HEMRO KHABR

HEMRO KHABR

Share

सत्य अनि तथ्य खबरको लागि
#हजुरहरूले आफ्नो गाउँ ठाउँमा भएका घटनाहरु र आफ्नो विचारहरू यस पेज मार्फत प्रसारण गर्न सक्नुहुनेछ

27/04/2026

चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष दिनेश सिटाैला प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग चुनावी प्रचारमा जाँदा अचेत हुनुभएपछि उपचारका लागि अस्पताल पुर्याइयो तर केही दिनमा अस्पतालले उहाँलाई बचाउन नसकेको जानकारी दियो । यो जानकारी २०८२ माघ १८ गतेको थियो ।

केही दिनमा दिनेशको नि'धनको तीन महिना पूरा हुँदैछ । तर दिनेशले वर्षाैदेखि काम गरेर नपाएको पारिश्रमिक दिने विषयमा चलचित्रका निर्माता र निर्देशकले चासो समेत दिइएको पाइएन ।

सिटौलाले आफ्नो डायरीमा उठ्न बाँकी पारिश्रमिक भनेर उल्लेख गरेको विवरण यस्तो छ:

१. फिल्म सिटामोल निर्माता/निर्देशक सिमोश सुनुवार – १३ लाख
२. फिल्म रिमै निर्माता/निर्देशक खिलबहादुर गुरुङ – ३ लाख
३. फिल्म हर्ष निर्माता एकता पौडेल – २ लाख ५० हजार
४. फिल्म तेलभिषा निर्माता/निर्देशक शंकर घिमिरे – २ लाख
५. जने हराएको मान्छे निर्माता विमल न्यौपाने – ५० हजार
६. फिल्म क्वाटेन निर्माता भवन केसी – ६ लाख ५० हजार
७. फिल्म विरविक्रम निर्माता/निर्देशक मिलन चाम्स – २ लाख
८. फिल्म टम डायरिज निर्माता बाबु सापकोटा – ३ लाख
९. फिल्म सेन्टीभाइरसक निर्माता सिताराम कट्टेल – २ लाख ५० हजार
१०. फिल्म घामड शेरेका निर्देशक हेमराज बिसी – १ लाख ५० हजार
११. फिल्म अनुराग निर्माता ऋषि धमला – ३ लाख
१२. फिल्म जारी २ निर्माता मणिराम पोखरेल – ४ लाख
१३. फिल्म ऐँचोपैँचोका निर्देशक कृषा चौलागाई – २ लाख
१४. फिल्म प्रसाद २ निर्माता सुवास थापा – ६० हजार
१५. फिल्म साङ्गलोका निर्माता विराज भट्ट – २ लाख
१६. फिल्म पण्डित बाजेको लौरी निर्माता थमन भण्डारी – २ लाख ५० हजार
१७. फिल्म आप्पा निर्देशक अनमोल गुरुङ – १ लाख ५० हजार
१८. फिल्म मोहर निर्माता चन्द्रजंग शाही – ५० हजार
१९. फिल्म जेरी/ग्याङस्टार निर्माता सरोज न्यौपाने – ३ लाख
२०. फिल्म कोशेढुंगा दिनेश खड्का (प्याट्रिक) – १ लाख ५० हजार
२१. फिल्म गुलाबी निर्देशक समुन्द्र भट्ट – ५० हजार
२२. फिल्म लण्डन टु पेरिस एण्ड प्रोडक्सन – २ लाख
२३. फिल्म बलिदान र सन्तान सेन – ५ लाख

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu
NDFILTERSSTUDIO