EduDepth
शैक्षिक जगतको सम्पुर्ण अपडेटको लागि हामीसँग जोडिनुहोस ll
#सञ्चार सम्बन्धि जानकारी
=================
#. गिद्देप्रेसको स्थापना बि. सं. -> १९०८
#. सुधासागरको प्रकाशन -> बि. सं १९५५
#. आवाज पत्रिकाको प्रकाशन -> बि. सं २००७ फागुन, ८
#. रेडियोनेपालको स्थापना बि. सं २००७ चैत्र, २०
#. रेडियो नेपालबाट हाल प्रसारित भाषा -> २० भाषा
#. FM रेडियोको सुरूवात -> बि. सं २०५२
#. नेपाल दुरसंचार संस्थानको स्थापना -> बि. सं २०३२
#. नेपाल टेलिभिजनको स्थापना -> बि. सं २०४१ माघ, १७
#. कान्तिपुर दैनिकको सुरू -> बि. सं २०४९ फागुन, ७
#. कान्तिपुर FM को प्रसारण सुरू -> बि. सं २०५५
#. ADSL फोन सेवा सुरू -> बि. सं २०५६
#. सेलुलर मोबाइल सेवा सुरू -> बि. सं २०५६
#. प्रिपेड मोबाइल सेवा सुरू -> बि. सं २०६० भाद्र, ६
#. इन्टरनेटको सुरुवात -> सन १९९३
#. BBC नेपाली सञ्चालन -> सन १९६७ जुन, ७
#. विश्वमा समाचारपत्रको सुरू -> चिन
#. Telecome ले मोबाइल सेवा सुरू -> बि. सं २०५६ बैशाख
#. भारतमा मोबाइल सेवा सुरू -> सन १९५५ (कलकत्ता)
#. भित्तेपात्रोको प्रचलन -> ईजिप्ट
#. विश्वमा सबैभन्दा बढी टेलिफोन प्रयोग -> स्वीडेन
#. विश्वमा पहिलो देवनागरी कम्प्युटर बनाउने -> मूनिबहादुर शाक्य
#. नेपालमा पहिलो ईमेल प्रयोगकर्ता -> भरतदत्त कोईराला
#. OMR -> Optical Mark Reader
#. १ विद्यार्थी १ ल्यापटप कार्यक्रम -> मुस्ताङ
#. डिजास्टर रिकभरी सेन्टर -> हेटौंडा, मकवानपुर
#. IT Park रहेको स्थान -> बनेपा, काभ्रे
१. गोरखापत्र सम्बन्धि जानकारी
=====================
#. गोरखापत्र स्थापना -> बि. सं १९५८ वैशाख, २४
#. साताको २ पटक प्रकाशित -> बि. सं २००० असोज, १८
#. साताको ३ पटक प्रकाशित -> बि. सं २००३ पौष, ८
#. दैनिक प्रकासन -> बि. सं २०१७ फागुन, ७
#. रंगिन प्रकाशन -> बि. सं २०५९ असार, १०
#. बहुभाषामा प्रकाशित -> बि. सं २०६४ असोज, १
२. हुलाक सम्बन्धि जानकारी
===================
#. हुलाक टिकटका जन्मदाता -> सर रोल्याण्ड हिल
#. विश्वमा पहिलो हुलाक टिकट -> पेन्नी ब्ल्याक
#. चिठीमा टिकट टास्ने चलनको सुरुवात -> बेलायत
#. हुलाक टिकटको संकलन -> फिलाटेली
#. विश्व हुलाक दिवश -> Oct, 9
#. नेपालमा हुलाक टिकट सुरूवात -> बि. सं १९३८
#. हुलाक स्थापना -> बि. सं १९३५
#. नेपालको हुलाक संग्रहालय -> राष्ट्रिय संग्रालय
#. नेपालको हुलाक संग्रहालय स्थापना -> बि. सं २०६१
==========शेयर गर्नूहोला=========
सरकारले प्राथमिक तहमा बढी भएको २० हजार शिक्षक दरबन्दी निम्न माध्यमिक र माध्यमिक तहमा रूपान्तरण गर्ने तयारी सुरु गरेको छ।
सुमना श्रेष्ठको
रास्वपाबाट राजिनामा
13/09/2025
एक ऐतिहासिक क्षण, शीतल निवास
२०८२ भदौ २७
#रासस
थाहा पाउनुहोस सिंहदरबारको इतिहास -१५ बुदामा
१. आजभन्दा ११७ वर्ष अघि अर्थात् सन् १९०८ (वि.सं. १९६५) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सिंहदरबारको निर्माण सुरु गरेका थिए ।
२. करिब एक वर्ष भित्रमा नै निर्माण सम्पन्न भएको बताइने यो दरबार सुरुमा चन्द्र शमशेरले आफ्नो निजी घरका रूपमा बनाएका थिए । २९ वर्षे शासनकालमा उनी २८ वर्षसम्म यहीँ बसेका थिए ।
३. वि.सं.१९८२ वैशाख १ मा प्रधानमन्त्री चन्द्र शमशेरले यही दरबारबाट दासप्रथा उन्मूलनका लागि ऐतिहासिक घोषणा गरेका थिए ।
४. युरोपेली शैलीमा बनाइएको यस दरबारको प्रवेशद्वारमा रहेका सिंहका दुई मूर्तिहरू छन् । यसै कारण यसको नाम सिंहदरबार रहन गएको हो ।
५. सिंहदरबारको डिजाइन कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए । यसको वास्तुकलालाई आजको दिनसम्म पनि निकै रोचक मान्ने गरिन्छ ।
६. डिजाइनहरूले सिहंदरबारको डिजाइन गर्न पल्लादियन, कोरिन्थियन, नियोक्लासिकल मेन्सन र बारोक जस्ता यूरोपेली वास्तुकलाका विभिन्न शैलीहरूबाट ‘रिफ्रेन्स’ लिएका थिए।
७. दरबारको निर्माण पूरा भएपछि चन्द्र शमशेरले यो भवन प्रधानमन्त्रीको सरकारी आवासको रूपमा २ करोड नेपाली रुपैयाँमा नेपाल सरकारलाई बेचेका थिए ।
८. वि.सं.१९८६ मङ्सिरमा उनको मृत्युपछि पद्म शमशेर बाहेक (जो आफ्नै ठूलो दरबारमा बस्थे) अन्य राणा प्रधानमन्त्रीहरूको सरकारी आवासको रूपमा यसलाई प्रयोग गरिएको थियो ।
९. सिंहदरबारमा बस्ने अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर थिए । २००७ सालमा राणा शासनको अन्त्य भएपछि पनि उनी यहीँ बस्थे । २००९ सालमा उनलाई दरबार छोड्न आदेश दिइएपछि यसलाई राष्ट्रिय सम्पत्ति बनाइएको थियो ।
१०. २०३० सालमा आगलागी हुनुअघि सिंहदरबारमा ८ वटा चोक र १७०० कोठाहरू थिए, जसमा सिङ्गमरमरको भुइँ, चित्र कोरिएका छत, चाँदीका फर्निचर र क्रिस्टलका बत्तीहरू थिए ।
११. दरबारको सबैभन्दा ठूलो र भव्य रूपमा सजाइएको कोठाको नाम ‘द स्टेट हल’ राखिएको थियो । त्यो हलमा विदेशी आयातित कलाका सामग्रीहरूले सजाइएको थियो । जसमा काँचका क्रिस्टलको झूमर, बेल्जियमका ऐना, इङ्गल्यान्डका रंगीन काँचका ढोका र इटालियन सिङ्गमरमर जस्ता सामग्री थिए ।
१२. निर्माणको अलि पछि जुद्ध शमशेरले विदेशी पाहुनाहरूसँग भेटघाट गर्नका लागि ग्यालरी बैठक बनाएका थिए । त्यो समयमा मित्र राष्ट्रका राजदूतहरूले हनुमान ढोकामा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्ने गर्थे । पछि त्यही ग्यालरी बैठकलाई संसद भवनको रूपमा प्रयोग गरिएको थियो ।
१३. २५ असार २०३० मा सिंहदरबारमा ‘विद्युत् सर्ट’ भएर आगलागी भयो । त्यस घटनाका कारण मानवीय क्षति भएन । तर परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भएको थियो । अनि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी बिष्टले ‘आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको’ भनेर राजीनामा दिएका थिए ।
१४. आगलागीपछि सिंहदरबारको बाँकी रहेका भागहरूको पुनर्निर्माण र ध्वस्त भएका भागहरूको पुनःनिर्माण गरिएको थियो । त्यसबेला पहिलेका मूल वास्तुकलालाई सकेसम्म बिउताने प्रयास गरिएको थियो । तर, केही मौलिक संरचना र सजावटहरू भने गुमेका थिए ।
१५. राणा शासन विरुद्ध लडेका दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाललाई मृत्युदण्ड दिने फैसला जुद्ध शमशेरले यसै दरबारबाट सुनाएका थिए । त्यसका लागि त्यहाँ विशेष अदालत गठन गरी उनीहरूको मृत्युदण्डको फैसला गरिएको थियो ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
3637