InfoTain Express
Nepal's growing digital gateway to the latest news, views and information .
01/06/2026
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का कृषकहरूलाई स्थानीय तह विशेष पकेट क्षेत्र विस्तार (आलु) कार्यक्रमअन्तर्गत उन्नत जातको आलुको बीउ तथा कृषि उपकरण वितरण गरिएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुर र सिद्ध बैजनाथ बहुउद्देश्यीय सहकारी संस्थाको लागत साझेदारीमा सञ्चालित कार्यक्रममा सिँचाइ सेट, पावर टिलर, मिनी टिलर, रोटाभेटर र स्प्रे ट्याङ्की वितरण गरिएको सहकारीका कार्यालय प्रमुख शरद पाण्डेयले जानकारी दिए। यसले खेतीको लागत घटाउन, श्रम बचत गर्न र उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
01/06/2026
विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह
प्रतिनिधि सभा बैठक, २०८३ जेठ १७ गते, आइतबार, दिनकाे ०१:०० बजे
प्रतिनिधिसभा नियमावली माथिको छलफलमा खुश्वु ओलीले प्रस्तावित नियमावलीको प्रावधान संविधानको धारा २७४(८) सँग बाझिएको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले संविधानले संविधान संशोधनका लागि दुवै सदनमा छुट्टा छुट्टै दुई तिहाइ आवश्यक हुने व्यवस्था गरेको भए पनि प्रस्तावित नियमले संयुक्त गणनाबाट निर्णय हुन सक्ने व्याख्या गर्न सकिने बताउनु भयो। साथै, संशोधनहरू धेरै भएकाले समय थप गरी समितिमै पुनः छलफल गर्नुपर्ने माग गर्नुभएको छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
काठमाडौँ
Kathmandu