Ram Rajya
the page of new nepal
01/12/2025
#जनफौज’ निर्माण आवश्यक
२०८२ मंसिर १५ गते विराटनगरमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देशसभामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको स्वाधीनता रक्षाका लागि ‘जनफौज’ निर्माण आवश्यक भएको बताउनुभएको छ ।
‘देश अहिले पनि संकटमुक्त भइनसकेको दाबी गर्दै नेपाली जनताले नै राष्ट्रिय सुरक्षा गर्नुपर्ने’ बताउनुभयो ।
उहाँका अनुसार जेन–जी आन्दोलनका बेला केही घण्टामै देश राज्यविहीनताको अवस्थामा पुगेको थियो र दुई दिनसम्म “नेपाल रहेर नै नहरहने” अवस्था सिर्जना भएको थियो। सुरक्षा निकायको सीमित क्षमता उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, ‘हाम्रो सेना मात्रले देशको रक्षा गर्न सक्ने स्थिति छैन, आवश्यकता परे देशका तीन करोड नेपाली नै फौज बन्न तयार हुनुपर्छ।’
प्रचण्डले जनशक्ति नै सबैभन्दा ठूलो शक्ति हुने र जनताको तागतले मात्र साम्राज्यवादी शक्तिलाई पराजित गर्न सकिने दाबी गर्नुभयो ।
प्रचण्डले कम्युनिस्ट पार्टीहरूको अहिलेको एकतालाई ऐतिहासिक उपलब्धि बताउँदै यसलाई हल्का रूपमा नलिन आग्रह गर्नुभयो ।
‘विगतमा जस्तै फुट–एकता होइन, रूपान्तरणपछि आएको स्थायी एकता हो। अब पुरानो तरिकाले होइन, नयाँ शैलीमा अघि बढ्छौँ,’ एकताबारेमा जनसमुदायलाई आश्वस्त पार्दै उहाँले भन्नुभयो ।
02/11/2025
#कुलमानको काम
विगत चार दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ । आइतबार सहरी विकास मन्त्री कुलमान घिसिङसहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिलाई स्थानीयको माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न दिने सहमति भएको छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu
44600