमार भएर घरमै थिए । यो असार महिना,सबैले धान रोपेका छ्न मकै पाउनै मुस्किल छ तीनचार दिन घुमेर बल्ल बल्ल पाएको अनि आज आएको। गुफ मीठो हुदैथियो । एकै छिनको बसाईमा आमाले खै कसरी आफ्नै सम्झनु भयो? आफ्ना ब्यथा ,पीडा भन्दै जानू भयो ती आँखामा टल्किएका आँसु लुकाउन घरीघरी हास्नुहुन्थ्यो । वृद्ध अनि रोगी शरीर त्यो माथी उहाँको संघर्ष र ब्यथा भरिएको कथाले भावुक बनायो, उठ्नै मन लागेन । हामी मकै थप्दै गयौं । आमाले त्यो दुईटा थोते मकैको पर्दैन है भन्दै पोल्दै दिदै गर्नुभयो । यहि भरतपुर हो जहाँ चिनिएका मानिसहरुबाटै बारम्बार ठगिएका हामी ,पहिलो भेटमै, यो माया त्यो आत्मीयताले निकै भावुक बनाएयो । सहयोग गर्न ठूलो मन थियो तर नेपालको जागीर अनि तलब । गोजीबाट पर्स निकाल्दै थिए अभावको प्रभाव अनि जिम्मेवारीको बोझ थाम्न नसकेर च्यातिएको पर्स निकै पातलो थियो। मनमा इच्छा हुदाहुदै सानो हैसियतले केहि गर्न सकिन । आमाले मात्र तीन वटा मकैको पैसा माग्नु भयो मैले हल्का डढेको २ थोते मकै सहित दोब्बर मूल्य तिरे ।कति प्यारी आमा छोरा जस्तै त होनिबढी पैसा लिदैलिन्न भनि अस्विकार गर्नु भयो। मूल्य भन्दा बढी लिए भगवानले ब्याज सहित फिर्ता लिन्छ्न। फेरि आमाले देखाउनु भएको त्यो मायाले मन जित्यो । मैले आमाकै शब्दलाई हतियार बनाई हामीलाई छोराजस्तै भन्नु भए पछि छोराले औषधि खाने पैसा दिएको सम्झिएर राख्नु । आमा एकै छिन मौन बस्नु भयो अनि गाह्रो मानेर राख्नु भयो । आमाले आशीर्वाद दिदै भन्नु भयो ठूलो मान्छे बन्नु । मैले आमालाई भने ठुलो मान्छे हैन खुशी मान्छे बन्ने आशीर्वाद दिनुहोस । बाबुको इच्छा भन्दै हाँस्नु भयो ।आमाको मायाले मुल्यहिन देखेको त्यो थोते मकै साच्चै अमुल्य थियो । त्यो हल्का डढेको थोते मकैलाई धेरै धेरै धन्यवाद जस्ले आमालाई छोराको आभास अनि छोरालाई आमाको माया दिलायो ।शुक्रबार हप्ता भरिको थकान त्यो छोटो समय तर अविस्मरणीय पलले हाम्रो गुड फ्राइडे बनायो हाम्रो मानसिक थकान मेटायो । फेरि फेरि आउने बाचा सहित आफ्नो गन्तव्य तर्फ लाग्यौं ।
नोट:- तपाईको खर्चले दुईटा काम गर्छ । कसैको घर,गाडी थप्न सहयोग गर्छ भने कसैको चुलो बल्न सहयोग गर्छ ।
हे भगवान् मनहुनेलाई धन पाउन कठिन नबनाइ देउ।❤️

pic & story :- Bikram Pokhrel & Bishal Adhikari

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Butwal