Kalika Media

Kalika Media

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kalika Media, Media/News Company, Kathmandu.

29/05/2026

प्रचण्ड ले दिनु भयो गणतन्त्र दिवशको शुभकामना !

28/05/2026

विदेशमा भएका नेपालीहरुलाई स्वदेश फर्किन सभामुखको आग्रह

सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहनु भएका नेपालीहरुलाई स्वदेश फर्कने आग्रह गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले उक्त धारण राखेका हुन् ।
#सभामुख

Photos from Kalika Media's post 28/05/2026

काठमाडौं । हिमानी राज्य लक्ष्मी देवी शाहले बिहीबार राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन भ्रमण गर्नुभएको छ । केन्द्र पुग्नुभएकी युवराज्ञी हिमानीलाई केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले सम्मानका साथ स्वागत गर्नुभएको थियो ।

भ्रमणका क्रममा युवराज्ञी हिमानीले केन्द्रद्वारा सञ्चालन भइरहेका प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी गतिविधिबारे जानकारी लिनुभएको थियो । उहाँले नेपाली युवाहरूको सीप, सिर्जनशीलता र स्वदेशमै सम्भावनाको खोजी गर्ने प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता संस्थाले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको बताइएको छ ।

अवलोकनका क्रममा महावीर पुनले केन्द्रले सीमित स्रोत–साधनका बाबजुद स्वदेशी प्रविधि विकास, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित निरन्तर काम गरिरहेको जानकारी गराउनुभएको थियो ।

युवराज्ञी हिमानीको भ्रमणलाई नेपाली नवप्रवर्तन र अनुसन्धान क्षेत्रप्रति देखिएको सकारात्मक चासोका रूपमा समेत हेरिएको छ ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu