SAFE- Nepal
SAFE-Nepal is a youth coalition advocating for environmental health and biodiversity conservation.
25/04/2026
आज मिति २०८३/०१/१२ गतेका दिन वन तथा वातावरणका लागि विद्यार्थी समाज नेपाल (SAFE-Nepal) र स्वयंसेवी वातावरण जागरण समुह (SHEAC IOF) को संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं. २२, पुम्दी क्षेत्रमा वन डढेलो तथा यसको नियन्त्रण उपाय सम्बन्धी सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। 🌲🔥
कार्यक्रममा समुदायिक वनका पदाधिकारी ज्यूहरु, टोल विकास समितिका सदस्यहरु र अन्य सरोकारवाला तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। डढेलो लाग्ने प्रमुख कारणहरू, यसले पार्ने वातावरणीय तथा सामाजिक प्रभावहरू, साथै समयमै अपनाउनुपर्ने नियन्त्रण तथा रोकथामका उपायहरूबारे विस्तृत रूपमा जानकारी आदान प्रदान गरियो।
वन हाम्रो अमूल्य सम्पत्ति भएकाले यसको संरक्षणमा प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ भन्ने सन्देश कार्यक्रममार्फत प्रवाह भएको छ।❤️🍀
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Pokhara/15
Kaski