Creator Nepal

Creator Nepal

Share

news & video

10/07/2026

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाह गरेका गणेश नेपालीको घटनाबारे प्रहरीले तीन जना नगर प्रहरीका कर्मचारीमाथि सोधपुछ गरिरहेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा बोलाएर उनीहरुसँग सोधपुछ भइरहेको एसपी पवनकुमार भट्टराईले बताए ।

प्रहरीले ती कर्मचारीहरुको नाम खुलाएको छैन । नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार, नेपालीले राहदानी विभागअगाडि मोटरसाइकल पार्किङ गरेका थिए र त्यसमा महानगर प्रहरीले ह्विल लक लगाइदिएको थियो ।

आफ्नो बाइकमा ह्विल लक लगाएको भन्दै उनले बाइकबाटै पेट्रोल निकालेर शरीरमा आगो लगाएको प्रहरीको भनाइ छ ।

08/07/2026

स्कुटर दुर्घटना
हेटौंडा–११, थानाभर्‍याङस्थित नमुना चोकमा बा.प्र. ०३–००४ प ७२७२नम्बरको स्कुटर तीव्र गतिका कारण अनियन्त्रित भई घरको पिँढीमा ठोक्किँदा चालक हेटौंडा–१० निवासी २१ वर्षीय सागर स्याङ्तान गम्भीर घाइते भएका थिए। तत्काल उपचारका लागि हेटौडा अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा हेटौंडा अस्पतालमा उ।नको मृत्यु भएको प्रहरीले जनाएको छ।

07/07/2026

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः गौरी कुमारी

05/07/2026

राक्सिराङ गाउँपालिका वडा नं ९ (साबिक खैराङ गाविस, सोमनामटार) मा एक महिलामाथि अनेक लान्छना लगाएर सामूहिक रुपमा कुटपिट र अपमान र अमानवीय व्यवहार गरिएको छ ।

स्थानीय गोराङ्दी खोलामा माछा मारिरहेका ३९ बर्षीया कुमारी थिङ र गणेश नगरकोटीलाई जबरजस्ती माछा मारिरहेकै स्थानबाट कुमारी थिङको घरमा लछारपछार गरी लगेर खानेपानीको पाइपले पालैपालो कुटपिट गरी र अमानवीय व्यवहार गरिएको हो । यो घटना गत असार १७ साँझपखको हो ।

पीडित कुमारी थिङका अनुसार सोही स्थानका ४५ बर्षीय होमराज स्याङ्तानसहित गाउँका मानिसहरुले यस्तो दुव्र्यवहार गरेका हुन् । घटनाका बेला खिचिएको भिडियोमा एकातिर कुमारीलाई केही महिलाहरुले भुत्ल्याइरहेको देखिन्छ भने अर्कातिर नगरकोटीलाई पाइपले हानेर घाइते बनाएको देखिन्छ ।

Creator Nepal

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu