Ramjee Subedee
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाःसर्वे भद्राणि पश्यन्तु माकश्चिद्दुःखभाग्भवेत् । ॐ शान्तिः
विद्यार्थीले किन सिकेनन् ? अहिले को वास्तविकता यहि हो हजुर
एउटा research को निष्कर्ष यस्तो रह्यो :-
१)अभिभाबकले मोबाइलमा लत बसाएछन् ।
२) नसिके वा नपढे पनि पास भइन्छ भन्ने मानसिकता छ ।
३) कसैले भनेको मान्दैन ।
४)कसैको डर छैन।
५) बाबुआमाले घरायसी काम गराउदैनन किनकी बाबुनानीको असाध्य माया गर्छन् ।
६) असिम प्यार पाएको छ ।
७) आफू नाङै बसेर भएनी केटाकेटिले मागेको बेला मनग्य पैसा दिएका छन् ।
८)अन्तिम उद्देश्य र लक्ष्य नै बिदेश जानू छ। बिदेश जान पढ्न पर्छ होइन भाषाको ज्ञान भए हुन्छ भन्ने भ्रम छ । हटाउन उदारहण दियो अर्को उदारहण दिन्छ तुलना गर्यो पढेर नि दुख गर्ने नपढे नि दुख गर्ने भन्ने भएको छ ।
९) विद्यालयमा शिक्षकसँग कुनै डर छैन उल्टो शिक्षकलाई छुन पाइन्न भन्छ ।
१०) नेपालमा भएका प्रेरक मान्छेको वर्णन गर्यो शिक्षकभन्दा पहिला उस्को दिनाचार्य खोजी गरेर भन्छ पैसा नभएर दुख पाएको हो त्यस्ले भन्छ ।
१०) मोबाइलको लतबाटै सिकाउन खोज्यो र विभिन्न एप्सहरु राखिदियो पब्जी र फ्री फाइर खेल्दा ह्याङ हुन्छ भन्छ हटाउछ ।
११) जन्कफुड बाहेक अरु मीठो मान्दैन ।
१२) शिक्षक भन्छन डर देखायो पिट्यो शिक्षकको जीवन खतरा,नपिटे डर नदेखाए पेशामा खतरा ।
छुर्पी बेचेर गुट्का खाने नेपाली।
कोदो बेचेर लङ्ग्रेन चामल किनिखाने नेपाली।
भिर माहुरी को मह बेचेर जाम किन्ने नेपाली!
जुम्ला , मुस्ताङ्ग मा फलेको अर्गानिक सिमि बेचेर
स्वायबिन किनि खाने नेपाली ।
भेडा को उन बेचेर जुट को गलैचा किन्ने नेपाली।
केमिकल हालेको क्यान जुस खाने नेपाली।
दुध बेचेर बियर पिउन पर्ने नेपाली।
लोकल रक्सि छोडेर बिदेशी बिषालु रक्सी तान्ने नेपालि।
गैरी खेत बेचेर खाडी भासिन पर्ने हामी नेपाली।
आर सि सि घर भएपनी बेचेर युरोप अमेरिका जान पर्ने नेपाली।
लैनो भैंसी बेचेर महङ्गो सेल फोन बोक्न पर्ने नेपाली ।
संजाल मा आफै न्यायाधीश आफै ओकिल बन्ने नेपालि ।
देश बनेन भनेर बार्हहात उफृने भेडा नेपाली ।
आफ्नै नेपाली नेपाली लडेर बिदेशी हसाउने नेपाली ।
आफु केहि न गर्ने अरुले के गर्दैछ भनेर चियोचर्चो गर्ने नेपाली ।
एक गिलास रक्सि र २ चोक्टा मासुमा जिन्दावाद र मुर्दाबाद बन्दै घोक्रो फुटुन्जेल कराउने नेपाली ।
अनि भुत्रो बन्छ हाम्रो देश नेपाल 🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Pokhara
Kathmandu