Loksewa prepation
knowledge is the most powerful weapon.
07/11/2025
#सामाजिक_विकाशका_लागि दोस्रो विश्व शिखर सम्मेलन (SSWD) 2025.......
07/11/2025
🌲☘️🌿नेपाल विश्वमै सबैभन्दा बढी प्रकृतिसँग जोडिएको देशको सूचीमा पहिलो।नम्बरमा ।🌱🌲🌳🌴🍀☘️🌿🌾🌵...........................................................
सन् २०२५ मा बेलायतको डर्बी विश्वविद्यालयले गरेको अनुसन्धानमा ६१ देशमा नेपाल अगाडी छ । सबैभन्दा अन्तिममा युके छ ।
•विश्वमा सबैभन्दा बढ़ी प्रकृतिसँग जोडिएको देश कुन होला ?
हालै बेलायतको डर्बी विश्वविद्यालयका प्राध्यापकको नेतृत्वमा भएको एक अनुसन्धानमा नेपाल सबैभन्दा अगाडि रहेछ ! धार्मिक, सांस्कृतिक, आर्थिक र मनोवैज्ञानिक रूपले प्रकृतिसँगको हाम्रो सामीप्य र प्रेम विश्वकै अद्वितीय रहेछ !
हाम्रा लागि नदी देवता हुन्, तुलसी, कुश, पीपलजस्ता वनस्पति पनि देवता हुन् । पर्वत र हिमालय देवता हुन् । टाढाका चन्द्रसूर्यमात्र होइन, नजिकका ढुङ्गामाटो पनि देवता नै हुन् । सर्प, मुसा, सिंह, गरुड़ या मयूरजस्ता पशुपङ्क्षी पनि देवताका वाहन या देवता नै हुन् । किताब कुल्चिनु पाप हो, रूख रोप्नु र चौतारी चिन्नु पुण्य हो !
६१ वटा देशका ५७ हजारभन्दा बढ़ी व्यक्तिसँग गरिएको लामो अनुसन्धानले प्रकृतिसँगको मानवीय सम्बन्ध, व्यवहार र सामीप्यलाई विभिन्न कोणबाट हेरेको थियो ! ६१ मध्ये नेपाल पहिलो नम्बरमा आउँदा युरोपको स्पेन अन्तिममा परेछ ।
म बस्ने बेलायत हेर्दा त हरियै देखिन्छ तर यो पनि अन्तिमतिर पर्दो रहेछ । जापान पनि प्रकृतिसँग टाढा देखिन्न तर यो अध्ययनमा त्यो पनि पुछारतिरै रहेछ । प्रकृति भनेको रुख र हरियालीमात्रै नहोला । प्रकृतिप्रतिको सामाजिक 'एटिट्यूड' या 'कनेक्टेडनेस' हाम्रो जस्तो अन्यत्र बलियो रहेनछ ।
ग्लोबल वार्मिंग, अति शहरीकरण, प्रदूषण, क्लाइमेट चेन्ज र कृत्रिमतातिर बढ्दो यो विश्वमा यतिबेला 'प्रकृति' आफैमा महत्त्वपूर्ण विषय हो !
हामी बिजी छौं । हामीलाई यस्ता विषयमा खुशी हुने फुर्सत त खास छैन, तैपनि यही अध्ययनलाई आधार बनाएर अन्तर्राष्ट्रिय मिडियामा छापिएका समाचारमा देशको नाम अगाडि देख्दा खुशी लाग्ने रहेछ ! @ naaraya gaule
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu
977
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |