Achyut Mainali

Achyut Mainali

Share

निवर्तमान सदस्य - प्रतिनिधिसभा
नेकपा (एमाले) केन्द्रीय सदस्य,
प्रतिनिधि सभा सदस्य उम्मेदवार - बारा १।

07/03/2026

आदरणीय आमाबुवा, दिदिबहिनी तथा दाजुभाईहरु,
हार्दिक नमस्कार !

लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म बारा क्षेत्र नं. १ का आदरणीय मतदाताहरूको फैसलालाई सविनय स्वीकार गर्दछु ।
यस निर्वाचनमा विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमालज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । आशा छ, तपाईले यस क्षेत्रका जनताका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्नुहुनेछ र बारा- १ को विकास र समृद्धिको यात्रालाई अझै उचाईबाट अगाडी बढाउनु हुनेछ ।

निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्नुहुने र आ-आफ्नो विश्वासका आधारमा अन्य चुनाव चिन्हमा मतदान गर्नुहुने मतदाता महानुभावहरू प्रति हार्दिक सम्मान व्यक्त गर्दछु । चुनावी अभियानमा अहोरात्र खटिनुहुने नेकपा (एमाले)का सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा हृदयदेखि नै आभार व्यक्त गर्दछु ।
राजनीति एउटा लामो यात्रा हो, जहाँ उतारचढाव आइरहन्छन । कस्तै परिस्थितिमा पनि हाम्रो निष्ठा र सङ्कल्प कमजोर हुनुहुँदैन। पार्टीका सम्पूर्ण कमरेडहरूलाई मेरो एउटै आग्रह छ, निर्वाचनको यो परिणामबाट कत्ति पनि विचलित नहुनुहोस ।
यसर्थ, अझ सशक्त रूपमा जनताको सेवामा समर्पित हुन हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद
अच्युतप्रसाद मैनाली
नेकपा(एमाले )

02/03/2026
02/03/2026

विकास, सुशासन, शान्ति, स्थिरता र संमृद्धिको लागि सूर्य चिन्हमा मतदान गरौं !
#फाल्गुन_२१ #सुर्यमा_भोट #बारा१ #सूर्यचिन्ह #हामीगर्छौंत्यसैलेएमाले

02/03/2026

रङ्गहरूको यो पर्वले हामीलाई सम्झाउँछ—
फरक विचार, फरक पहिचान भए पनि
हाम्रो गन्तव्य एउटै छ—समृद्ध राष्ट्र र सुखी नागरिक।
आउनुहोस्, यो होलीमा एकता र विकासको रङ्ग छ्यापौँ।
🌈🇳🇵 होलीको हार्दिक शुभकामना!

Want your public figure to be the top-listed Public Figure in Kalaiya?
Click here to claim your Sponsored Listing.

Category

Address


Kolhabi
Kalaiya
44400