Manish Luitel
I am Manish luitel I live in ilam
15/07/2017
चित्त बुजे सेयर अबस्य गर्नुहोला !!
hello friends morning
वि.सं. २०७२ साल असोज १२
गते। मंगलबार। इश्वी सन्
२०१५ सेप्टेम्बर २९ तारिख।
नेपाल संवत् ११३५ ञला गा।
आश्विन कृष्णपक्ष। तिथि–
प्रतिपदा, ६:२७ बजेदेखि
द्वितीया २८:०५ बजेउप्रान्त
तृतीया। नक्षत्र– रेवती,
१८:२२ बजेउप्रान्त अश्विनी।
उपप्रा. लक्ष्मीप्रसाद
बराल (फलितज्योतिषाचा
र्य) ९८४१३५२१६४
मेष - चु, चे, चो, ला, लि, लु,
ले, लो, अ (Aries)
Ariesकेही खर्च लागे पनि
सोचेको काम बन्नेछ।
व्यवसायमा थप लगानी
बढाउन सकिनेछ। वैदेशिक
कामकाजमा फाइदा
होला। मनको डर उत्साहमा
रूपान्तरित हुने योग छ।
टाढाको यात्रा गर्ने
मौका छ। दिगो फाइदा
हुने काममा लगानी बढाउन
सकिनेछ। पतिपत्नीबीच
घरसल्लाह भने नमिल्न सक्छ।
अनुकूल स्थानान्तरण र
टाढाको यात्रा
सम्भावना छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु,
बे, बो (Ta**us)
Ta**usसमय उत्साहवर्द्धक
रहला। आम्दानी बढ्ने र
उठ्नुपर्ने रकम हातलागी हुने
समय छ। पितृधन समेत लाभ
होला। नयाँ ज्ञान प्राप्त
हुने योग छ। कृषि तथा
पशुपालनमा भने सोचेको
लाभ नहोला। तापनि
व्यापारमा प्रशस्त फाइदा
हुने योग छ। दाम, नाम,
इनाम हात पर्ने बेला छ।
श्रमको उचित मूल्यांंकन
होला। पढाइमा पनि राम्रै
प्रगति हुने समय छ।
मिथुन - का, कि, कु, घ, ङ,
छ, के, को, ह (Gemini)
Geminiकाम गर्ने अवसर मिले
पनि प्रतिफल हात पार्न
नसकिएला। प्रतिष्ठा र
पदको आश्वासन देखाउनेहरूले
घात गर्नेछन्। शासकवर्गबाट
पनि धोका हुन सक्छ, सचेत
रहनुहोला। भूमि, वाहन र
पैत्रिक सम्पत्तिबाट
सामान्य लाभ मिल्नेछ।
आर्थिक लाभ नहुने कामको
जिम्मेवारी वहन गर्नुपर्ला।
पढाइलेखाइमा समय दिन
नसकिएला। व्यापारमा
पनि कमै फाइदा हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा,
डि, डु, डे, डो (Cancer)
Cancerसमुदायको हितमा
राम्रै काम गर्न सकिनेछ।
सामाजिक उत्तरदायित्व
वहन गर्दै फाइदा हुने काम र
जिम्मेवारी हात पार्ने
मौका छ। आफ्नो वर्ग वा
क्षेत्रको नेतृत्व हातलागी
हुनेछ। धेरैले तपाईंका कामको
तारिफ गर्नेछन्।
कीर्तिमानी काम गर्ने
समय छ। दाम, इनाम र
प्रतिष्ठा कमाउने बेला छ।
सहयोगीहरूले साथ दिनेछन्।
आँटेका काम पनि सजिलै
बन्नेछन्।
सिंह - मा, मि, मु, मे, मो,
टा, टि, टु, टे (Leo)
Leoकामका लागि
गरिएको भ्रमणमा समय
मात्र बित्नेछ। समस्या
थपिन सक्छन्। सानातिना
काम र घरेलु समस्यामै
अल्झनुपर्ने देखिन्छ।
स्वास्थ्यगत समस्याले पनि
सताउने देखिन्छ। उपचारमा
खर्च हुने योग छ। विद्यामा
कमजोरी र लेनदेनमा विवाद
होला। व्यावसायिक
काममा पनि विभिन्न
समस्या आउन सक्छन्।
इष्टदेवको पूजा–उपासना
गर्नाले तपाईंलाई फाइदा
हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण,
ठ, पे, पो (Virgo)
Virgoसुखदुःखमा साथ
दिनेहरू प्रशस्तै भेटिनेछन्।
कामको चाप र थकाइबाट
मुक्त रही विश्राम पाइनेछ।
परिवारजनको साथले नयाँ
आशा पलाउनेछ। प्रेम र
मित्रताको बन्धन
कसिनुका साथै दाम्पत्य
सुखमा रमाउने समय छ।
विभिन्न सहयोग र उपहार
पाइनेछ। आयआर्जन पनि
राम्रै हुनेछ। अतिथिका
रूपमा सम्मान पाइने समय छ।
रमाइलो यात्राको समेत
मौका छ।
तुला - र, रि, रु, रे, रो, ता,
ति, तु, ते (Libra)
Libraअप्ठ्यारा
परिस्थितिको सामना
गर्नुपर्ला। केही चुनौतीहरू
देखिनेछन्। अधिकार सुरक्षा
गर्न जुट्नुपर्नेछ। गरी आएका
काम र व्यापार–व्यवसाय
मा फाइदा उठाउन
नसकिएला। शत्रुहरू बढ्नाले
समस्या थपिएलान्। आँटेका
काममा बाधा पुर्याउनेहरू
प्रशस्तै हुनेछन्। फजुल खर्च पनि
बढ्नेछ। चोरी वा ठगीमा
परिने योग भएकाले
होसियार रहनुपर्ने समय छ।
बृश्चिक - तो, ना, नि, नु, ने,
नो, या, यि, यु (Scorpio)
Scorpioदिन उत्साहपूर्ण
रहला। सुखद समाचार सुन्न
पाइनेछ। स्वास्थ्य सबल रहनेछ
र काममा पनि फाइदाको
योग छ। व्यापारमा भने कम
मात्र फाइदा होला।
पशुपालन तथा कृषि
क्षेत्रबाट राम्रो लाभ
मिल्ने योग छ।
पढाइलेखाइमा प्रगति हुनेछ।
बौद्धिक प्रतिस्पर्धामा
विजयी भइनेछ। प्रतिष्ठित
काम सम्पादन गर्ने मौका
छ। सन्तान वा अनुयायीले
प्रसन्नता दिलाउनेछन्।
धनु - ये, यो, भ, भि, भु, ध,
फा, ढ, भे (Sagittarius)
Sagittariusपरिवारजनको
सहयोगले फाइदा लिन
सकिनेछ। मान्यजनसँग
असमझदारी बढ्न सक्छ।
आत्मीयजनबाट
टाढिनुपर्ला। विगतका
निर्णयले काममा चुनौती
आउने देखिन्छ। मान्यजनको
सुझाव अप्रिय लाग्नेछ।
महत्वाकांक्षी योजना
गोप्य राखेर अघि बढ्दा
फाइदा हुनेछ। मातृधन तथा
राय–सुझावबाट लाभ
उठाउन सकिनेछ। पशुधन र
जमिनबाट पनि फाइदा
होला।
मकर - भो, ज, जि, खि, खु,
खे, खो, गा, गि (Capricorn)
Capricornकाममा रोकावट
र कममात्र फाइदा हुने समय
छ। सहयोगीहरूले हात
झिक्नाले अलि
अप्ठ्यारोमा परिनेछ।
आर्जित धन तत्काल खर्च हुन
सक्छ। पुरानो समस्याले
पनि झमेला आइलाग्ने योग
छ। दाम्पत्य सम्बन्धमा केही
असमझदारी बढ्न सक्छ। कृषि
तथा पशुपालनमा खर्च
बढ्नेछ। काममा चुनौती
देखिएलान्। आफ्नै प्रयासले
गरेका काममा भने लाभ
मिल्नेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु,
से, सो, द (Aquarius)
Aquariusविभिन्न अवसर
पाइने समय छ। तर, सोचेको
काम समयमा सम्पादन गर्न
नसकिने र अवसर फुत्कने
सम्भावना देखिन्छ।
सहयोगी वा हितैसी जनले
तपाईंको कमजोरीप्रति
टिप्पणी वा गुनासो गर्न
सक्छन्, सचेत रहनुहोस्।
पढाइलेखाइमा ध्यान दिन
नसकिएला। द्विविधामा
परिने र निर्णायक
क्षमतामा कमी आउने योग
छ। धैर्यसाथ निरन्तरको
प्रयत्नले फाइदा हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे,
दो, च, चि (Pisces)
Piscesपारिवारिक
जमघटमा मन रमाउनेछ।
विशिष्ट व्यक्तित्वसँग
भेटघाट हुनेछ। स्वादिष्ट
भोजनको आनन्द मिल्नेछ।
विभिन्न उपहार पाइएला।
प्रतिष्ठित काम गर्ने
मौका छ। आत्म–विश्वास
बढ्नेछ। पठनपाठनमा प्रगति
हुनेछ। रोकिएका काम बन्ने
र नयाँ काम पाइने योग छ।
भेटघाटमा अलमलिनाले
कामलाई बाधा पुग्नेछ।
स्वास्थ्यका लागि
खानपानमा सचेत
रहनुहोला।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Ilam
ILAM