Cool Channel
News with a Cool Vibe..
02/07/2026
सचेत नागरीकको उदाहरण बनिन् गायिका मीना ढकाल, गृहमन्त्री सुदन गुरुङको आदेश मान्दै आफ्नो गाडीबाट हटाइन् कालो पर्दा 😍
01/07/2026
मेसेन्जरमा अपरिचित ब्यक्तीले अडियो कल गरेकै भरमा दुव्र्यवहार भयो भन्दै साइबर ब्युरो पुगेकी अभिनेत्री उषा रजकलाई राज बल्लभ कोइरालाले दिए कडा झटारो! मन नपरे ब्लक गर, मिडियामा रोइलो नगर भन्दै थर्काए..
राजबल्लभको पूरा स्टाटस-
"कलाकार साथीहरू अनि खासमा सबैलाई-
सामाजिक संजालमा जोडिएपछि प्रशंसकहरूको फलो, लाइक, कमेन्ट, म्यासेज र कल आउनु स्वाभाविक मात्र होइन, हाम्रो पेशाको एउटा पाटो पनि हो। तर, यदि कसैले सीमा नाघेर बारम्बार कल वा म्यासेज गरी हैरान पार्छ भने, त्यसैलाई लिएर सार्वजनिक रूपमा 'रोइलो' गरिरहनु आवश्यक छैन।
आफ्नो 'डिजिटल स्पेस' र मेसेन्जर कसरी सुरक्षित राख्ने भन्ने कुरा हाम्रै हातमा हुन्छ। प्रविधिले हामीलाई कल म्युट गर्ने, मेसेज आर्काइभ गर्ने, डिलेट वा ब्लक गर्ने जस्ता थुप्रै नियन्त्रण र फिचर्स दिएको छ। तिनको सही प्रयोग गरौँ र आफ्नो ऊर्जा बर्बाद नगरी अगाडि बढौँ।।
सामाजिक संजालमा उपस्थिति (Presence) र चर्चा (Attention) को स्पेस पनि उपभोग गर्ने, अनि त्यसका केही असहज पक्षहरू आउँदा व्यवस्थापन गर्न नसकेर आत्तिने गर्नु परिपक्वता होइन। चर्चा र गोपनीयता (Privacy) लाई सन्तुलनमा राख्न सक्नु नै डिजिटल साक्षरता हो। त्यसैले, प्रविधिको सही उपयोग गरौँ, बलियो मानसिक दायरा (Boundaries) बनाऔँ र परिपक्व ढंगले सामाजिक संजाल चलाऔँ।"
तपाईंलाई उनको यो भनाई कस्तो लाग्यो?
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
400001