Nepse Update

Nepse Update

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepse Update, Investing Service, Kathmandu.

28/04/2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा बैंकको नाफासहित अधिकांश सूचक घटेको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ३०.६९ प्रतिशतले घटेर ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी समेत घटेको छ। बैंकको खुद ब्याज आम्दानी ७.१३ प्रतिशतले घटेर ९ अर्ब ५७ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १० अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा घटेर ४ अर्ब ७७ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँबाट बढेर ३ अर्ब १० करोड ३० लाख पुगेको छ ।
बैंकको चुक्तापूँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति ३३ अर्ब ३० करोड रुपैयाँबाट बढेर ३७अर्ब १३ करोड रुपैयाँ पुगेको हो ।
बैंकको खराब कर्जाको आकार समेत बढेको छ । खराब कर्जा ६.०६ प्रतिशतबाट बढेर ८.४१ प्रतिशत पुगेको छ ।
यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी समेत १७.७४ रुपैयाँबाट घटेर १२.२९रुपैयाँ पुगेको छ ।

27/04/2026
Want your business to be the top-listed Finance Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu
44600