Nepali Update

Nepali Update

Share

News and media

16/06/2026

नेकपा सांसदको माग फुटबल विश्वकप नेपाल टेलिभिजनबाट नि: शुल्क देखाओस ।

16/06/2026

मुस्ताङको उत्तरी कोरला नाका हुँदै साइमन ईंकले नेपाल भित्र्याएका बिवाइडी कम्पनीका ७७५ विद्युतीय सवारीसाधनलाई दुई सातापछि सशस्त्र प्रहरीले नियन्त्रणबाट मुक्त (फुकुवा) गरेको छ।

पैठारी प्रक्रियामा कैफियत भएको आशंकामा जोमसोम, कोरला नाका, कास्की र पर्वतमा नियन्त्रणमा लिइएका ती गाडीहरूका सम्बन्धमा अर्थ मन्त्रालयद्वारा गठित छानबिन समितिले कुनै कैफियत फेला नपारेको प्रारम्भिक निष्कर्ष निकालेपछि सशस्त्र प्रहरीले केन्द्रीय निर्देशन अनुसार ती गाडी सम्बन्धित पक्षलाई जिम्मा लगाएको हो।

भन्सार जाँचपास भएका ६४९ मध्ये अधिकांश गाडीहरू गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् भने बाँकी रहेका र भन्सार प्रक्रिया पूरा हुन छुटेका अन्य सवारीसाधनलाई पनि आवश्यक प्रक्रिया पूरा गरी गन्तव्यतर्फ लैजान अनुमति दिइएको छ।

16/06/2026

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्यसम्बन्धी सहमतिमा हस्ताक्षर भइसकेको र त्यसका विस्तृत विवरण "छिट्टै" सार्वजनिक हुने बताएका छन्।

"यसमा हस्ताक्षर भएको छ भन्न पाउँदा मलाई एकदमै खुसी लागेको छ," जी-सेभेन सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसँगको कुराकानीमा उनले भने।

अमेरिकी वरिष्ठ अधिकारीहरूले सम्झौतामा उल्लेख भएका विषयहरू खुलाउन सुरु गरेका छन्। सम्झौतामा औपचारिक हस्ताक्षर जिनिभामा भएकै दिन होर्मुज जलमार्ग पुन: खुला हुने उनीहरूले बताएका छन्।

यसै साता इरानको परमाणु कार्यक्रमबारे प्राविधिक वार्ता पनि सुरु हुने बताइएको छ। इरानमाथिका प्रतिबन्ध र उसका सम्पत्ति फुकुवा गर्ने विषय सम्झौताको पालनामा उसले देखाएको प्रतिबद्धतामा निर्भर रहने अमेरिकी अधिकारीहरूको भनाइ छ।

✅ परमाणु कार्यक्रमबारे के छ?
अमेरिकी उपराष्ट्रपति जे डी भान्सले सोमवार अमेरिकी प्रसारक सीएनएनसँग बताए अनुसार इरानसँगको सम्झौताको प्रारूप "डेढ पृष्ठ लामो" छ।

भान्सले आगामी दिनमा हुने वार्तामा थप विस्तृत विषयहरूमा काम हुने बताए।

भान्सले एउटा हरफमा इरानले "क्षेत्रीय शान्ति र स्थिरता"का लागि प्रतिबद्धता पनि जनाएको बताएका छन्। जसमा "आतङ्कवादी सङ्गठनलाई" आर्थिक सहयोग रोक्ने विषयसमेत रहेको उनको दाबी छ।

"त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ उनीहरूले परमाणु अस्त्र नबनाउने आधिकारिक प्रतिबद्धता जनाउन लागेका छन्,"भान्सले भनेका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार उक्त सम्झौतामा ट्रम्प, भान्स र इरानका सभामुख मोहम्मद बागेर गालिबाफले विद्युतीय हस्ताक्षर गरिसकेका छन्।

उनीहरूका अनुसार मङ्गलवारसम्म उक्त सम्झौताका थप विवरणहरू सार्वजनिक हुने छन्। ट्रम्पले चाहिँ शुक्रवारको हस्ताक्षर कार्यक्रमपछि सम्झौताको पूर्ण विवरण "छिट्टै" सार्वजनिक हुने बताए।

"त्यो निकै शक्तिशाली दस्ताबेज छ र म त्यसलाई सम्भवतः निकै छिटो सार्वजनिक गर्न चाहन्छु," उनले भनेका छन्।


(अन्तर्राष्ट्रिय समाचार माध्यमको सहायतामा तयार पारिएको )

15/06/2026

प्रधानमन्त्रीले बिदा पनि मनाइसक्नुभयो अब फुर्सद भए जनताका जल्दाबल्दा मुद्दामा संसदमा उपस्थित भएर स्पष्ट जवाफ दिनुहोस्।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu