Fewa Club
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fewa Club, Sports, Kaski.
20/10/2025
Happy Kukur Tihar !!!!
फेवा क्लब, पामे, कास्की
04/09/2025
हार्दिक श्रद्धाञ्जली !
यस फेवा क्लब का संस्थापक अध्यक्ष पोखरा -२४ पामे निवासी श्री दिपक पुरीका बुवा श्री टीका पुरीको मिति २०८२ भाद्र १८ गते बेलुका ७ वजे ८२ वर्षको उमेरमा स्वर्गारोहण हुनु भएको दुःखद समाचारले हामीलाई स्तब्ध बनाएको छ । स्वर्गीय टीका पुरी प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरिन्छ । साथै शोकसन्तप्त परिवार जनहरूमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी भगवानसंग प्रार्थना गर्दछौं ।
फेवा क्लब पोखरा - २४
15/06/2025
पोखरा महानगर पालिका वडा नं २४ का वडा अध्यक्ष श्री भरत बहादुर अधिकारीको ममतामहि आमाको दुखद निधन भएको हुदा हामी दुखित छौ। यस दु:खद घडीमा आमा प्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दछौं।
फेवा क्लब
पोखरा-२४, पामे
02/01/2025
बेलुन नेपाल पर्यटन परिषद् र फेवा क्लबको संयुक्त आयोजनामा पौष ९ देखि १७ गते (डिसेम्बर २४ देखि ९) सम्म सम्पन्न भएको बेलुन महोत्सवले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको छ। यस महोत्सवको भव्य सफलताका लागि हामी हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं।
महोत्सव अवधिभर आकाशमा रंगीचंगी बेलुनहरूको उडानले पोखराको आकाशलाई नयाँ परिभाषित गर्यो। यसले हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्दै पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्यायो।
यस महोत्सवको सफलतामा योगदान पुर्याउनुहुने सम्पूर्ण सरकारी निकायहरू, सुरक्षाकर्मीहरू, स्वयंसेवकहरू, स्थानीय समुदाय, सञ्चारमाध्यमहरू, सहयोगी संस्थाहरू, आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू, वडा नम्बर २४ २३ २२ र १८ का अध्यक्ष एवं सदस्यज्यूहरू अरु सम्पूर्ण युवा क्लबका साथीहरू तथा सम्पूर्ण सहभागीहरूलाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
हामी आशा गर्दछौं कि यस महोत्सवले पोखराको पर्यटन विकासमा थप टेवा पुर्याउँदै आगामी दिनहरूमा यसलाई अझै भव्य र सफल बनाउन हामी सबै मिलेर प्रयास गरौं।
अध्यक्षः
नवराज पराजुली एवं सम्पूर्ण फेवा क्लव परिवार
Save the Environment, Save the Fewa lake
📸: Event Pokhara
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kaski