Health Information Network
The main objective is to share information and public awareness messages related to health services.
30/05/2026
नर्सिङ्गहरुको भत्ता डवल भएको छ।
30/05/2026
विश्व सुर्तीजन्य पदार्थ रहित दिवस २०२६ (World No To***co Day 2026)
"सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं; कुलतबाट टाढा बसौं, स्वस्थ जीवन रोजौं"
30/05/2026
स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीको प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि !
30/05/2026
🚭 विश्व सुर्तीजन्य पदार्थ रहित दिवस २०२६ (World No To***co Day 2026) 🚭
"सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं; कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ" 🌟
आजभोलि बजारमा परम्परागत चुरोट, खैनी, गुट्खा मात्र होइन, भेप (V**e), ई-सिगरेट (E-cigarettes), र निकोटिन पाउच (Ni****ne Pouches) जस्ता विभिन्न आकर्षक र नँया स्वरूपमा सुर्तीजन्य पदार्थहरू छन्। "कम हानिकारक" वा "धुँवारहित" भन्दै फैलाइएका यस्ता भ्रमहरूमा नपरौं। रूप नयाँ भए पनि यसले निम्त्याउने कडा लत र स्वास्थ्य जोखिम उस्तै गम्भीर छन्! ⚠️
सुर्तीजन्य पदार्थ र निकोटिनको नयाँ भ्रमबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ।
30/05/2026
स्वास्थ्य बीमा बारेमा भ्रम र यथार्थ!
30/05/2026
आर्थिक विधेयक, २०८३ अनुसार स्वास्थ्य सित सम्बधित कर छुट हुने वस्तु तथा सेवा हरु:-
29/05/2026
आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य (बजेटको पूर्णपाठ)
29/05/2026
स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः के मा कति बजेट ?
29/05/2026
कुन तहका कर्मचारीको तलब कति ?
आर्थिक वर्ष २०८३/८४ को बजेट: स्वास्थ्य क्षेत्रका मुख्य विषयहरू:
**स्वास्थ्य क्षेत्रमा रू. १०१ अर्ब ९५ करोड विनियोजन**
१) चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालू आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौँ।
२) यो बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छ। दक्ष स्वास्थ्य जनशक्ति, प्रयोगशाला, अत्यावश्यक औषधि, डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी प्रिफरल सेवा सहितका आधारभूत संस्थाहरुलाई स्वास्थ्य सेवाको प्रथम विन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएका छौँ। सरकारले निःशुल्क उपलब्ध गराउनेमध्ये कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउनेछौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउनेछौँ। सार्वजनिक-सार्वजनिक साझेदारी मोडेल अन्तर्गत सातवटै प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिनेछ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानीयोग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्नेछौँ।
३) स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनःसंरचना गर्नेछौँ। छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्यसम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाउनेछौँ। स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी तीन वर्षमा ९० प्रतिशत नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौँ। राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सडक दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौँ।
४) सुदूरपश्चिम प्रदेशको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र २०८३/८४ देखि एमबिबिएस लगायत चिकित्सा शिक्षाका चारवटा विधामा कार्यक्रम सञ्चालन गर्नेछौँ।
५) सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा रू. १०१ अर्ब ९५ करोड विनियोजन गरेको छु। यसमध्ये स्वास्थ्य बीमा कार्यक्रमका लागि रू. १५ अर्ब बजेट विनियोजन गरेको छु।
६) विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निःशुल्क औषधी लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि रू. १३ अर्ब १५ करोड विनियोजन गरेको छु।
७) रोगको बदलिँदो प्रकृति र भार एवम् लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौँ।
८) निर्माण सुरु भएका ३३६ आधारभूत अस्पताललाई आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्नेछौँ। मानव विकास सूचकाङ्क कम भएका हरेक प्रदेशका एक स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण सुरु नभएका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन पश्चात मात्र निर्माण गर्नेछौँ। आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि रू. ५ अर्ब ९० करोड विनियोजन गरेको छु।
९) स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन, प्रमाणीकरण र प्रत्यायनका लागि "राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण" स्थापना गर्नेछौँ।
१०) कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेसन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौँ।
११) सङ्घीय विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्नेछौँ। जलनको सघन उपचारको लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्नेछौँ।
१२) मधेस प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण सुरु गर्नेछौँ।
१३) बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने व्यवस्था मिलाएको छु।
१४) नागरिक स्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्नेछौँ। यस अन्तर्गत धुलिखेल सामुदायिक अस्पताल र काठमाडौँ इन्स्टिच्युट ofApp चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छु। तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गरेको छु।
१५) हाइ अल्टिच्युड सिकनेस उपचार सेवा विस्तार गर्नेछौँ। महामारी रोकथाम एवम् प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्नेछौँ।
१६) देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि, रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीहरूको गुणस्तर र नियमन सुनिश्चित गर्न "फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन" स्थापना गर्नेछौँ।
१७) सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यान्वयनमा ल्याउनेछौँ।
१८) सामुदायिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा "सुलभ फार्मेसी" सञ्चालन गर्नेछौँ। राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्नेछौँ।
१९) वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पेट् स्क्यान, साइक्लोट्रोन मेसिन खरिद तथा जडान गर्न पुँजीगत अनुदानका लागि रू. ३२ करोड विनियोजन गरेको छु।
२०) राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र, बुढानिलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर र पोखरा स्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्नेछौँ।
२१) मधेस प्रदेशस्थित नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढाउनेछौँ। कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा सुरु गर्नेछौँ।
२२) नर्सिङ कर्मचारीको रात्री ड्युटी भत्ता दोब्बर गरेको छु। महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा पचास प्रतिशतले वृद्धि गरेको छु।
२३) दलित समुदायको परम्परागत सीप संरक्षण, आय आर्जन, प्रविधि स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रुपमा दलित केन्द्रित लगानी बढाउनेछौँ। देशभरिका पाँच वर्षमुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि रू. ३ अर्ब विनियोजन गरेको छु।
२४) जेनजी आन्दोलनका सहिदको सम्मान गरिनुका साथै सहिद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकिएको छ। आन्दोलनका घाइतेका लागि निःशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौँ।
२५) अटिजम भएका बालबालिकालाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमुना विद्यालय सञ्चालन गर्नेछौँ।
२६) कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले सञ्चालन गर्ने सुरक्षण कार्यक्रमको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था मिलाउनेछौँ।
२७) निजामती कर्मचारी अस्पतालबाट बहुविशिष्टीकृत सेवा विस्तार गर्न अत्यावश्यक उपकरण जडान र भौतिक संरचना निर्माण गर्नेछौँ।
२८) चुरोटमा करिब दश प्रतिशतसम्म र मदिरा तथा वियरमा लाग्ने अन्तःशुल्कमा वृद्धि गरेको छु।
२९) अनौपचारिक क्षेत्रका श्रमिकको जीवनयापन र आधारभूत स्वास्थ्यलाई सहयोग पुग्ने गरी सहुलियत दरमा पौष्टिक खाना उपलब्ध गराउने गरी आवश्यक कार्यक्रम प्रारम्भ गर्नेछौँ।
३०) दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन।
29/05/2026
स्वास्थ्य बीमा बोर्डको परिमार्जित सुविधा थैली सम्बन्धमा !
Click here to claim your Sponsored Listing.
Category
Website
Address
New Baneshwar
Kathmandu
44600