2020
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 2020, Digital creator, Dharan.
सृष्टिको उत्पत्ती केन्द्र मुन्दुमको प्राण.....
साल्पा सिलिचुङ संरक्षण हाम्रो अभियान.....
साल्पा–सिलिचुङ किरातीहरुको पवित्र मुन्दुमी स्थल,किरात धार्मिक तथा सांस्कृतिक स्थल हो । मुन्दुम अनुसार साल्पा–सिलिचुङ नै सृष्टि र मुन्दुमको उत्पति केन्द्र भएको जनविश्वास रहेको छ।सुम्निमा र पारुहाङको सर्वप्रथम यही साल्पा–सिलिचुङमा नै भेट भएको थियो भन्ने मुन्दुममा पाइन्छ।त्यस्तै मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरु रिकापा–रिभ्यामा,सालाप्पा साल्पाहाङ,रिब्रिहाङमा/रिब्रिमा (साल्पा राजा र साल्पा रानी) जस्ता आदिम किराती पुर्खाहरुको साल्पा सिलिचुङ नै आदिम थलो तथा बासस्थान रहेको मुन्दुमी मान्यता रहेको छ।किरातीहरुको सांस्कृतिक नायक
नछुङ,नाक्छो,नाक्छुङ,माङ्पा, नागिरे, कुबी, माबी, दोवा, पासिङ, वाटाङ्पा बुङ्पेन्मी तङ्साबुङ देवारी समग्रमा धामी बिजुवाहरु वर्षेनी मुन्दुमी शक्ति आर्जन गर्न, Mundumi Ritual Journey मुन्दुमी यात्राको लागि वर्षेनी साल्पा सिलिचुङ जाने गर्दछन। यस अर्थमा साल्पा सिलिचुङ किरातीहरुको निम्ति हिन्दुहरुको मानसरोवर ताल र कैलाश पर्वत,मुस्लिमहरुको मक्का मदिना, बुद्धिष्टहरुको लुम्बिनी भनेजस्तै र त्यतिकै महत्वपुर्ण पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल (किरात सांस्कृतिक सम्पदा) हो।किरातीहरुको पवित्र मुन्दुमी स्थल,किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा-सिलिचुङलाई विश्वभरका किरातीहरुले चाडै नै संरक्षण तथा प्रवर्द्धन गर्नका लागी पहलकदमीको अत्यावश्यक देखिएको छ अन्यथा किरातीहरुको पवित्र मुन्दुमी स्थल,किरात धार्मिक तथा सांस्कृतिक स्थल,सृष्टि तथा मुन्दुमको उत्पति केन्द्र साल्पा–सिलिचुङको मुन्दुमी अस्तित्व नै सङ्कटमा पर्ने अवस्था सिर्जना भएको छ।विश्वभरका किरातीहरुको मुन्दुमी आस्था जोडिएको यस पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा–सिलिचुङलाई संरक्षण, प्रवद्र्धन गर्ने जिम्मेवारी पनि विश्वभरिकै किरातीहरुको भएकाले विश्वभरकै किरातीहरु, किरातजन्य संघसंस्थाहरुले सहकार्य गरेर साल्पा–सिलिचुङलाई संरक्षण प्रवर्द्धन गर्न साल्पा सिलिचुङमा सुम्निमा–पारुहाङको प्रतिमा निर्माण,तीनचुला सहितको मुन्दुमी पूजाथान,वाबुक-सोलोन्वा आकारको मुन्दुमी गेट निर्माण,रिकापा-रिभ्यामा/रिब्रिहाङ्मा,रिब्रिमा(साल्पा राजा साल्पा रानी)जस्ता आदिम किराती पुर्खाहरु तथा विभिन्न मिथकीय पात्रहरुको प्रतिमा निर्माण गर्ने उद्देश्यले (साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समिति) स्थापना गरिएको हो।अतः यस पवित्र तथा ऐतिहासिक महान महाअभियानलाई सफल बनाउन संसारभर छरीएर रहनु भएका सम्पुर्ण किरातीहरु,किरात जन्य संघ-संस्थाहरु साथै सांस्कृतिक रुपमा सचेत तमाम किराती तथा गैर किराती दाजुभाई तथा दिदिबहिनी हरुलाई आ-आफ्नो तर्फबाट दायीत्व बोध गर्दै स्व-स्फुर्त रुपमा आर्थिक सहयोग,नैतिक तथा भौतिक सहयोग हातेमालो तथा सहकार्य गरेर भोलीको दिनमा मरेर गएपनि युगौयुसम्म बाचीरहने ऐतिहासिक सांस्कृतिक योगदान पुर्याईदिनु हुनका लागि (साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समिति)
हार्दिक अपिल गर्दछौ।
#प्रतिमा निर्माणको प्रारुप
१. सिलिचुङमा सुम्निमा–पारुहाङको प्रतिमा,पूजाथान र माङ्पाको प्रतिमासहित सोलेवाको प्रतिक निर्माण गरिनेछ ।
२. साल्पा परिसरमा सुम्निमा–पारुहाङको प्रतिमासहित पूजाथान र विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमा निर्माण गरिनेछ ।
३.वाबुक÷सोलेवा चिण्डो आकारको मुन्दुमी गेट निर्माण गरिनेछ ।
४.साल्पा–सिलिचुङ परिसरमा माङखिम तथा मुन्दुम सङ्ग्राहलय निर्माण गरिनेछ ।
#सहयोगदाताहरुको आर्थिक योगदानको सम्मान
प्रतिमा निर्माणका लागि आर्थिक सहयोगदाताहरुलाई निम्नानुसार सम्मान गरिनेछ ।
१) मुन्दुमी पात्रको प्रतिमा प्रायोजन गर्ने प्रायोजक तथा परिवारको नाम फोटोसहित सौजन्य–शिलालेखमा राखिनेछ साथै ताम्रपत्रले सम्मान गरिनेछ ।
२)दश लाखदेखि माथिका दाताहरुको फोटो विवरणसहित शिलालेखमा राखी उद्घाटन कार्यक्रममा ताम्रपत्रले विशेष सम्मान गरिनेछ ।
३)पाँच लाखदेखि माथिका दाताहरुको नाम (तीन जनाको) शिलालेखमा राखी, ताम्रपत्रले सम्मान गरिनेछ ।
४)दुईदेखि पाँच लाखसम्मका दाताहरुलाई शिलालेखमा नाम (दुई जनाको) राखी ताम्रपत्रसहित विशेष सम्मान गरिनेछ ।
५)एक लाखदेखि माथिका दाताहरुलाई शिलालेखमा नाम राखी ताम्रपत्रले सम्मान गरिनेछ ।
६)पचास हजारमाथिको सहयोगदाताहरुलाई शिलालेखमा नाम, मायाको चिनोसहित सम्मानपत्रले सम्मान गरिनेछ ।
७)पन्ध्र हजारदेखि माथिको सहयोगदाताहरुको नाम शिलालेखमा राखी सम्मानपत्रले सम्मान गरिनेछ ।
८)दुई हजारदेखि माथिका सहयोगदाताहरुको नामावली स्मारिकामा प्रकाशन गरिनेछ ।
९)श्रमदान गर्ने श्रमदाताहरुको विशेष सम्मानसहित स्मारिकामा नामावली राखिने छ ।
१०)दश दिनभन्दा बढी श्रमदान गर्ने श्रमदाताहरुलाई कार्यक्रममा विशेष सम्मान गरी शिलालेखमा नाम राखिनेछ ।
११)सम्पूर्ण सहयोगदाताहरुको विवरण संस्थाको वेभसाइटमा राखिनेछ
यस पवित्र तथा महान महाअभियान लाई आर्थिक दान पठाऊनको लागीः- संस्थाको खाता विवरण यसप्रकार छ।
यस पवित्र तथा महान महाअभियानलाई आर्थिक दान पठाऊनको लागीः- पैसा पठाऊनको लागी खाता डिटेल यसप्रकार छ
GLOBLE IME BANK SATDOBATO LALITPUR
Account No=040007010104111
NAME:-RAJEN RAI/BISHNU KUMAR RAI/SARITA RAI
प्रोजेक्ट डाईरेक्टर:- सरीता राई Sarita Rai
सम्पर्क नम्बर:- +9779851031099
यस पवित्र तथा ऐतिहासिक महान महाअभियान लाई सफल बनाऊन आर्थिक सहयोग गरेर साल्पा सिलिचुङ संरक्षण प्रवर्द्धन गर्ने ऐतिहासिक योगदानलाई ईतिहासमा भावी सन्ततीहरुले युगौयुग सम्म सम्झिरहनेछन।हामी मरेर गईसकेपछि पनि ईतिहासमा युगौयुग सम्म ईतिहासले सम्झिरहनेछन। मरेर जानु केहि छैन दिएर जानु धेरै छ।
#साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समिति
कोषाध्यक्षः- संगिता नाछिरीङ राई
साल्पा माङ सेवा🙏 सिलिचुङ सेवा 🙏
अमुल्य जीवनलाई वास्तविक रूपमा चिन्नु नै जीवन हो किन कि अरुलाई खुशी तुल्याएर आफुले आनन्द प्राप्त गर्नु नै वास्तविक जीवन हो तर हजारौं स्वभाव र बिचार भएका मानिसहरुको भिडमा आफ्नो स्वभाव र बिचार ठ्याक्कै मेल खान्छ भन्न सकिन्न किनकि हरेक जीवनमा strong point and weak point अवश्य हुन्छ । तथापि आफ्नो कमजोरीलाई सुधार गरेर सकारात्मक सोचका साथ अरुको हित गर्नु नै वास्तविक जीवन हो ।
Realizing this precious life is real life because enjoying yourself by making others happy is real life but in the crowd of thousands of people with different views and opinions, it cannot be said that their nature and thoughts will match exactly with your own ideology because in every life there are strong points and weak points. In any case, real life is about helping others to benefit with positive thinking by correcting your weaknesses.
https://m.facebook.com/story.php?story_fbid=550531392691938&id=100032052471906&sfnsn=mo
01/08/2021
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Dharan
56705