Bulbul Communication

Bulbul Communication

Share

स्रष्टा, सिर्जना र सञ्चार ।

मिडियाका सबै काम गरिने गर्न सकिने एउटा थलो । A Radio Journalist in Nepal since 1999.

28/08/2025

Bulbul ma first, second ra third bhayeka gazal haru:
#प्रथम भएको एउटा गजल :
सुरक्षित ठाउँ पृथ्वीमा कुन छ, कहाँ राखुँ तिमीलाई
दुनिया सारा षड्यन्त्र बुन्छ, कहाँ राखुँ तिमीलाई ।
धर्तीमा राखुँ, इर्ष्यालु धेरै, डाह गर्ने झन धेरै छन्
आकाशमा राखुँ त्यहाँ नि जून छ, कहाँ राखुँ तिमीलाई ।
सोचेको थिएँ फूल सङ्गै राख्छु बगैंचामा तिमीलाई
फूलैको बोटमा नि काँडा हुन्छ कहाँ राखुँ तिमीलाई ।
शीरैमा राखुँ कि शीरको शोभा बनाएर जिन्दगीभर
बत्तिसमा तिम्रो बत्तिसै गुण छ, कहाँ राखुँ तिमीलाई ।
मेरै जस्तो हात म खोज्दैछु, तिमीलाई माया गर्ने
सबैको हातमा खुनै खुन छ,कहाँ राखुँ तिमीलाई ।
गुमाए तिमी म एक्लो हुन्छु कहाँ राखुँ तिमीलाई
तिम्रो हुने सबैको जुनुन छ कहाँ राखुँ तिमीलाई
- श्याम लामा
#प्रथम भएको अर्को गजल
तिमी पेन्सिल हुँदा,म इरेजर भैदिएको हुँ ।
तिम्रो गल्तीहरु मेट्दा(मेट्दै सकिएको हुँ ।।
साहेब१भरिनेहरु नै हुन् पोखिने भनेको,
यसकारण म जिन्दगीभर रित्तिएको हुँ ।।
कालो दाग बनेर संगै बस्ने रहर भएर हो,
तिम्रो कालो लुगामा आफू नदेखिएको हुँ ।।
यसर्थ पनि हामी उस्तै पत्थर हुन सकेनौं,
तिमी मन्दिरमा र म बगरमा भेटिएको हुँ ।।
अन्त्यमा मलाई बचाउन पराई आइपुगे,
मैले डुब्दै गर्दा आफ्नालाई सम्झिएको हुँ ।।
- सरगम गजमेर
#द्वितीय भएको एउटा गजल
देखिन्छ उज्यालो हेरे झ्यालबाट
किन चियाउँनु चार पर्खालबाट
किनारमै पुग्दा डुब्यो यौटा डुङ्गा
आएथ्यो बचेँर लाखौं छालाबाट
हुन त होईन नजिकको मान्छे
कुनै बेला खान्थ्यौँ यौटै थालबाट
देख्नु छ खुशी भने आफ्नाहरू
हार्न सक्नुपर्छ आफ्नैं चालबाट
आखिर कस्को थियो जिन्दगानी
सकिन्छ दुनियाँ यहिं सवालबाट
- प्रवाशी
#द्वितीय भएको अर्को गजल
आधी रात मा छोड्नुपर्छ घर पनि
कस्ता कस्ता आउछन अवसर पनि
अहमको पर्दा खोली हेर्नुहोस महोदय
पहिला गाउँ थियो हजुरको शहर पनि
खुट्टा ठेस लाग्दैमा हिँड्न नछोड बाबु
आज मन्दिर पुग्यो हिजोको पत्थर पनि
को तय गर्दै छन् शिखरको बाटो
कस्ले मुठ्ठीमा लिँदैछन् यहाँ डर पनि
जिन्दगी सुम्पिदा सुम्पिदै कसैलाई
म जस्तै उजाडिएको रहेछ बगर पनि
-चक्र मिलन नेपाली
#तृतीय भएको गजल
मालिकले शहरमा महल ठड्याँइ रहँदा
मजदुरले गोबर माटोले झुपडी टाल्छ
सन्तानलाई खुसी उपहार किन्दा रित्तिएको
मजबुर बाउ एउटै भोटोमा वर्षौ बाच्छ
बाच्न जान्नेमा गनिन्छ तल्लाघरे काले
क ख रा नपढे नी फित्ताले जीउ नाप्छ
छोरोले बाउ आमालाई वृद्धाश्रम पठाएर
बाउकै स्वामित्वको घरमा कुकुर पाल्छ ।।
-सरिता जोशी

11/08/2025

दिल गुरूङ–तुल गुरूङ उत्कृष्ट गजल पुरस्कार २०२५ का लागि बुलबुलको इमेल [email protected] मा गजल आइपुग्नुपर्ने अन्तिम समय - भोलि मंगलबार दिउँसो १२ बजेसम्म । यसपछि प्राप्त भएका गजलहरू प्रतियोगिताका लागि सहभागी नभए पनि बुलबुलमा वाचन भने हुनेछन् ।
प्रतियोगिताको नतिजा भदौ ११ गते प्रसारण हुने बुलबुलको ५१ औं अंकमा घोषणा गरिनेछ ।

PAHELPUR [PART 2] | पहेँलपुर [भाग - २] || GS POUDEL || AUDIO BOOK || ACHYUT GHIMIRE 12/04/2025

पहेँलपुर उपन्यास । श्रव्य संस्करण भाग-२

PAHELPUR [PART 2] | पहेँलपुर [भाग - २] || GS POUDEL || AUDIO BOOK || ACHYUT GHIMIRE PAHELPUR [AUDIO BOOK PART-2]Vocal By - Achyut Ghimire BulbulWriter - GS PoudelIntro...

SAIEN NOVEL | सइन || Audio Book || YATRI PRAKASH PANDEY || ACHYUT GHIMIRE 16/02/2025

https://youtu.be/KGVF54SGhJE?si=8uevqbfJUFb0gFad

SAIEN NOVEL | सइन || Audio Book || YATRI PRAKASH PANDEY || ACHYUT GHIMIRE ==========================================================यात्रीप्रकाश पाण्डेको उपन्य...

Want your establishment to be the top-listed Arts & Entertainment in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Gokarneshwor-06
Kathmandu
44605