Paridrishya

Paridrishya

Share

परिदृश्य

05/10/2025

Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

24/02/2024

फागुन २४ र २५ नेपाल कल्चर फेस्टिवल हुने
नेपालगंज कल्चर फेस्टिवल आगामी फागुनको २४ र २५ गते नेपालगंजमा हुने भएको छ । देशै भरको संस्कृति एउटै मञ्चवाट प्रस्तुत गर्ने फेस्टिवलको उद्देश्य छ ।
अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस फेस्टिवलमा स्थानीय दर्जन बढी संघ संस्थाहरुले सहकार्य गर्दैछन् । नेपाली मौलिक कला संस्कृति, गीत संगीत , नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रवद्र्दन तथा प्रचार प्रसार गरिनेछ ।
सुदुर पश्चिमको डेउडा नृत्य र गीत देखि पुर्वी नेपालको लिम्बु संस्कृतिमा आधारित च्याब्रुङ्ग नाच र पालाम सम्म, तराइको थारु र अवधि नृत्य÷गीत देखि पहाडी क्षेत्रको पञ्चेबाजा र हिमालको शेर्पा संस्कृति झल्किने नृत्य, काठमाण्डौ उपत्यकाको नेवार संस्कृतिमा आधारित धिमे बाजा देखि लाखे नाच सम्म एउटै स्टेजमा प्रस्तुत हुनेछ भने ‘ भाषा र संस्कृतिका अध्येताहरु, गीत र नृत्यका अध्येताहरु र चाडपर्व, रितिरिवाजका जानकारहरुवीच छलफल र विचार विमर्श हुनेछ ’। फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने – ‘ यो नेपाली गीतसंगीत, नृत्य,भेषभुषा र संस्कृति झल्काउने संभवत ः नेपालकै ठूलो ईभेन्ट हो ।
बहु सांस्कृतिक, बहुभाषी संस्कृति रहेको हाम्रो देशमा सयांै थरी नाच र गीत रहेका छन् । यसको पवद्र्दन अध्यन अनुसंन्धान गर्नु फेस्टिवलको उद्देश्य हुनेछ ।
कतिपय परम्परागत बाजाहरु, भेषभुषाहरु गहनाहरु लोपहुने अवस्थामा पूगेको, पूराना पुस्ताका गीतहरु नयाँ पुस्ताले नबुझ्ने स्थिति भएकाले सवैखाले संस्कृति र गीतसंगीतको साझा मञ्चको रुपमा फेस्टिवल आयोजना गर्न लागिएको हो ।
नेपालगंज रंगशालामा हुने यस फेस्टिवलमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ । शास्त्रीय संगीत देखि पछिल्लो पुस्ताको पप रक सम्मको प्रस्तुती रहनेछ । स्थानीय नव प्रतिभाहरुलाई विशेष प्राथामिकता दिइने फेस्टिवलमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका व्याण्ड देखि चर्चित गायक गायिकाहरुले आफ्नो प्रस्तुति दिनेछन् ।
‘ देश भनेको भूगोल मात्र पनि होइन, संस्कृति जोगिएन भने पहिचान मेटिदै जान्छ – ’ अन्तरालका कार्यकारी जयनारायण शाहले भने– ‘नेपाल कल्चर फेस्टिवलको अवसरमा नेपालगंजमा सिंगो नेपाल झल्किनेछ । ’

26/04/2023

राष्ट्रिय फोटो पत्रकारिता दिवशको अवसरमा सवैलाई शुभकामना !

Photos from Paridrishya's post 15/03/2023

तेस्रो संस्करणमा आईपुग्दा नेपालगन्ज फोटो फेस्टिवल देशव्यापी वनेको छ। अब नेपालगन्ज फोटो फेस्टिवलमा सिंगो नेपाल झल्किनेछ।
फेस्टिवल अन्तर्गत फोटो प्रतिस्पर्धामा देशैभरवाट फोटोपत्रकार र फोटोग्राफरहरुले पठाएका फोटोहरु छनौट गर्न वरिष्ठ फोटो पत्रकार श्री विकास कार्कीको नेतृत्वको निर्णायक मण्डलले काम गरिरहेको छ।
मण्डलका सदस्यहरुमा वरिष्ठ फोटोग्राफर श्री रमेश मल्ल र फोटो पत्रकार क्लव(PJ Club) कि अध्यक्ष श्री श्रुती श्रेष्ठ रहेका छन्।
प्रतिस्पर्धामा छानिएका १ सय ५१ फोटो प्रदर्शनीमा राखिनेछ।
९ विधामा उत्कृष्ट फोटोले पुरस्कार पाउनेछन् भने सर्वोत्कृष्ट फोटो वर्ष फोटो उपाधी सहित पुरस्कृत हुनेछ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Maharajgunj
Kathmandu