Mithilanchal Today

Mithilanchal Today

Share

We bring to you news on stands, online & also on air.

27/04/2026

नेपाली कांग्रेसको संसदीय दलको नेताका रूपमा भीष्मराज आङ्दाम्बे सर्वसम्मत रूपमा चयन भएको जानकारी प्राप्त भएको छ ।

27/04/2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रिपरिषद्को बैठक सुरु।

Photos from Mithilanchal Today's post 27/04/2026

शोभा पाठक, रस्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्वहाली गर्नुपर्ने माग राख्दै धर्नामा बसेका थिए। त्यही बेला अम्बिका टोलीसहित आएर उनीहरूमाथि झम्टिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

27/04/2026

नेपाल सरकार अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD) ले विद्यार्थी, शिक्षक तथा प्रशिक्षकहरूको सहज सिकाइका लागि ‘सिकाई चौतारी’ नामक आधिकारिक मोबाइल एप सुरु गरेको छ। यस एपमार्फत अब घरमै बसेर पनि गुणस्तरीय शिक्षा लिन अझै सजिलो भएको छ।
यसका प्रमुख विशेषताहरू यस्ता छन्—
1.पाठ्यक्रममा आधारित पाठ्यपुस्तक, भिडियो तथा अन्तरक्रियात्मक सामग्रीहरू निःशुल्क उपलब्ध हुनेछन्। 2.विद्यार्थीदेखि शिक्षकसम्म सबैका लागि उपयोगी सिकाइ प्याकेजहरू समावेश गरिएका छन्। कम इन्टरनेट भएको क्षेत्रमा पनि सहज रूपमा प्रयोग गर्न मिल्ने बनाइएको छ।
3. क्विज र विभिन्न शैक्षिक खेलहरू मार्फत रमाइलो तरिकाले सिक्न सकिने सुविधा पनि दिइएको छ।
यस एपले विद्यार्थी, शिक्षक र प्रशिक्षक सबैका लागि भरपर्दो डिजिटल सिकाइ साथीको रूपमा काम गर्ने अपेक्षा गरिएको छ। अहिले नै डाउनलोड गरेर आफ्नो सिकाइलाई अझ आधुनिक बनाउनुहोस्।

Want your business to be the top-listed Media Company in Janakpur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Janakpur
45700