SoftTech Computer Bazar
Whole Seller of Computers, Laptops and IT Accessories. Computer Repair, Laptop Exchange, Web Design/ Hosting etc.
23/09/2025
फेरि कस्ले बननयो यस्तो?
12/05/2023
We provide customized Gaming PC as per your need @ very reasonable cost.
Starting Price : Nrs 25000।-
Remember us if you want to modify/upgrade your existing systems :-)
एन्ड्रोइड फोनको एसएसएस म्यासेजको ब्याकअप कसरी राख्ने ?
सबै एसएमएस म्यासेज ब्याकअप गर्नको लागि ‘कार्वोनाइट एसएमएस ब्याकअप एण्ड रिस्टोर’ एप इन्स्टल गर्न सक्नुहुन्छ । एप इन्स्टल गरिसकेपछि निम्न प्रक्रियाअनुसार एसएमएस म्यासेज ब्याकअप गर्न सक्नुहुन्छ ।
१. सबैभन्दा पहिले वेलकम स्क्रिनमा गेट स्र्टाटेडमा थिच्नुहोस् ।
२. ब्याकअप सेभ गर्नको लागि कन्ट्याक्ट, एसएमएसमा पहुँच दिनुहोस् र फोन कल म्यानेज गर्नुहोस् । त्यसपछि चारवटा पपअप आउँछन् सबैमा अलाउ ट्याप गर्नुहोस् ।
३. सेट अप अ ब्याकअप मा थिच्नुहोस् ।
४. तपाई एसएमएस मात्रै ब्याकअप गर्न चाहनुहुन्छ भने फोन कल्स अफ थिच्नुहोस् । तपाई एमएमएस र निश्चित एसएमएस ब्याकअप गर्न चाहनुहुन्छ भने एडभान्स्ड अप्सनमा पनि थिच्न सक्नुहुन्छ होइन भने यसलाई त्यत्तिकै छोडिदिनुहोस् ।
५. नेक्स्ट थिच्नुहोस् ।
६. टगल प्रयोग गरेर तपार्इले गुगल ड्राइभ वा ड्रपबक्स कहाँ ब्याकअप कहाँ गर्न चाहेको हो छान्नुहोस् । तपाई त्यसको लागि एक्सेस दिन चाहनुहुन्न भने योर फोनमा टगल गर्न सक्नुहुन्छ र आफैंले फाइल कपी गर्न सक्नुहुन्छ ।
७. डिफल्ट फोल्डरमै ब्याकअप गर्ने हो भने ओके थिच्नुहोस् होइन भने ब्राउज थिचेर कुन फोल्डरमा सेभ गर्न मन छ त्यसमा ब्याकअप गर्नुहोस् ।
८. यसपछि नेक्स्ट थिच्नुहोस् र पपअप आउँछ त्यसमा यस थिच्नुहोस् ।
९. तपाईले अगाडिको टगलहरूबाट ब्याकअप सेड्युल पनि राख्न सक्नुहुन्छ वा सेड्युल रिकरिङ ब्याकअप टगललाई अफ गरिदिन पनि सक्नुहुन्छ , त्यसपछि ब्याकअप नाउ मा थिच्न सक्नुहुन्छ ।
यसपछि ब्याकअप हुन थाल्छ । १३ हजार एसएमएस ब्याकअप हुनको लागि हुनका लागि ३ मिनेट भन्दा पनि कम समय लाग्छ । एकपटक ब्याकअप फाइल बनाएपछि त्यसलाई तपाईले आफ्नो कम्प्युटरमा कपी गर्न सक्नुहुन्छ वा त्यसलाई तेस्रो पक्षको सफ्टवेयरसँग लिंक नगरी क्लाउडमा सेभ गर्न पनि सक्नुहुन्छ ।
एन्ड्रोइड फोनको एसएमएस म्यासेज कसरी रिस्टोर गर्ने ?
तपाईंले आफ्नो फोनको स्पेस खाली गर्न चाहनुहुन्छ वा नयाँ फोन बोक्न चाहनुहुन्छ भने तपाईले आफ्नो एन्ड्रोइड फोनमा भएका एसएमएस म्यासेजहरू ब्याकअप गरिसकेपछि आफ्नो फोन रिसेट गर्न सक्नुहुन्छ ।
तपाईले ब्याकअप राख्नुभएको छ भने रिस्टोर गर्नको लागि ‘कार्वोनाइट एसएमएस ब्याकअप एण्ड रिस्टोर’ एप फेरि इन्स्टल गर्नुपर्ने हुन्छ । तपाईको नयाँ फोनमा वा फम्र्याट गरिएको पुरानै फोनमा निम्न विधिअनुसार एसएमएस रिस्टोर गर्न सकिन्छ ।
१. तपाईको फोनमा एसएमएस ब्याकअप कपी गरिएको पक्का गर्नुहोस् ।
२. कार्वोनाइट एसएमएस ब्याकअप एप खोल्नुहोस् र रिस्टोर गर्नको लागि वेलकम स्त्रिmनमा गेट स्टार्टेड मा थिच्नुहोस् ।
३. माथि देब्रपट्टकिो हृयामबर्गर मेनु आइकनमा थिच्नुहोस् र रिस्टोरमा थिच्नुहोस् ।
४. तपाईले लोकल कपी प्रयोग गरिरहनुभएको छ भने लोकल ब्याकअप लोकेसन मा थिच्नुहोस् होइन गुगलड्राइभ वा ड्रपबक्स प्रयोग गर्ने हो भने उचित बटनमा थिच्नुहोस् ।
५. यसले पछिल्लो ब्याकअप आँफै पत्ता लगाउँछ पत्ता लगाएन भने सेलेक्ट अनदर ब्याकअप मा थिच्नुहोस् र तपाईले रिस्टोर गर्न खोजेको फाइलमा थिच्नुहोस् । टगलहरूबाट तपाईले म्यासेज वा फोन कल के रिस्टोर गर्न चाहेको के हो छनोट गर्नुहोस् ।
६ रिस्टोरमा थिच्नुहोस् । त्यसपछि ओके थिच्नुहोस् र त्यसपछि आउने दुई पपअपमा यस थिच्नुहोस् ।
Source : Onlinekhabar
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
45500