Note Library

Note Library

Share

Note Library is a complete learning platform for Class 10, 11, 12 and entrance exam students.

Photos from Note Library's post 18/07/2026

Vibrant Morning shift Question 2083-04-02
Join: CEE Entrance Preparation

16/07/2026

कक्षा १२ को प्रमाणपत्रका लागि १,५०० भन्दा बढी शुल्क नलिन परीक्षा बोर्डको निर्देशन

विराटनगर, ३२ असार ।

राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, कोशी प्रदेश (विराटनगर, मोरङ) ले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूबाट प्रमाणपत्र बापत तोकिएको भन्दा बढी शुल्क नलिन सम्बन्धित विद्यालयहरूलाई कडा निर्देशन दिएको छ।

बोर्डले एक विज्ञप्ति जारी गर्दै कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको ट्रान्सक्रिप्ट (Transcript), माइग्रेसन (Migration) र प्रोभिजनल (Provisional) अर्थात् 'टि.एम.पि.' प्रमाणपत्रका लागि बोर्डद्वारा निर्धारित शुल्कभन्दा बढी रकम असुल नगर्न सचेत गराएको हो।

बोर्डका अनुसार उक्त प्रमाणपत्रहरूका लागि प्रतिविद्यार्थी रू. १,५००/- (अक्षरेपी एक हजार पाँच सय रुपैयाँ मात्र) शुल्क तोकिएको छ। तर, कतिपय विद्यालयहरूले विद्यार्थीहरूबाट तोकिएको भन्दा बढी शुल्क लिने गरेको भन्दै सरकारको जनगुनासो सुन्ने संयन्त्र 'हेलो सरकार' मा उजुरी परेपछि बोर्डले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको हो।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Kathmandu