Shankar Banzade

Shankar Banzade

Share

Candidate For General Election 2022
Constituency-Kathmandu-1
Bibeksheel Sajha Party

12/10/2025

प्रेस विज्ञप्ति:

वैकल्पिक राजनीतिक शक्तिदेखि जेनजी पुस्तासम्मको बृहत्तर एकताका लागि विवेकशील साझा पार्टीको खुला आह्वान:

नेपालको वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टीले गत भाद्रमा भएको जेनजी विद्रोहलाई ऐक्यवद्धता गर्दै जेनजी युवा पुस्ताको सहादतको जगमा वनेको नागरिक सरकारलाई स्वागत गर्दै सहयोग गरेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरिसकेको छ।

भ्रष्टाचार विरुद्ध सशक्त अभियान,सुसंस्कृत राजनीतिको निरन्तर अभ्यास र हरेक क्षेत्रमा युवाहरुको प्रभावकारी प्रतिनिधित्वलाई आत्मसात्/अभ्यास गर्दै नेपालमा वैकल्पिक राजनीतिको जग खनेर राजनीतिको भाष्यनै परिवर्तन गर्न सफल विवेकशील साझा पार्टीले अहिलेको विषम राजनीतिक परिस्थितवाट मुलुकलाई निकास दिन वैकल्पिक राजनीतिक शक्ति,जेनजी पुस्ता र परिवर्तनकारी सबै शक्ति,अभियान,समूह र अभियन्ताहरुको बृहत्तर एकता/ मोर्चाबन्दीलाई विशेष जोडका साथ अघि बढाउन सार्वजनिक प्रतिवद्धता ब्यक्त गर्दछ।

जेनजी पुस्ता विद्रोह र सहादतको जगमा हुन लागिरहेको आम निर्वाचनलाई दृष्टिगत गर्दै विवेकशील साझा पार्टीले भ्रष्टाचार र कुशासन विरुद्ध समतामूलक संबृद्ध नेपाल निर्माणका लागि वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं समुह तथा सार्वजनिक परिचय वनाएका व्यक्तिहरुसँग सहकार्य,ध्रुविकरण,कार्यगत एकता र बृहत्तर एकीकरण सम्मका लागि सबै ढोकाहरु खुला गरेर, सबै प्रकारका खुला छलफल,बहस र बृहत्तर नयाँ शक्ति निर्माण गरेर अघि बढ्न सरोकारवाला सम्पूर्णमा सार्वजनिक आह्वान गर्दछ।

विवेकशील साझा पार्टीले आफ्नो एक दशक भन्दा बढीको राजनीतिक लिगेसी,सुसंस्कृत राजनीतिक पुँजी, नयाँ राजनीतिक संस्कार फैलाउन गरेको सत्प्रयासहरुलाई नेपाली जनता र नेपाल राष्ट्रको बृहत् हितलाई केन्द्रमा राखेर वैचारिक प्रष्टता र मूल्यमान्यताको जगमा दलिय पदसोपानलाई समतल वनाउन,पार्टीको नाम,चुनाव चिन्ह समेत परिवर्तन गर्दै पार्टी पुनर्गठन गरेर अघि बढ्न खुला रहेको आब्हान गर्दछ।
अन्त्यमा,
'जेन जी' पुस्ताका नवयुवाहरुको स्व:स्फूर्त शान्तिपूर्ण आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको अत्यन्त क्रुर एवं निर्शंस दमन एवं नरसंहारमा सहादत सम्पूर्ण होनहार नेपाली सपूतहरुप्रति पुन: हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाईते,अंगभंग भएका योद्धाहरुप्रती सम्मान सहित शिघ्र स्वास्थ्यलाभको कामना गर्दै राष्ट्रिय निर्वाचनमा होमिने प्रण गर्दछ।

आशुतोष प्रधान
प्रवक्ता
नेपालको जय होस
विवेकशील साझा पार्टी
२०८२/०६/२६ गते

27/09/2025
Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Milanchowk-Baneshwar
Kathmandu