Professional Engineering Network Nepal - PENN
Network of professional Nepalese engineers for the professional ethics in education & practice
09/02/2017
अख्तियारको सक्रियता स्वागतयोग्य छ I
'हिल्टन'माथि अख्तियारको नजर, महानगरबाट फाइल झिकाइयो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणाधीन 'हिल्टन' होटलको फाइल नियन्त्रणमा लीएको छ। काठमाडौं महानगरपालिकासँग रहेको उक्त फाइल मंगलबार अख्तियारले नियन्त्रणमा लिएको हो।
27/04/2016
#ईन्जिनियर_को_सक्कली_को_नक्कली ?
नेपाल प्रहरीले नक्कली कागजातका आधारमा इन्जिनियरिंग काउन्सिलमा दर्ता भएका केहि नक्कली इन्जिनियरहरु अनि त्यस्तो कार्य गर्नमा संलग्नहरुलाई पक्राउ गरी इन्जिनियरिंग क्षेत्रमा रहेको चरम बिकृतिलाई सबैको अगाडी ल्याईदिएको छ I यसको उच्च मुल्यांकन गर्दै यस नेटवर्क नेपाल प्रहरीलाइ हार्दिक धन्यवाद ब्यक्त गर्दछ I
तर समाजमा हाल दुई किसिमका नक्कली इन्जिनियरहरु बिध्यमान छन् I एक- माथि उल्लेखित कानुनी हिसाबले नक्कली, अर्को चाहीं सबै प्रक्रिया कानुनी रुपमा पुरा गरी काउन्सिलमा दर्ता भएका तर - गुणस्तरहीन I दुवै नक्कली नै हुन् - किनकी समाजमा दुवैको कमजोर गुणस्तरले पार्ने नकरात्मक असर उस्तै खालको हुन्छ I
हाम्रो समाजमा गैरकानुनी नक्कली भन्दा, कानुनी रुपमा सक्कली तर व्यवहारिक धरातलमा इन्जिनियरिंगको "ई" पनि नबुझेका नक्कली इन्जिनियरहरु धेरै छन् I यस्ता इन्जिनियरलाई प्रहरीले समात्न सक्दैन, किनकि, ऊनीहरुसित युनिभर्सिटीको सक्कली डिग्री अनि काउन्सिलमा दर्ता भएको सक्कली प्रमाणपत्र साथमा हुन्छ I मात्र यिनीहरुमा प्राक्टिस गर्न चाहिने गुणस्तर हुन्न I
यस्ता कानुनि रुपले सक्कली तर व्यवहारिक हिसाबले नक्कली इन्जिनियरलाई रोक्ने जिम्मेवारी भनेको प्रमुखत अधिकार सम्पन्न इन्जिनियरिंग काउन्सिलकै हो I काउन्सिलले दर्ता गर्नु पुर्व लाइसेंसिंग परिक्षाको अनिवार्य व्यवस्था नगरेसम्म यस्ता नक्कली इन्जिनियरहरु बाट राम्रा इन्जिनियर अनि समस्त समाज र देशनै पिडित भइराख्ने निश्चित छ I
---------------------------------------------
प्रोफेशनल इन्जिनियर्स नेटवर्क - नेपाल
http://nagariknews.com/main-story/story/68689.html
Nagarik News - प्रहरी पक्राउ गर्यो नक्कली ईन्जिनियर काठमाडौं- उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले नक्कली इन्जिनियर पक्राउ गरेको छ। ईन्जिनियरको नक्कली प्रमाणपत्र बनाई नेपाल ईन्जिनियरिङ परिषदमा दर्ता गराई...
Click here to claim your Sponsored Listing.
Website
Address
Kathmandu