Hem Raj Pant
म हिजो पनि कोसिस गर्दै थिएँ, आज पनि कोसिस गर्दैछु र भोलि पनि कोसिस गर्नेछु ।
26/01/2024
मुक्तक
अरुकै भर परेर त यो जिन्दगी टर्ला जस्तो लाग्दैन
समस्या थपिने छ्न् बरु फरक पर्ला जस्तो लाग्दैन
उद्यमी बन्नुस् आन्दोलन छोडेर स्वरोजगार बन्नुस्,
सरकारले रोजगारीको व्यवस्था गर्ला जस्तो लाग्दैन ।
म बाहेक यहाँ अरुलाई केहि फरक पर्दैन होला
सन्की र बहुला ठानेर कसैको आँसु झर्दैन होला
मैले साँच्चै आत्महत्या नै गरेपनि तिम्रो वियोगमा,
सरकारले मलाई प्रेमी शहीद घोषणा गर्दैन होला ।
दुनियाँको रीत यहि हो भनी जबर्जस्ती रमाउनै पर्छ
बचत गरेर अलि-अलि धन सम्पत्ति जमाउनै पर्छ
कहालीलाग्दो विगत सम्झेर उकुसमुकुस वर्तमानमा
भविष्य नदेखे पनि भविष्यका लागि कमाउनै पर्छ।
आफ्ना इच्छा र चाहना मारी कसरी बोक्नुहुन्छ
हाँसीहाँसी दुनियाँको दिकदारी कसरी बोक्नुहुन्छ
सधैं हाँस्दै मुस्कुराउँदै अनि सबैलाई खुशी बनाउँदै,
मेरा बा परिवारको जिम्मेवारी कसरी बोक्नुहुन्छ ?
✍️हेमराज पन्त 'हीमरास'
पुनर्वास न.पा.१ कञ्चनपुर
06/11/2023
#मुक्तक लेख्ने #कोसिस
पहिले झैँ नापनक्सा काट्टिकुट्टी उस्तै छ
बानी व्यहोरा अनि चालचलन चुस्तै छ
बर्षौ पछि मेसेन्जरमा सोध्यौ कस्ता छौ?
के भनूँ दिल बिमारी शरीर तन्दुरुस्तै छ।
✍️हेमराज पन्त 'हीमरास'
#हीमरास
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Address
Kathmandu