Shrinagar Online

Shrinagar Online

Share

Shrinagar online media with government license number (772/074-75) one and only online video portal run by expert team of photography , videography and pho

08/06/2026

नृत्य निर्देशक संघ नेपाल रुपन्देहीद्वारा आयोजीत नृत्य महोत्सव २०८३

Photos from Shrinagar Online's post 07/06/2026

सहकारीमा तालिम सम्पन्न ।

पूर्वसैनिक कृषि सहकारी संस्था लि. तिलाेत्तमा-७,भलवारी,रुपन्देहीले आफ्ना सञ्चालक समिति,लेखा समिति र उपसमितिहरुका लागि एक दिवसीय नेतृत्व विकास तथा क्षमता अभिवृद्धि,धिताे मूल्याङ्कन र धिताे लिलामीसम्बन्धी तालिम शनिवार भलवारीमा सम्पन्न गरेकाे छ ।

तालिममा सहकारी बैङ्क,बुटवल शाखाका प्रवन्धक राेशन पाैडेल, सहकारी अभियन्ताहरु दलबहादुर गुरुङ र युवराज घिमिरेले नेतृत्व विकासकाे अर्थ,यसका विधि, प्रक्रिया , क्षमता विकासका तरिका, निक्षेप, बचत,कर्जा,कर्जा मूल्याङ्कनका आधार , धिताे लिलामीका प्रक्रियाका विषयमा सहजीकरण गरेका थिए ।

तालिम समापन कार्यक्रममा सहकारीका अध्यक्ष क्याप्टेन रामबहादुर गुरुङ,उपाध्यक्ष हवल्दार कृष्णबहादुर पुन,सचिव मेजर सुवेदार गिरिप्रसाद राना,सदस्य अनिता गुरुङ,काेषाध्यक्ष पदमबहादुर गुरुङ, व्यवस्थापक सुनिता पुन र कर्मचारी केशरी थापा मगरले प्रस्तुत प्रिजेन्टेसनमाथि आ-आफ्ना विचार प्रस्तुत गरेका थिए ।

उनीहरुले आफ्नाे सहकारीलाई जिल्लाकै नमूना कृषि सहकारी बनाउने अभियानमा गतिशील गरेकाे समेत बताए।
उनीहरुले तालिमबाट सैद्धान्तिक ज्ञान प्रशस्त हासिल भएकाे र साे ज्ञानलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने प्रतिवद्वता जनाएका थिए । तालिममा संस्थाका ३५ जना सहभागी थिए ।

06/06/2026

- सेलिब्रेटी मेकअप आर्टिस्ट चिराग शर्माको बुटवलको होटल हायातमा भब्य इन्ट्री ।।।

Photos from Shrinagar Online's post 01/06/2026

उच्च अदालत बार एशोसिएशन, बुटवलमा नयाँ नेतृत्व चयन

बुटवल, जेठ १८ — उच्च अदालत बार एशोसिएशन, बुटवलको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनबाट नयाँ नेतृत्व चयन भएसँगै कानुन व्यवसायीहरूको साझा संस्थाले आगामी कार्यकालका लागि नयाँ पदाधिकारी, सदस्य तथा पार्षदहरू पाएको छ।

नवनिर्वाचित पदाधिकारी, सदस्य तथा पार्षदहरूलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
कानुन व्यवसायको मर्यादा, न्यायिक क्षेत्रको सुदृढीकरण तथा संस्थागत विकासमा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

निर्वाचनबाट माधव प्रसाद घिमिरे अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। त्यसैगरी ओमप्रसाद पंगेनी उपाध्यक्ष, लोकप्रसाद खरेल सचिव, मिना महत जी.सी. कोषाध्यक्ष तथा निशा कुमारी खरेल सह-सचिव पदमा निर्वाचित हुनुभएको छ।

सदस्यहरू
बाबुराम न्यौपाने
मुन्नी न्यौपाने
चतुर्भुज पन्थ
दामोदर घिमिरे
रामप्रसाद भुसाल
मनोज श्रेष्ठ
संजिता पौडेल
कृष्ण रोका

पार्षदहरू
टुकराज पाण्डे
सिर्जना थापा
यमुना गुरुङ
विद्या घिमिरे
विष्णु प्रसाद भट्टराई
प्रकाश कुमार नेपाल
जीवननारायण अधिकारी
उद्धवचन्द्र गौतम

नवनिर्वाचित नेतृत्वले संस्थाको गरिमा अभिवृद्धि गर्दै कानुन व्यवसायीहरूको हकहित, पेशागत विकास तथा न्यायिक क्षेत्रको सुदृढीकरणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। निर्वाचनको सफलतापूर्वक सम्पन्नतासँगै उच्च अदालत बार एशोसिएशन, बुटवलले नयाँ उत्साह र योजनाका साथ आगामी कार्यकाल अगाडि बढाउने अपेक्षा गरिएको छ।

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Bhanu Park
Butwal
32900