Om
जुन देशका युवा आफुलाई लचार बुझ्छन् त्यो देश कहिले समृद्ध बन्नै सक्दैन। देशले संगठित युवा मोर्चा खोज्दैछ जो समुह देशलाई एउटा आधुनिक मार्ग दिन सकोस।
23/06/2026
सामाजिक सञ्जाल बन्द गर्ने प्रयास र भ्रष्टतन्त्रविरुद्ध नयाँ पुस्ताबाट उठेको असंगठित युवा विद्रोहले देशको राजनीतिक परिस्थिति नै बदलिदियो। यस आन्दोलनलाई कसैले आफ्नो अनुकूल प्रयोग गरेको होला, कसैले परिमार्जन गरेको होला, कसैले राजनीतिक लाभका लागि उपयोग गरेको पनि हुन सक्छ। तर यो विद्रोहको अस्तित्व र त्यसको प्रभावलाई इन्कार गर्न सकिँदैन।
यो आन्दोलन संगठित थिएन, स्पष्ट नेतृत्वमा पनि थिएन। त्यसैले प्रयोग र दुरुपयोग दुवै भएको हुन सक्छ। तर त्यसको मूल कारण भने एउटा गहिरो सामाजिक, आर्थिक र राजनीतिक पीडा थियो, जसलाई राज्य, राजनीतिक दल र नेतृत्वले लामो समयदेखि बेवास्ता गर्दै आएका छन्।
यो देशमा एउटा यस्तो पुस्ता छ, जसको पीडा, भोगाइ र वास्तविक अवस्थालाई सरकार, पुराना तथा नयाँ राजनीतिक दल, नेता र सरोकारवाला निकायहरूले न त ठीकसँग हेरेका छन्, न त बुझ्ने प्रयास गरेका छन्।
यो पुस्ता बेरोजगारीको मारमा बाँचिरहेको छ। व्यवसायमा लागेकाहरू पनि आर्थिक दबाब र अनिश्चितताको चपेटामा छन्। राजनीतिमा उनीहरूलाई सधैं तेस्रो दर्जाको नागरिकझैँ व्यवहार गरिएको छ। यही पुस्ता किसान पनि हो, श्रमिक पनि हो, उद्यमी पनि हो।
यही पुस्ताको काँधमा परिवार चलाउने जिम्मेवारी छ। यही पुस्ताले आफ्ना वृद्ध बुबाआमाको हेरचाह गर्नुपर्छ। यही पुस्ता आफ्ना छोराछोरीको भविष्य निर्माणका लागि भोक, अभाव र संघर्ष सहँदै कठोर परिश्रम गरिरहेको छ। यही पुस्ता अवसरको खोजीमा पलायन हुन बाध्य छ।
यही पुस्ता राति एक्लै रोइरहेको हुन्छ, तर दिनमा मुस्कुराएर समाजको सामना गरिरहेको हुन्छ। यही पुस्ताले अपमान सहन्छ, तिरस्कार भोग्छ र असमानता तथा विभेदको अनुभव गरिरहेको छ। यही पुस्ता अस्पतालको कोरिडोरमा आफ्ना बुबाआमा वा परिवारका सदस्यहरूको उपचारका लागि असहाय र चिन्तित भएर टोलाइरहेको देखिन्छ।
यही पुस्ताको काँधमा परिवार, समाज, संस्कृति, धर्म, नैतिकता र जिम्मेवारीको भारी बोझ छ। तर विडम्बना, यही पुस्तालाई हेर्ने, बुझ्ने र यसको समस्या समाधान गर्ने न सरकार देखिन्छ, न समाज, न त राजनीतिक नेतृत्व।
यस पुस्ताको पीडा क्रमशः विद्रोहमा रूपान्तरण हुँदै जानेछ। यसको असन्तुष्टि उग्र अवस्थातर्फ बढ्दै जानेछ। जब यो पुस्ता आफ्नो पीडा, जिम्मेवारी र भविष्यको चिन्तासहित आन्दोलनमा उत्रिन्छ, त्यो आन्दोलन केवल आफ्ना लागि हुनेछैन। त्यो आफ्ना परिवारका लागि हुनेछ, आफ्ना सन्ततिका लागि हुनेछ, र भविष्यका पुस्ताले यस्तै बोझ र पीडा बोक्न नपरोस् भन्ने उद्देश्यका साथ हुनेछ।
त्यो संघर्ष अवश्य हुनेछ। त्यो संघर्ष क्रमशः संगठित हुँदैछ। त्यो संघर्ष तात्दैछ। र, त्यो संघर्ष यही पीडित पुस्ताले आफ्नै नेतृत्वमा गर्नेछ।
अब कुनै पनि पुस्ता अरूको राजनीतिक स्वार्थका लागि रगत बगाउन तयार छैन। अब बलिदान आफ्ना अधिकारका लागि हुनेछ, आफ्ना सपनाका लागि हुनेछ, नयाँ युवा पुस्ताको सम्मानित जीवनका लागि हुनेछ। सुखी, समृद्ध र आत्मसम्मानी युवाको भविष्य निर्माणका लागि हुनेछ।
यो संघर्ष कुनै व्यक्ति वा दलको मात्र हुने छैन। यो जिम्मेवार पुस्ताहरूको साझा संघर्ष हुनेछ। यो संघर्ष सबै पुस्ताको सम्मान, अवसर, न्याय र भविष्यका लागि हुनेछ।
संघर्षको दिशा बदलिँदैछन्। अब संघर्ष सत्ता परिवर्तनका लागि मात्र होइन, पुस्ताको जीवन परिवर्तनका लागि हुनेछ।
#मनिष
Youth have to Unite - Join For You @ MYF
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
Kalaiya