Routine of Hetauda
Routine of Hetauda is the official source for verified news, updates, and local stories from Hetauda, run by our dedicated team.
फेला परिन् इभा लामा
हेटौँडा–५ पिप्ले निवासी आवेश लामाकी छोरी इभा लामा फेला परेको परिवारले जनाएको छ। खोजी कार्यमा सहयोग गर्नुहुने प्रहरी, आफन्त, शुभेच्छुक तथा सूचना सेयर गर्नुहुने सबैलाई परिवारले धन्यवाद व्यक्त गरेको छ।
08/06/2026
सडक विस्तारको नाममा डोजर चल्नुभन्दा अघिको हेटौँडा
यो तस्बिर सडक विस्तारका लागि संरचना भत्काइनुअघिको हेटौँडाको मुख्य चोक बुद्धचोक क्षेत्रको हो।
हेटौँडाका केही कम चर्चा हुने तथ्यहरू
१. हेटौँडा नाम नै स्थानीय खोलानाला, बस्ती विस्तार र पुरानो व्यापारिक बाटोसँग जोडिएको मानिन्छ।
२. हेटौँडा कुनै बेला काठमाडौँ जाने मुख्य नाकामध्ये एक थियो, त्रिभुवन राजपथ खुलेपछि यसको व्यापारिक महत्त्व झनै बढेको थियो।
३. बुद्धचोक, सीमाचोक, कान्तिराजपथ र मेनरोड आसपासको क्षेत्र हेटौँडाको पुरानो व्यापारिक केन्द्रका रूपमा विकास भएको हो।
४. हेटौँडा औद्योगिक क्षेत्रका कारण यो सहरलाई लामो समयदेखि “औद्योगिक सहर”को पहिचान दिइँदै आएको छ।
५. राप्ती, कर्रा र सामरी खोलाले घेरेको हेटौँडा प्राकृतिक हिसाबले पनि विशिष्ट भू–बनोट भएको सहर हो।
६. हेटौँडा तराई, पहाड र काठमाडौँ उपत्यकालाई जोड्ने मध्यवर्ती सहर भएकाले यहाँको भाषा, संस्कृति, व्यापार र बसोबास मिश्रित छ।
७. पुरानो हेटौँडाको बजार संरचना पैदल हिँड्ने, साइकल चलाउने र साना पसल केन्द्रित थियो, जुन अहिलेको फराकिलो सडक र आधुनिक भवनसँग बदलिँदै गएको छ।
८. बागमती प्रदेशको राजधानी बनेपछि हेटौँडा केवल व्यापारिक सहर मात्र नभएर प्रशासनिक र राजनीतिक केन्द्रका रूपमा पनि स्थापित भएको छ।
९. सडक विस्तारअघि मेनरोड आसपासका धेरै पुराना घर, पसल र चिनिएका स्थानहरू हेटौँडाको स्मृतिसँग जोडिएका थिए।
१०. आज बदलिएको हेटौँडाभित्र अझै पनि पुरानो बजार, पुराना गल्ली, पुराना व्यापारिक परिवार र स्थानीय पहिचानका कथा लुकेका छन्।
08/06/2026
Help Post!
हेटौँडा उपमहानगरपालिका–५ पिप्ले निवासी आवेश लामाकी छोरी अन्दाजी १५ वर्षीया इभा लामा आज दिउँसो करिब २ बजेदेखि परिवारको सम्पर्कबाहिर रहेकी छन्। परिवारका अनुसार उनी हेटौँडा–४ स्थित भुटनदेवी स्कुल गेट अगाडि बारिस्टा सिक्ने स्थानबाट निस्किएपछि सम्पर्कविहीन भएकी हुन्। उनको मोबाइल फोनसमेत अफ रहेको परिवारले जनाएको छ। इभा लामालाई कसैले देख्नुभएको वा फेला पार्नुभएको भए नजिकको प्रहरी कार्यालय वा तलका नम्बरमा तुरुन्त सम्पर्क गरिदिनुहुन अनुरोध छ।
08/06/2026
लामो समयदेखि सामाजिक सेवा, महिला सशक्तीकरण, युवा परिचालन तथा नागरिक सचेतना अभिवृद्धिका क्षेत्रमा सक्रिय रहँदै आएकी रमिला सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला विभाग सदस्यको जिम्मेवारी ग्रहण गर्दै आफ्नो नयाँ राजनीतिक यात्राको औपचारिक सुरुवात गरेकी छिन् ।
हावाहुरी व्यापक चलेको छ।
सबै जना सुरक्षित स्थानमा बसौँ, अनावश्यक रूपमा बाहिर ननिस्कौँ र विद्युत् पोल, रुख तथा कमजोर संरचनाबाट टाढा रहौँ।
08/06/2026
प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदमा दिएको पछिल्लो अभिव्यक्तिको विरोधमा श्रम संस्कृति पार्टी मकवानपुरले सोमबार हेटौँडामा विरोध प्रदर्शन तथा खबरदारी सभा गरेको छ ।
08/06/2026
हेटौंडा अस्पतालबाट निस्कने तरल फोहोर व्यवस्थापनका लागि ‘लिक्विड बेस्ट ट्रिटमेन्ट प्लान्ट’ निर्माण गर्ने भएको छ । अस्पताल परिसरभित्र उत्पन्न हुने तरल तथा रसायनजन्य फोहोरको व्यवस्थापनका लागि उक्त प्लान्ट निर्माण गर्न लागेको हो । आउँदो असारभित्र उक्त प्लान्ट निर्माण गरेर संचालनमा ल्याइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।
08/06/2026
संविधानविपरीत परिपत्र खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघ मकवानपुरले संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई बुझाएको छ। सरकारी लगानीका मिडियालाई मात्रै सरकारी विज्ञापन उपलब्ध गराउने परिपत्र संविधान र कानुनविपरीत भएको भन्दै महासंघको केन्द्रीय सर्कुलरअनुसार हस्ताक्षर संकलन गरिएको हो।
08/06/2026
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले ‘जनतासँग प्रजिअ’ कार्यक्रममार्फत नागरिकका गुनासा, सुझाव र समस्या प्रत्यक्ष रूपमा सुन्ने अभ्यासलाई निरन्तरता दिइएको जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले नागरिकमैत्री सेवा प्रवाह र जनविश्वास अभिवृद्धिका लागि उक्त कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो।
08/06/2026
रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशन भोलि जेठ २६ गते हेटौँडाको हिमालयन दरबारमा बिहान ७ बजेदेखि हुँदैछ। अधिवेशनलाई सम्बोधन गर्न पार्टी सभापति रवि लामिछानेसहित केन्द्रीय तथा प्रदेश नेतृत्वको उपस्थिति रहने जनाइएको छ।
Click here to claim your Sponsored Listing.
Category
Address
Hetauda