Hope Center
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hope Center, Journalist, Jajarkot.
Hope Center -j10k check out my youtube channel
06/03/2026
हाल्को चुनावि update
झापा 5
रास्वोपा 814
एमाले 384
Hope Center
02/03/2026
झापा ५ मा केपी ओली र बालेन्द्र शाहको रोचक प्रतिस्पर्धा
थोरै डेटा खपत गर्ने गरी पढ्न मिल्ने संस्करण हेर्नुहोस्।
झापा ५ मा नेकपा एमालेका केपी ओली र रास्वपाका बालेन्द्र शाह प्रतिस्पर्धामा छन्
Article Information
Author, विक्रम निरौला
Role, दमक, झापा
६ घण्टा पहिले
पढ्ने समय: ४ मिनेट
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध काठमाडूका निवर्तमान मेयर बालेन शाह खडा भएको झापा क्षेत्र नं ५ यतिबेला चर्चाको शिखरमा छ।
दुवै जना उम्मेदवारहरू यसबेला मतदाताका घर दैलोमा पुगेर भोट मागिरहेका छन्।
एमालेबाट प्रधानमन्त्रीका लागि प्रस्तावित ओली र रास्वपाबाट प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार शाहबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक रहेको स्थानीय मतदाताहरूले बताएका छन्।
प्रतिनिधिसभा पुग्न प्रत्यक्ष प्रतिस्पर्धामा रहेका उम्मेदवारबारे हामीलाई जे थाहा छ
के नेपालको जस्तो निर्वाचन प्रणालीमा एउटै दलको बहुमत आउन सम्भव छ
ओलीले २०४८ देखि २०७९ सम्म छ पटक यही क्षेत्रबाट चुनाव जितेका छन्।
२०६४ मा मात्रै उनी पराजित भएका थिए।
विज्ञापन
दमक बजार
आइतवार दमक क्षेत्रका विभिन्न वडाहरूका चुनावी सभामा सहभागी हुँदा एमाले उम्मेदवार ओली केही अस्वस्थ र थकित देखिन्थे।
चुनावी दौडधुप र धुलोका कारण आफूलाई खोकी लागिरहेको उनले चुनावी सभामा सहभागीलाई सुनाए।
उनले यस पटकको चुनावलाई देश बनाउने कि देश बिगार्ने भन्ने विचारको लडाइको रूपमा अर्थ्याए ।
धेरै पढिएको
इरानसँग अमेरिका–इजरेल युद्धको तेस्रो दिन, अहिलेसम्म के जानकारी छ
यूएईमा इरानी ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन विदेशीको मृत्यु
मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदारहरू कुन मनस्थितिमा छन्
निर्वाचनविरोधी व्यक्ति र समूहमाथि सुरक्षा निकायको 'सूक्ष्म निगरानी'
End of धेरै पढिएको
झापा ५ कै अर्का उम्मेदवार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पनि आइतवार काठमाण्डूबाट झापा झरेर अन्तिम चुनावी प्रचारमा जुटेका छन्।
दोस्रो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको रास्वपाले आफूहरूलाई नयाँ दलका रूपमा प्रस्तुत गर्दै आएको छ।
स्थानीय बासिन्दा के भन्छन्
दमक
स्थानीय बासिन्दा पुष्कर पोखरेलले बीबीसीसँग आफूहरूको मुख्य चाहना देशमा भ्रष्टाचार नहोस् र सुसाशन होस् भन्ने रहेको। उनले नेपालीहरू विदेश जान नपरोस् र विदेशमा गएका पनि स्वदेश फर्केर काम गर्ने वातावरण बनोस् भन्ने आफूलाई लागेको बताए।
"कसलाई भोट दिने भन्नेबारे चाहिँ अहिलेसम्म दोधारमै छौँ," उनले भने।
ठेलामा तरकारी बेचेर गुजारा गर्ने रचना लावती भन्छिन्, "हामीले भोट त राम्रो मान्छेलाई दिने हो। उनीहरूले हामीजस्तो काम गर्ने मान्छेलाई गरी खान वातावरण राम्रो बनाइदिनुपर्यो। बाटोघाटो राम्रो बनाइदिऊन्। हाम्रा छोराछोरी कामका लागि विदेश जानु नपरोस्। नेताले भाषण मात्र गर्छन्, घोषणापत्रमा लेखेका कुरा कार्यान्वयनमा लग्नुपर्यो।"
'चार मतदाताका लागि २० कर्मचारी': दुर्गम ठाउँमा यस्तो छ चुनावी तयारी
२४ फेब्रुवरी २०२६
नेपालमा 'शक्ति सन्तुलन फेरिन सक्ने' भारतीय आकलन, दिल्लीको नेपालनीति के होला
२१ फेब्रुवरी २०२६
End of content
सोमवार राति १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले त्यसपछि चुनावी प्रचार गर्न पाइँदैन ।
स्थापित शक्ति एमाले र रास्वपाका उम्मेदवारको भिडन्तले झापा–५ लाई देशको हाइप्रोफाइल चुनावी मैदानमध्ये एक बनाइदिएको छ।
यहाँ नेपाली कांग्रेसबाट मन्दरा पौडेल चिमरिया, नेकपाबाट रञ्जित तामाङ, श्रम संस्कृतिबाट समीर तामाङ लगायतका करिब दुई दर्जन उम्मेदवार चुनावी मैदानमा छन्।
यो निर्वाचन क्षेत्रमा १ लाख ६३ हजार ३७९ जना मतदाता छन् ।
झापा ५ लाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र भएकाले यहाँको चुनावलाई सधैँ राष्ट्रिय राजनीतिसँग जोडेर हेरिन्छ।
यस पटक बालेन शाह ओलीसँग प्रतिस्पर्धामा उत्रिएसँगै यो चासो अझ बढेको देखिन्छ ।
२०७९ को निर्वाचनमा ओलीले ५२ हजारभन्दा बढी मत ल्याएर ठुलो मतान्तरसहित जितेका थिए।
त्यो 'नेपालले दाबी गरेको भूभाग' जहाँका बासिन्दाले गर्ने छैनन् फागुन २१ मा मतदान
३१ जनवरी २०२६
भोट दिन जाँदा मतदाताले के गर्न पाउँछन्, के गर्न पाउँदैनन्
१६ फेब्रुवरी २०२६
End of content
उक्त निर्वाचनमा रास्वपा उम्मेदवार तेस्रो भए पनि समानुपातिकतर्फ रास्वपाले एमालेपछि दोस्रो ठुलो मत पाएको थियो।
केपी शर्मा ओली र बालेन शाहबीचको चुनावी भिडन्तले झापा ५ ले धेरैको ध्यान तानिरहेका बेला झापाकै अर्को क्षेत्र रोचक चुनावी प्रतिस्पर्धाको थलो बनेको छ।
झापा २ त्यस्तो क्षेत्र भएको छ, जहाँबाट विघटित प्रतिनिधिसभाका सभामुख, उपसभामुख र एक जना सदस्य गरी तीन जना आपसमा भिड्ने भएका छन्।
झापा २ मा सभामुख देवराज घिमिरे एमालेबाट, उपसभामुख इन्दिरा राना रास्वपाबाट र विघटित प्रतिनिधिसभा सदस्य सरिता प्रसाईँ नेपाली कांग्रेसबाट उम्मेदवार छन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन पनि झापा क्षेत्र नं ३ बाट उम्मेदवार छन्।
02/03/2026
Happy holi to all:
02/03/2026
आबुधावी स्थित नेपाली दूतावासले यूएई सरकारलाई उद्धृत गर्दै सो सम्बन्धी फोटो तथा भिडिओ सामाजिक सञ्जालमा राख्दा विचार पुर्याउन त्यहाँ रहेका नेपाली नागरिकहरूको नाममा एड्भाइजरी जारी गरेको हो । plz follow us
समाचारः techpana.com/2026/155538
01/03/2026
रास्वपा सभापति रवि लामिछानेले मध्यपूर्वको तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।लामिछानेले नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा राख्न, तत्काल उद्धारको तयारी गर्न र इन्धन आपूर्तिमा पर्न सक्ने प्रभावबारे सचेत रहन आग्रह गरेका छन्। नेपालीको सुरक्षालाई सर्वोपरि ठानी सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै उनले प्रवासमा रहेका नेपालीहरूलाई समेत उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।
01/03/2026
आफ्ना सर्वोच्च नेता खामेनेई मारिएका इरानद्वारा पुष्टि, चालिस दिने शोक घोषणा
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Website
Address
Jajarkot