2B Books
आउनुस् शब्दमा हराऔँ !
25/07/2025
पुस्तक : सम्झना भैरव स्मृतिग्रन्थ
लेखक : विभिन्न
विधा : स्मृतिग्रन्थ
"नेपाली साहित्यको आधुनिक हास्यव्यङ्ग्य विधामा मूर्धन्य व्यक्तित्व स्वर्गीय भैरवको असामयिक निधनपश्चात् अनेकौं साहित्यकार-विद्वानहरूले विभिन्न माध्यमद्वारा श्रद्धाञ्जली अर्पण गरे। विभिन्न साहित्यकार र भैरवलाई माया गर्ने विशिष्ट व्यक्तिहरूको सदाशयबाट ०३७ सालको ऋषिपञ्चमीको अवसर पारेर 'सम्झना' नाउँको एउटा प्रकाशन पाठकसमक्ष आयो। भैरव अर्यालको सम्झनामा त्यतिबेला 'सम्झना' मार्फत गरिएको यौटा प्रणलाई अहिले भैरव पुरस्कार गुठीको तर्फबाट पूर्णता दिने प्रयास हो 'सम्झना : भैरव स्मृतिग्रन्थ'।"
- सम्पादकीय
21/07/2025
पुस्तक : अविरल बग्दछ इन्द्रावती
लेखक : रमेश विकल
विधा : उपन्यास
"प्रस्तुत उपन्यास इन्द्रावती किनारका जनजीवनको कथा हो। यो हाम्रो बदलिँदो आर्थिक, सामाजिक र सांस्कृतिक जीवनको पनि कथा हो र निष्कर्षमा नयाँ सन्दर्भसुहाउँदा जीवनमूल्यको खोजीको कथा हो।"
- माधवप्रसाद घिमिरे
09/07/2025
पुस्तक : ब्लफ कलर
लेखक : द्वारिका कुईकेल (थापा)
विधा : उपन्यास
"आजको युग चमत्कारी युग हो, यसमा कुनै शंका छैन, तर आज यी चमत्कारी आविष्कारहरू माथी हुने गरेका दुर्व्यवहार, दुरुपयोग, विकृति, विसंगति र दुराचारहरूको विषयलाई लिएर लेखकले एउटा रोचक उपन्यास बनाउनु भएको छ। समाजमा घट्ने गरेका घटनाहरूलाई विवेचना गरी समाजलाई ऐना देखाउनु यस उपन्यासको लक्ष्य रहेको छ।"
- प्रदिप कोइराला
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu