SARC JIE ASIA
Masters Your Business
07/08/2025
JIE Schools Asia proudly announces another successful collaboration with Tej Bahadur Nepal in Nepal to expanding franchise opportunities and delivering international quality education. This partnership reflects our commitment to academic excellence, innovation and empowering communities through world class educational practices that nurture future leaders and foster global competitiveness. Join us in shaping tomorrow’s success stories.
Teju Nepal 🤝 JIE Pre School franchise
29/03/2023
आज चैते दशै,
चैत दशै पनि असोज कार्तिकमा पर्ने बिजय दशैको एउटा प्रतिबिम्ब दशै हो। पुराना कथनहरुको अनुसार पहिले मुख्य दशै अर्थात बिजय दशमी चैतमा मनाउने गरिन्थ्यो तर उक्त समयमा मौसमी परिवर्तन संगै सुख्खा भएर खडेरी पर्ने र खानपानमा समस्याका साथै हिडडुलमा समस्या भइ धेरै जना बिरामी पर्न गएको हुनाले यस् दशै लाइ बर्षको मध्य भागमा अर्थात् असोज कार्तिकमा मनाउन थालिएको धार्मिक मान्यता छ । आजकै दिन भगवान श्री राम 14 बर्षको बनबास सकेर अयोध्या प्रसथान गर्नुभएको भन्ने धर्मिक ग्रन्थमा उल्लेख छ ।
15/01/2023
आज माघ महिनाको पहिलो दिन माघे सन्क्रान्ती अर्थात् आजको दिनलाई मकर सङ्क्रान्ती पनि भनिन्छ । माघे सङ्क्रान्तीमा "पुषमा पाक्य माघमा खाक्य" भन्ने गरिन्छ, जस्को अर्थ पुषको अन्तिम दिन राती पकाएर माघको पहिलो दिन बिहान् बगेको नदिमा स्नान गरि अघिल्लो दिन राती बनाएको खिचडी , तिलको लड्डु, चाकु, सेलरोटी , सकरखण्ड, तरुल , आलु जस्ता विभिन्न खानेकुरा खाने गरिन्छ । अझ विशेषगरि थारू सम्प्रदायमा यो पर्व माघी पर्वको रुपमा धुमधाम मनाउने प्रचलन छ । आजकै दिन बाट विभिन्न धार्मिक स्थलहरुमा मेलाहरु पनि लाग्ने गर्दछ जस्लाइ मकर मेला पनि भनिन्छ । हिन्दु धर्म अनुसार आजको दिन बाट सुर्यले आफ्नो स्थितिमा परिवर्तन गर्ने गर्दछ जसलाई उत्तरायण आरम्भ पनि भनिन्छ । आजकै दिन बाट दिन लामो र रात छोटो हुन सुरु हुन्छ भन्ने धर्मिक बिश्वास रहेको छ ।
माघे सङ्क्रान्तीको सबैलाई शुभकामना 🙏
06/01/2023
आज श्री स्वस्थानी व्रत कथा को आरम्भ भएको छ । आज को दिन अर्थात पोष शुक्ल पुर्णिामा बाट माघ शुक्ल पुर्णिामा सम्म एक चित्त भइ एक भक्त रहि दिनको मध्याह्नकालमा श्री महादेव को पुजा आरधाना गरि बेलुका श्री स्वस्तानी देवी को कथा भन्ने गरिन्छ । र साथै आज देखि साली नदिमा गएर स्नान गरि नदि को तटमा बालुको शिवलिङ्ग बनाइ पूजा गर्ने प्रचलन रहेको छ ।
श्री स्वस्तानी व्रतकथा आरम्भको सबैलाई शुभकामना र
श्री स्वस्थानीदेवीले हामी सबैको कल्याण गरून् 🙏🙏
SARC Education Foundation playing a crucial role to Develop Practical learning and a Future Path for the Students of Nepal.
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Kathmandu
44107