Pk - Pawankant
Journey, Life, Failure, Motivation, Entertainment
BBC Documentary हेर्नुभयो त ??
छैन भने एकचोटि search गरेर हेर्नुस् त।
हेर्नुस् : तर मन बलियो बनाएर।
मैले हेरेँ।
यो कुनै सामान्य भिडियो रहेनछ।
फेरि एकपटक आखाँहरु रसाए।
छातीभित्र केही च्यातिएको महसुस भयो।
गोली लागेका Gen Z दाजुभाइ–बहिनीहरू
कुनै अपराधी थिएनन्।
उनीहरू त भोलिको नेपाल देख्न चाहने
हाम्रै जस्ता सपना बोकेका सन्तान थिए।
कुनै आमाले छोरो “देश बिगार्न” पठाएकी थिइनन्।
कुनै बुबाले छोरीलाई “गोली खान” सडकमा उत्रिन भनेका थिएनन्।
उनीहरू उत्रिएका थिए : भ्रष्टाचार अन्त्य होस् भनेर, सुशासन होस् भनेर, देश बाँचोस् भनेर।
तर जवाफ आयो : बन्दुकको गोली।
त्यो गोलीले केवल शरीर मारेन, त्यो गोलीले आमाको काख रित्यायो, बुबाको सपना गाड्यो,
र हाम्रो गणतन्त्रलाई लज्जित बनायो।
आज चुनाबको माहोल छ।
र आज म स्पष्ट भन्न चाहन्छु ;
अहिले चुप बस्नु भनेको त्यो गोलीलाई समर्थन गर्नु हो।
अब फेरि पुरानै अनुहार जित्नु, ती निर्दोष रगतलाई बेवास्ता गर्नु हो।
आजको चुनाव सडकमा मारिएकाहरूको अन्तिम अपील हो।
यो अन्तिम बिकल्प हो।
जसले आदेश दिए, जसले ढाकछोप गरे, जसले ताली बजायो,
पापीहरू हो,
अब भाषणले होइन,
जनताको भोटले फैसला हुँदैछ।
जनताको अभिमतले मरेका सपनाहरूलाई न्याय दिदैछ।
अब अर्को बिकल्प छैन।
न्याय या लज्जा ??
नयाँ नेतृत्व या रगतको मौनता ??
🇳🇵 नेपालको अर्थतन्त्रबारे केही महत्वपूर्ण तथ्य 📊
📌 अहिले नेपालको कुल GDP (Gross Domestic Product) करिब ४९ अर्ब अमेरिकी डलर (USD) को हाराहारीमा पुगेको अनुमान गरिएको छ।
यसको अर्थ — नेपालले एक वर्षमा उत्पादन गर्ने सम्पूर्ण वस्तु तथा सेवाको कुल मूल्य झण्डै ४९ अर्ब डलर बराबर छ।
💰 सरकारी ऋण (Public Debt)
हाल नेपालको कुल सरकारी ऋण करिब २.७२ ट्रिलियन नेपाली रुपैयाँ पुगेको छ।
📊 Debt-to-GDP अनुपात
नेपालको ऋण अहिले कुल अर्थतन्त्रको लगभग ४४–४५% बराबर रहेको छ।
अर्थात, यदि देशको कुल आम्दानी १०० रुपैयाँ मान्ने हो भने, करिब ४४–४५ रुपैयाँ बराबर ऋण रहेको बुझिन्छ।
#नेपाल #अर्थतन्त्र
यो चही सहि कुरा हो कि ।
***nshah
Routine of Nepal banda Kantipur Daily Rastriya Swatantra Party - RSP
Routine of Nepal banda
केही मानिसहरू अझै हमासलाई स्वतन्त्रता सेनानी भनेर महिमावादी छन्, तर बिपिन जोशी जस्ता निर्दोष मानिसहरूको जीवन खोसिने घटना कुनै सानो कुरा होइन। यस्तो निर्दयता र अपमानजनक व्यवहारलाई सामान्य ठान्ने र न्याय खोज्न नचाहने सोचलाई हामीले स्पष्ट रूपमा विरोध गर्नुपर्छ। हामास लाइ support गरेको कुनै पनि video protest गरेको देखिएमा तुरुन्तै कारबाही गरियोस्।पीडितको परिवारप्रति समानुभूति र न्यायको माग गर्नु नै मानवता हो।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Gaur