Sewa Tech Pvt Ltd

Sewa Tech Pvt Ltd

Share

Sewa Tech is an IT Solution & Digital Marketing Company in Nepal. We also sell computer parts.

02/10/2022

लिङ्गे पीङको मच्चाई अनि पारिवारीक जमघटका समयमा दशैंको निलो स्वच्छ आकाश अनि माधुर्यता बिचमा बर्षभरिको थकानलाई बिट मार्दै दशैंमग्न हुनुभएको छ कि छैन ?

नौरथाको मेला अनि दुर्गा भावानीका शक्तिपीठहरूमा भिडभाड, कसैलाई मिठाई किन्नको हतारो हुन सक्छ त कसैलाई मासु ? कसैलाई पलेंटी कसेर तास खेल्नको तिर्सना होला त कसैलाई साथीभाईसंग भेटघाटको तिर्सना, जे होस् यस वर्षको दशैंको अष्टमीको शुभ दिन अनि शुभ साईतको शुभकामना ।

आज महा-अष्टमी अर्थात नवरात्रिको आठौं दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ । गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाको दिन वैद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्तिपीठ, दशैंघर अनि विभिन्न मन्दिरमा विशेष घुँईचो रहन्छ । आज मध्यरात अर्थात् नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान हुने गर्दछ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरुको पूजाअर्चना समेत विधिविधान अनुसार गरिन्छ ।

26/09/2022

दशैं आयो
खाउँला पिउँला
कहाँबाट ल्याउँला, चोरी ल्याउँला
धत्त पापी म त छुट्टै बसौंला भन्दै औंला भाँच्दै बिताएको एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । दशैं घरघरमा आएको छ ।

आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिन्को हार्दिक मङ्गलमय शुभकामना ।

चाहे गाउँमा बस्नुहुन्छ या शहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवार विना तर यस वर्षको दशैंको रौनकले तपाइलाई छुनेवाला छ, छुने मात्र हैन आजदेखि अाधिकारीक रूपमा छोर्इ नै सक्यो । ल है! आज जमरा छर्ने दिन अर्थात् घटस्थापना । जमरा अर्थात् जौको जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ अनि नवरात्रीभरिनै हरेक दिन पूजाअर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भएतापनि दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अकुुंरित वालाहरू समावेश हुन्छ । माटो, पानी, हावा, फूल, आँकुरासंग जुटेको यो संस्कारले वनस्पतीसंग हामी अत्यन्तै नजिक छाैं भन्ने स्पष्ट पार्छ । हिन्दूहरुको महान पर्व दशैंमा जमरा संस्कृती एउटा मौलिक धरोहरको रुपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्नकालागि आजको दिन अर्थात् घटस्थापना महत्वपूर्ण दिन हो ।

Want your business to be the top-listed Computer & Electronics Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Prayag Marg, Mid-Baneshwor
Kathmandu
44601

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00