Pie Ray She
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pie Ray She, Arts and entertainment, Itahari.
23/11/2025
NPL मा आजसम्मको खेल हेर्दा तपाईंको विचारमा Trophy कुन टिमले जित्छ जस्तो छ त ? 🇳🇵🏏
21/11/2025
नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले हालको संवेदनशील परिस्थितिमा युवाहरुलाई संयमित हुन आग्रह गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत देशको अवस्था सामान्य नभएकाले कुनै पनि प्रकारको हिंसात्मक गतिविधिले नेपाललाई थप अन्धकारतर्फ धकेल्ने चेतावनी दिएकी हुन्।
रक्षा बमका अनुसार भदौ २३ को ‘न्याय’ माग्ने आवाजमा दुईमत हुन सक्दैन, तर त्यही भावनाको उर्जालाई हिंसामा बदल्न खोज्ने प्रयास राष्ट्रका लागि घातक बन्न सक्छ। उनले भनिन्, “सुशासनका लागि सडकमा उठेका आवाज महत्त्वपूर्ण छन्, तर अहिले शान्ति जोगाउनु सबैको साझा जिम्मेवारी हो।” उनले युवामाथि देशको वर्तमान मात्र होइन भविष्यको भार समेत रहेको उल्लेख गर्दै विद्रोहपछि विवेक, धैर्यता र शान्ति कायम राख्न अपिल गरिन्।
रक्षा बमले लेखेकी छिन्, “नेपाल आमाले अहिले शान्ति चाहन्छिन्। भावनामा बगिँदा पीडा झन् बढ्छ। विवेक नै आजको सबैभन्दा ठूलो शक्ति हो।” हालैको जेन–जी आन्दोलनपछि देशको शान्ति–सुरक्षा चुनौतीपूर्ण बनेको छ। विभिन्न क्षेत्रबाट संयमता अपनाउन र हिंसा निरुत्साहित गर्न आह्वान भइरहेका बेला जेन–जी फ्रन्टबाट आएको यो सन्देशले युवालाई जिम्मेवार ढंगले अघि बढ्न स्मरण गराएको छ।
: Janata News
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Itahari