3D Design and Build

3D Design and Build

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 3D Design and Build, Commercial property agent, GairiDhara Road, Kathmandu.

12/04/2024

नयाँ वर्ष २०८१ सालको शुभ अवसरमा सम्पुर्ण मान्यबर, अग्रज, आफन्त, साथिभाई र मित्रहरूमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछु । यस बर्षभरी यहाँहरुको सु - स्वास्थ एवं सम्पूर्ण कार्य सफलताको कामना गर्दछु । 🙏🙏
देवी भगवती माँ ले सबैको कल्याण गरून ।
ॐ शान्ती !! ॐ !!

11/08/2023

घर जग्गा किन्दै हुनुहुन्छ .........?? ध्यान दिनु हाेला ।

11/08/2023

घर जग्गा किन्दै हुनुहु्छ ??? ध्यान दिनुस .........।

भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा खरिद गर्दा विभिन्‍न विषयमा सजग रहन सेवाग्राहीलाई अनुरोध गरेको छ ।

१) सबैभन्दा पहिला आफुले खरिद गर्न लागेको जग्गाको नक्सा, फिल्ड, बुक, क्षेत्रफल अनुसारको जग्गा फिल्डमा छ छैन यकिन गर्ने ।

२) मोठ, श्रेस्ता कायम छ छैन र जग्गा रोक्का छ छैन यकिन हुनुपर्छ । जग्गा कुन व्यहोराले जग्गाधनीको स्वामित्वमा आएको हो ? सरकारी एवं सार्वजनिक र अरु व्यक्तिको जग्गा घुसेको छ छैन ? घरजग्गा धनी एकिन गर्ने र अधिकृत वारेसनामाबाट लिखत पारित गर्ने भए सोको आधिकारिकता यकिन गर्ने ।

३) अंशियार वा हकवाला छन् छैनन्, यदि भए साक्षी राख्‍ने ।

४) घर–टहराको समेत स्वामित्व हस्तान्तरण हुने हो भने सोको व्यहोरा लिखतमा स्पष्‍ट खुलाउने ।

५) प्लटिङ गरिएको जग्गा भए डेभलपरले स्वीकृति लिए–नलिएको र मापदण्ड अनुरुप छ छैन एकिन गर्ने ।

६) लिखतमा वास्तविक कारोबार मूल्य लेख्‍ने ।

७) लिखतमा लेखिएको व्यहोरा राम्ररी अध्ययन गरी कार्यालयको कर्मचारीको रोहवरमा मात्र सहि छाप गर्ने ।

८) रजिष्‍ट्रेसन दस्तुर, सेवा शुल्क, पुँजीगत लाभकर लगायतका दस्तुर बैंक वा सम्बन्धित कर्मचारीलाई बुझाई रसिद अनिवार्य रुपमा लिने र सुरक्षित राख्‍ने ।

९) आर्थिक कारोबार बैंकमार्फत गर्ने ।

१०) लिखत लेख्दा र पारित भएपछि पुर्जा लिँदा जग्गाधनी पूर्जामा आफ्नो नाम, थर, वतन र घरजग्गाको विवरण ठिक छ छैन हेर्ने ।

18/06/2023

We are ready for the program….

Want your business to be the top-listed Realtor/realty Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


GairiDhara Road
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00