AECAN
सक्रिय शैक्षिक परामर्श संघ, नेपाल
(Active Educational Consultancy Association of Nepal)
17/05/2026
प्रेस विज्ञप्ति
विषय: शैक्षिक परामर्श क्षेत्रमा भइरहेको अनुगमन बारे (AECAN) को आधिकारिक धारणा।
सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (AECAN) जापानलाई गन्तव्य मुलुक बनाएर परामर्श दिने शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन हो। हालैका दिनहरूमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा अन्य सुरक्षा र प्रशासनिक निकायहरूबाट विभिन्न शैक्षिक परामर्श संस्थाहरूमा भइरहेको अनुगमन, छापा तथा अनुसन्धानप्रति सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (AECAN) को गम्भीर ध्यानाकर्षण भएको छ।
AECAN स्पष्ट रूपमा शिक्षा क्षेत्रको नाममा हुने ठगी, नक्कली कागजात प्रयोग तथा अवैध आर्थिक कारोबारको विरोध गर्दै दोषीमाथि कानुन बमोजिम कडा कारबाही हुनुपर्ने धारणा राख्दछ। तर, केही व्यक्ति वा संस्थाको गल्तीका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्ने, मिडिया ट्रायल गर्ने तथा प्रमाण नजुट्दै संस्थाहरूको नाम सार्वजनिक गर्ने कार्यप्रति संघले आपत्ति जनाएको छ।
शैक्षिक परामर्श क्षेत्रले देशमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्नुका साथै विदेशी मुद्रा आर्जन र मानव पूँजी विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
संघले प्रशासनिक त्रुटि, नीतिगत अस्पष्टता र नियतपूर्वक गरिने आपराधिक गतिविधिबीच स्पष्ट कानुनी वर्गीकरण गरी तथ्यमा आधारित, संवेदनशील र न्यायपूर्ण ढंगले अनुसन्धान तथा कारबाही अगाडि बढाउन नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित निकायसँग आग्रह गर्दछ।
AECAN विधिको शासन, उपभोक्ता संरक्षण तथा विद्यार्थी हितप्रति सदैव प्रतिबद्ध रहेको जानकारी गराउँदै सम्पूर्ण सरोकारवालासँग जिम्मेवार र समन्वयात्मक भूमिका निर्वाह गर्न अपिल गर्दछ।
भवदीय,
(दामोदर फुयाल)
महासचिव
मिति: २०८३/०२/०३
🚨 मध्यपूर्वमा रहेका नेपालीहरूका लागि अत्यन्त जरुरी सूचना !! 🇳🇵
मध्यपूर्व क्षेत्रमा पछिल्लो समय देखिएको परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ अध्ययन, रोजगारी वा अन्य कारणले बसोबास गरिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरिन्छ।
यो समय संयमता र सचेतताको हो। कृपया:
🔹 आफू बसिरहेको स्थानको सुरक्षा अवस्थाबारे नियमित जानकारी लिनुहोस्।
🔹 आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशनहरू पालना गर्नुहोस्।
🔹 भीडभाड, प्रदर्शन वा संवेदनशील क्षेत्रतर्फ अनावश्यक आवतजावत नगर्नुहोस्।
🔹 आवश्यक कागजात तथा व्यक्तिगत सामग्री सुरक्षित राख्नुहोस्।
🔹 परिवार र आफन्तसँग निरन्तर सम्पर्कमा रहनुहोस्।
नेपाल सरकार तथा सम्बन्धित निकायहरू विदेशमा रहेका नेपालीहरूको सुरक्षाका लागि सतर्क र सक्रिय छन्। कुनै असहज अवस्था आएमा ढिला नगरी नजिकको नेपाली कूटनीतिक नियोगसँग सम्पर्क राख्नुहोला।
📍 १. परराष्ट्र मन्त्रालय, काठमाडौँ
📞 Telephone: +977-9862678437
📧 E-mail: [email protected]
📍 २. नेपाली राजदूतावास, तेल अबिब, इजरायल
📞 Telephone: +972-545582077
📧 E-mail: [email protected]
📍 ३. नेपाली राजदूतावास, दोहा, कतार
📞 Telephone: +974-6621 4419
📧 E-mail: [email protected]
📍 ४. नेपाली राजदूतावास, अबुधाबी, युएई
📞 Telephone: +971508180280
📧 E-mail: [email protected]
📍 ५. नेपाली महावाणिज्यदूतावास, दुबई, युएई
📞 Telephone: +971503949304
📧 E-mail: [email protected]
📧 [email protected]
📍 ६. नेपाली राजदूतावास, कायरो, इजिप्ट
(लेबनान र जोर्डनमा रहनुभएका नेपालीहरूका लागि समेत)
📞 Phone: +20 103 1919965
📱 WhatsApp: +977 9849637773
📧 E-mail: [email protected]
📍 ७. अवैतनिक नेपाली वाणिज्य दूतावास, बेरुत, लेबनान
(लेबनानमा रहेका नेपालीहरूका लागि)
📞 Phone: +961 1 875 591/592
📱 WhatsApp: +961 3301 181
📧 E-mail: [email protected]
📍 ८. नेपाली राजदूतावास, कुवेत
(कुवेत र इराकमा रहेका नेपालीहरूका लागि)
📱 WhatsApp: +96561008956
📧 E-mail: [email protected]
सतर्क, सचेत र सुरक्षित रहनुहोला।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Adwait Marg, Bagbazar
Kathmandu
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |