Smart Media

Smart Media

Share

Trusted digital media platform for news, reels, interviews and viral updates. Copyright © Smart Media Group PVT. LTD.

16/07/2026

फाइनलमा पुगेको अर्जेन्टिनालाई फिफाले कारबाही गर्न सक्ने
सन् २०२६ फिफा विश्वकपको फाइनलमा स्थान बनाएको अर्जेन्टिना फिफाको सम्भावित अनुशासनात्मक कारबाहीको चर्चामा परेको छ। इंग्ल्यान्डलाई २–१ ले हराउँदै फाइनल पुगेपछि अर्जेन्टिनाका खेलाडीहरूले ‘Las Malvinas son Argentinas’ (फकल्याण्ड टापु अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर प्रदर्शन गरेपछि फिफाले यस विषयमा चासो दिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

फकल्याण्ड (अर्जेन्टिनामा माल्भिनास भनिने) टापुको सार्वभौमिकतालाई लिएर बेलायत र अर्जेन्टिनाबीच दशकौँदेखि विवाद रहँदै आएको छ। सन् १९८२ मा यही विषयलाई लिएर दुई देशबीच ७४ दिनसम्म युद्धसमेत भएको थियो। फिफाले आफ्नो प्रतियोगितामा राजनीतिक सन्देश वा प्रदर्शनलाई निषेध गर्ने नियम बनाएकाले अर्जेन्टिनाको पछिल्लो गतिविधिले अनुशासनात्मक प्रश्न उठाएको हो।

यसअघि पनि सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि अर्जेन्टिनाका खेलाडीहरूले यही सन्देश भएको ब्यानर प्रदर्शन गरेपछि फिफाले अर्जेन्टिना फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरेको थियो। त्यसबेला फिफाले उक्त कार्यलाई राजनीतिक सन्देश र टोलीको अनुशासनसम्बन्धी नियम उल्लंघन भएको निष्कर्ष निकालेको थियो।

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Anamnagar
Kathmandu
44600