Technologic CP
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Technologic CP, Digital creator, Basundhara, Kathmandu.
01/10/2023
•कसरी देखिदैछन फेसबुकमा जताततै निलो टिक ??
फेसबुकले meta verified ल्याए सङ्गै तपाइहरुले फेसबुकमा निलो टिक भएका verified प्रोफाइलहरुको ताती देख्नु भएको होला । के हो मेटा भेरिफाइ ?? कस्ले पाउछ ?? कसरी लिने ??
1 के हो मेटा भेरिफाइ ??- मेटा भेरिफाइ फेसबुले आधिकारिक रुपमै लन्च गरेको स्किम हो , जसमा प्रयोगकर्ताले मासिक 8$ (1066 नेपाली रुपैयाँ ) तिरेर लिन सक्नु हुन्छ , जसले गर्दा तपाइको प्रोफाइले भेरिफाइड निलो टिक पाउने गर्छ ।
2 -कस्ले पाउने ? - फेसबुकले निसुल्क दिने टिक सिलिब्रेटी , राजनेता अथवा अन्य बहुचर्चित व्याक्तीहरुले पाउने गर्थे भने , मेटा भेरिफाइ भने जो कसैले पनि लिन मिल्छ ।
3 - सेलिब्रेटीले पाउने टिक र मेटा भेरिफाइ बाट पाउने टिक एउटै हो त ?? - हैन , फेसबुकले सेलिब्रेटिलाइ दिने टिक निसुल्क र लाइफ टाइम हुन्छ भने मेटा भेरिफाइ भने ससुल्क हुन्छ जस्मा मासिक 8$ मेटालाइ बुझाउनु पर्ने हुन्छ , यदि पैसा बुझाइएन भने टिक हट्ने गर्दछ ।
फेसबुकले आधिकारिक्ता हेरेर दिने टिक पाउन निकै मुस्किल पनि छ जस्मा फेसबुकले थुप्रै कुरामा ध्यान दिएर मात्रै पेज अथवा प्रोफाइललाई टिक दिएको हुन्छ । जस्तै: निजको बारेमा मिडियामा आएका समाचार , फलोवर , खाताको सक्रियता आदि ।
अर्को ठूलो फरक भने निसुल्क टिक दिएको खातामा कुनै पनि प्रतिबन्ध हुदैन र मेटा भेरिफाइमा भने विभिन्न प्रतिबन्ध लगाइएको हुन्छ , जस्तै - महिनामा एकपटक मात्रै प्रोफाइल फोटो परिवर्तन गर्न मिल्ने (जस्लाइ मेटाले approve गर्ने गर्छ ) , खातामा नाम अथवा username परिवर्तन गर्न नमिल्ने ।
4 - सेलिब्रेट टिक कसरी पाउने ? - सेलिब्रेटी टिक पाउनका लागि आवेदन दिनु अघि बुझ्नुपर्ने कुराहरु :- यो टिक फेसबुकले तमाम दायराहरु हेरेर दिने गर्दछ जस्मा , राष्ट्रिय मिडियामा आएका समाचार , पेज/प्रोफाइलेको सक्रियता , पेजमा भएका फलोवर , र गुगलमा हजुर्को नामबाट आउने परिणाम आदि पर्दछन । यदि यो सबैकुरा तपाइँ सङ्ग छन भने तपाइले https://www.facebook.com/help/contact/295038365360854 मा गएर आवेदनमा मागे अनुसारको जानकारीहरु दिएर भेरिफिकेसन प्राप्त गर्न सक्नुहुन्छ , सो आवेदन बुझाएको 1-48 घन्टा भित्र तपाइलाइ फेसबुकले मेल र नोटिफिकेसन मार्फत आवेदन स्वीकृत भएको व नभएको बताउने गर्दछ साथै आवेदन स्वीकृत नभएको खण्डमा निजले ३० दिन पछि पिन आवेदन बुझाउन मिल्ने गर्दछ ।
5 - मेटा भेरिफाइ कसरी पाउने ? - फेसबुकले आधिकारिक रुपमै धेरै जसो देशमा यो सेवा दिए पनि नेपालका भने सबै प्रोफाइलमा आइसकेको छैन । सो सेवा लिन आफ्नो प्रोफाइलमा गएर 3 डटमा गएर "Meta verified" विकल्पमा गएर दिएको निर्देशन अनुसार $8 बुझाएर साथै आफ्नो नागरिक्ता वा पासपोर्टको कपि बुझाएर सदस्यता लिन सकिन्छ , र यदि तपाइको प्रोफाइलमा यो विकल्प छैन भने तपाइको प्रोफाइल बाहिर देशबाट केही दिन संचालन गर्ने हो भने यो विकल्प उपलब्ध हुने गर्छ । मेटा भेरिफाइको बारेमा थप - https://facebook.com/help/1206202490291214/
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Address
Basundhara
Kathmandu
44600