Kitab Jatra
Kitab Jatra is an annual event of Kitab Yatra Foundation that symbolize & exemplifies the scenario of reading culture in Nepal.
01/06/2026
अमेरिकामा पहिलो 'किताब जात्रा' सम्पन्न
आज अमेरिकाको नर्थ क्यारोलाइना राज्यको क्यारी शहरमा “किताब जात्रा यूएसए” को पहिलो संस्करण भव्य रूपमा सम्पन्न भएको छ। नेपाली भाषा, साहित्य र पुस्तक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा साहित्यप्रेमी, लेखक तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य नर्थ क्यारोलाइना नेपाली लिटरेचर सोसाइटी, अनेसास' का उपाध्यक्ष विक्रम गौतम तथा 'नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना'का अध्यक्ष ददिन पाण्डेले राखेका थिए। कार्यक्रम संचालन डा. ऋषि बास्ताकोटीले गरेका थिए।
दीप प्रज्वलन वरिष्ठ साहित्यकार नीलम कार्की निहारिकाद्वारा सम्पन्न गरिएको थियो भने कार्यक्रम सञ्चालन आकर्षक ढंगले गरिएको थियो।
“किताब जात्रा” का फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले किताब जात्राको उद्देश्य, नेपाली पुस्तक बजारको वर्तमान अवस्था तथा विश्वभर नेपाली साहित्य विस्तार गर्ने अभियानबारे प्रकाश पारेका थिए।
कार्यक्रममा लेखक सालिक दाहालको "द अनफिनिस्ड सेल्फ" पुस्तक विमोचन गरिएको थियो।
वरिष्ठ साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो नयाँ कृति “राजमाता” लेखन अनुभवबारे विशेष मन्तव्य व्यक्त गर्दै साहित्य सिर्जनाका विविध पक्षहरू साझा गरेकी थिइन्।
त्यसैगरी, नेपाली साहित्यको इतिहासबारे प्रमुख वक्ताका रूपमा सुरेश भट्टले विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए।
समापन सत्रमा उमा शर्मा, शरद पराशर मर्हठ्ठा, नम्रता गुरागाई, शिव पलाँँस, पारु तिमल्सिना, ऋषि बास्तकोटी, राधा पौडेल, प्रभा पोखरेल, राजन पौडेल लगायत कविहरुले कविता वाचन पनि गरेका थिए।
Click here to claim your Sponsored Listing.
Category
Contact the establishment
Telephone
Address
Kitab Yatra Foundation, Adarsa Marg/1
Kathmandu
Opening Hours
| Monday | 09:30 - 17:00 |
| Tuesday | 09:30 - 18:00 |
| Wednesday | 09:30 - 18:00 |
| Thursday | 09:30 - 18:00 |
| Friday | 09:30 - 18:00 |
| Sunday | 09:30 - 18:00 |