Swasthya Plus
Order prescribed,over the counter drugs and medical devices online, free home delivery with in 24 ho
30/09/2017
On the auspicious occasion of Vijaya Dashami May goddess Durga Bhawani bless all our relatives and friends with joy, happiness and success!!!!
- Swasthaplus Family
ड्राइ फ्रुट कति स्वस्थकर ?
हरिया र रसिला फलफूल देख्दा जति आकर्षक हुन्छन्, स्वास्थ्यको दृष्टिले उत्तिकै पोषिला पनि हुन्छन् भनेर हामीलाई थाहा भएकै कुरा हो । त्यसको तुलनामा ड्राइ फ्रुट (सुक्खा फलफूल) को महत्व पनि कम छैन । चाउरी परेका ड्राइ फुट ताजा फलफूलको तुलनामा बढी पोषणयुक्त हुन्छन्।
हामी चर्चा गर्दै छौं, काजु, किसमिस, पिस्ता बदाम, कागजी बदाम र छोकडा जस्ता सुख्खा फलफूलको । यी फलफूलको बढी पौष्टिक हुनुको कारण के हो भने, पानी सुकेपछि ती फलफूलमा फाइबर र पोषक तत्व अझ घना हुन्छन् ।
ताजा आरुमा जम्मा १.६ ग्राम मात्र फाइबर पाइन्छ भने आधा कप सुख्खा आरुमा ४.७ ग्राम फाइबर हुन्छ । सुख्खा फलफूलमा प्रचुर मात्रामा एन्टी अक्सिडेन्ट र भिटामिन बी फोलेट पनि पाइन्छ ।
१३ हजार जनाभन्दा बढीलाई समेटेर महामारी सम्बन्धी एउटा ठूलो अध्ययन गरिएको थियो, जसले सुख्खा फलफूल नखानेका तुलनामा खानेहरूले प्रचुर मात्रामा पोषण पाउने र वजन समेत नबढ्ने निष्कर्ष निकालेको थियो ।
ड्राइ फ्रुट खेलाडीहरुको लागि त झनै उपयोगी मानिन्छ । यसमा नेचुरल सुगर (प्राकृतिक चिनी) को मात्रा धेरै हुन्छ, जसले आवश्यक पर्दा तत्कालै मांसपेशीलाई ऊर्जा दिन्छ।
तर, यो प्राकृतिक चिनी कार्बोहाइड्रेट र क्यालोरी धेरै लिन नहुने वा हिसाब गरेर मात्र उपभोग गर्नेका लागि भने पोषण बढी पनि हुनसक्छ । जस्तो कि एक कप अंगुरमा २३ ग्राम सुगर र १ सय ४ ग्राम क्यालोरी हुन्छ । तर, एक कप मुनक्कामा १ सय १६ ग्राम सुगर र ५ सय २० ग्राम क्यालोरी हुन्छ।
युएस डाएटरी गाइडलाइन्सले दैनिक डेढ कपदेखि दुई कपसम्म फलफूल खान सुझाव दिएको छ, यसमध्ये आधा कप सुख्खा फलफूललाई एक कप ताजा फलफूल बराबर मानिएको छ।
मधुमेह रोगीका लागि भने सुख्खा फलफूल खाने तरिका केही फरक हुन्छ।
‘अधिकांश पोषणविद्ले मधुमेहका बिरामीका लागि २ चम्चा (करिब १५ ग्राम) सुख्खा फलफूललाई एक पटकको कार्बोहाइड्रेटयुक्त भोजन मान्न सुझाउने गरेका छन्,’ पोषणविद् तथा मधुमेह एजुकेटर लोरी जानिनी भन्छिन्।
जस्तैः २ चम्चा मुनक्का १५ ग्राम कार्बोहाइड्रेट बराबर हुन्छ । तर, त्यति नै मात्रामा कार्बोहाइड्रेट पाउन आधा कप अंगुर खानुपर्ने लोरीको भनाइ छ । यति कार्बोहाइड्रेटका लागि आधा बेलायती खरबुजा (१८ ग्राम कार्बोहाइड्रेट) खानुपर्छ।
समग्रमा सुख्खा फलफूल पोषणयुक्त, सुविधाजनक र बोक्न सजिलो खाजा हो । अझ यसलाई विभिन्न किसिमका बदामसँग मिसाएर खाए अझ वेश हुन्छ।
तर, कतिपय सुख्खा फलफूलमा कृत्रिम चिनीको मात्रा थपिने तथा चिनीको लेपन हुनाले सुख्खा क्रेनबेरी, सुख्खा भुइँकटहर खाँदा भने केही सचेत हुन आवश्यक छ । त्यस्तै, सल्फाइटको एलर्जी भएका वा दमका बिरामीले भने सल्फर डाइअक्साइड नभएका अर्गानिक सुख्खा फलफूल खानु वेश हुन्छ।
हिलोले खाने रोग ‘फंगस’ के हो र कसरी बच्ने ?
- डा सविना भट्टराई
सामान्यतया सरसफाइमा ध्यान नदिँदा, शरीर गुम्स्याएर राख्दा र पानीमा धेरै खेल्दा फंगस रोग लाग्छ । छालाको यो समस्यालाई हिलोले खाने वा ढुसी पनि भनिन्छ।
यो समस्या खासगरी ‘क्यान्डिडा’ नामक एक प्रकारको फंगस (ढुसी) को कारण हुन्छ । फंगस भएमा हात र खुट्टाको औँलाको कापमा चिलाउने, रातो हुने र छालाको पत्र उप्किने, दुबी जस्तो सेतो दाग देखिने र फोका उठ्ने, टाउकोमा घाउ भएर कपाल झर्ने जस्ता समस्या देखिन्छन्।
कतिपयलाई हिलोले यति गम्भीर असर पार्छ, खुुट्टाको औंला नै छिन्ला जस्तो हुन्छ । हत्केला र पैताला हिलो र पानीको सम्पर्कमा निरन्तर आइरहँदा औंलाका काप चिरिने गरी असर देखिन्छ । यो रोग जोर्नी हुने ठाउँमा पनि देखिन्छ।
हिलोले खाने समस्याको उपचारका लागि हामीमध्ये कतिपयले घरेलु औषधिको प्रयोग गर्छौं । एलर्जी भएको भनेर जस्तो पायो त्यस्तै औषधि प्रयोग गरेमा रोगले थप जटिल स्वरुप लिन सक्छ । जसका कारण डाक्टरले रोग पहिचान गर्न गाह्रो हुन्छ भने उपचार गर्न पनि धेरै समय लाग्छ।
यसैले समयमै चिकित्सकको सल्लाह लिएर उपचार नगरे हिलोले खाएर कहिलेकाहीँ ठूलै समस्याको रुप पनि लिन सक्छ।
हिलोले किन खान्छ ?
हात–खुट्टाको औंलालाई मुलायम र सुरक्षित बनाइराख्न सामान्य अवस्थामा छालामुनिको तैलीय ग्रन्थिले चिल्लो पदार्थ उत्पादन गर्छ । तर, लामो समय पानी र हिलोको सम्पर्कमा रहँदा छालाको चिल्लो पदार्थ निस्किने क्रममा कमी ल्याउँछ र छाला ओसिएर चाउरिन्छ।
यस्तो अवस्थामा छालाको छेकबारयुक्त क्षमतामा कमी आएर फंगस एवं ब्याक्टेरियाले सजिलै आक्रमण गर्छ । फलस्वरुप हिलोले खानुका साथै औंलाको कापमा कालो दाग आउँछ।
यो समस्या प्रायः खेती–किसानी गर्नेहरुमा बढी देखिन्छ । सामान्यतया खुट्टाको तेस्रो र चौथो औंलाको कापमा बढी प्रभाव पार्छ । कहिलेकाहीँ हातमा पनि हिलोले खान सक्छ । एकचोटि नियन्त्रणमा आइसकेको समस्या बारम्बार हिलोमा जाँदा र पानीमा खेल्दा फेरि बल्झन सक्छ।
कतिपय अवस्थामा फंगस औंलाको काप हुँदै नङमा सर्ने सम्भावना पनि हुन्छ । जसले गर्दा नङ बिग्रिन्छ र कुहिएर झर्न पनि सक्छ । नङमा भएको संक्रमणको उपचार गर्न झन्झटिलो हुन्छ र लामो समय लाग्छ । त्यसैले नङमा फैलिनु अगावै उपचार गराइहाल्नुपर्छ।
कतिपय मानिस हिलोले खाने समस्यालाई रोगको रुपमा लिँदैनन् । उपचार गर्न अटेरी गर्छन् र चिकित्सकको सल्लाह बिनै फार्मेसीबाट औषधि ल्याएर लगाउँछन् । तर, यही सानो कुराले पछि ठूलो समस्या निम्त्याउन सक्छ।
चप्पल, जुत्ता र मोजा लगायत साटासाट गरेर लगाउँदा यो समस्या सर्न सक्छ।
फंगस लाग्नुका कारण
प्रायः लामो समयसम्म पानी चलाउनुपर्ने काम गर्ने मानिसलाई यो रोगले बढी सताउने गर्छ । यस बाहेक धेरै पसिना आउने, जुत्ता धेरै बेरसम्म लगाइराख्ने, सुगरका बिरामीहरु र मोटोपन भएकाहरुलाई पनि यो समस्याले सताउँछ।
औंलाको काप धेरै बेरसम्म पसिना वा पानीले चिसो भइराखेमा यो रोगले सताउँछ । स्कुल जाने बच्चामा प्रायः यो रोग कपालमा आउने गर्छ । कपालमा आयो भने कपाल झर्ने समस्या हुन्छ । साना बच्चाको डाइपर लगाउने भागमा काछ लाग्ने गर्छ, त्यो नै फंगस हो । घाँटी छोटो भएका बच्चालाई पनि फंगसले दुःख दिन्छ।
फंगसका लक्षण
– चिलाउने
– छाला रातो हुने
– छालामा गोलो घेरा बन्ने
– छाला उप्किने
– पानीको फोका उठ्ने
– सेतो पाप्रा जम्ने,
– औंलाको भाग सुन्निने ।
बच्ने उपाय
– सरसफाइमा ध्यान दिने,
– अरुको चप्पल, जुत्ता, मोजा, लुगा, काइँयो सकेसम्म प्रयोग नगर्ने,
– पसिना सोस्ने खालका मोजा मात्र लगाउने,
– खुट्टा धोएपछि पुछ्ने,
– खुट्टालाई गुम्स्याएर नराख्ने,
– औंलाका कापमा पानी जम्न नदिने,
– हिलोमा काम गर्दा छालाको विशेष ख्याल गर्ने ।
Click here to claim your Sponsored Listing.
Contact the practice
Telephone
Website
Address
Baluwatar(opposite IOM)
Kathmandu
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |