Reading Circle

Reading Circle

Share

Reading Circle ( books Library )

20/03/2024

Admissions Open.

18/03/2023

प्रेम जहिले भेटियो त्यो समय मिठो ।
प्रेम जति भेटियो त्यो परिमाण पनि मिठो ।
प्रेम जसरी भेटियो त्यो अवस्था मिठो
प्रेमलाई भेट्ने इच्छामात्र पनि मिठो ।
प्रेम कतिपटक भेटियो, त्यो तृप्ती मिठो ।
प्रेम भेट्दा भेट्दै छुटिगएको भए पनि त्यो छुटाइ मिठो ।
प्रेम भेटेर पनि नभेटिएजस्तो भए पनि त्यो अप्राप्ति मिठो ।
प्रेम नभेटिएर पनि भेटिएजस्तो लाग्ने प्रेमको त्यो भ्रम मिठो । प्रेमको आकाश मिठो प्रेमको धरती मिठो ।
प्रेमको हर यात्रा मिठो ।
प्रेमको प्राप्ति मिठो ।
प्रेमको दुरी मिठो ।
प्रेम हर समयमा मिठो । प्रेम, हर उमेरमा मिठो ।
प्रेमको जुनसुकै रुप मिठो
प्रेम हर ठाउँमा मिठो ।
प्रेमको जुनसुकै जात मिठो ।
प्रेमको हर साथ मिठो ।
#

O

21/09/2022

लघुकथा - निधारको खत
"आमा ! खानामा कत्तिको रुचि छ ?"- डा. सुबोधले ब्लड प्रेसर जाँच गर्दै सोधे ।
" जिब्रोमा केही स्वाद नै छैन । राती निद्रा पनि खासै लाग्दैन ।"- असी बर्ष आसपास पुगेकी बूढी आमाले जवाफ दिइन् ।
'कति जाती डाक्टर बाबु रहेछन् । बोली पनि कति मीठो, सुनिरहुँ जस्तो ।' हस्पिटलको बेडमा पल्टँदै बूढी आमा मनमनै बोलिन् ।
"घरमा को को हुनुहुन्छ, आमा ?"- डाक्टरले ज्वरो नापेको थर्मामिटर हेर्दै सोधे ।
" घरमा त बूढा र म मात्र छौँ,बाबु । विवाह भइ सकेकी एउटा छोरी आफ्नै घरमा छिन् ।"- उनी बोलिन् ।
"अरु कोही छैन, आमा ?"- नाडीको चाल जाँच गर्दै डाक्टर बोले ।
बूढी आमा केही अक्मकाइन् । उनको अनुहारमा पीडाका रेखाहरू दौडिए । खुईयऽऽ गर्दै उनी सुस्तरी बोलिन् - "बाबु ! तामाको मुना जस्तै एउटा छोरा थियो । चार वर्ष जतिको हुँदा कता हरायो, हरायो। अहिलेसम्म यही संसारमा छ कि देउताको घरमा पुगिसक्यो, केही थाहा छैन । जे होस्, हाम्रो साथमा नभए पनि खुसिराजी यही धर्तिमा भइदियोस्, हे भगवान !" - बूढी आमाका आँखा रसिला भए ।
बूढी आमाका कुरा सुनेर डाक्टर सुबोधको मन पनि एक तमासको भयो । आँखा रसाउलान् रसाउलान् जस्ता भए । बिरामी कोठामा केही बेर सन्नाटा छायो ।
"अनि बाबुको आमाबुबा नि ?"- भारी मनले बूढी आमाले सोधिन् ।
" बुझ्ने हुँदा म अनाथालयमा थिएँ । कुनै सज्जनले सडकमा बेवारिसे अवस्थामा फेला पारे पछि मलाई त्यहाँ बुझाई दिएका रहेछन् । अहिले भौतिक रुपमा मलाई सबै कुरा भरिपूर्ण छ । तर दुर्भाग्यको कुरा, मेरा आमाबुबा को अनि कहाँ कस्तो अवस्थामा हुनुहुन्छ ? मलाई केही थाहापत्तो छैन, आमा !" डाक्टर सुबोधले निन्याउरो अनुहार बनाउँदै बेलीविस्तार लगाए ।
बूढी आमा डाक्टर सुबोधको अनुहारमा एकटकले हेर्दै उनका कुरा सुनिरहेकी थिइन् । एकाएक उनका आँखा सुबोधको निधारको दाहिने भागको खतमा पुगेर रोकिए ।

विद्या ढकाल
तनहुँ ।

04/09/2022

सम्झनाका तरेलिहरु सग
खेल्दै झुम्दै अगाडि बढ्दै
वर्तमानका तितो यथार्थहरु
जुध्दै , भिड्दै अनि लड्दै

जीवन अगाडि बढ्दै जाँदै
हन्डर अनि वेदना खप्दै
बगिरहेको छ चुदि खोला
न वर्तमान न भविष्य के होला।

कोआफ्नो को पराइ
चिन्नै पो सकिन्न हौ
शत्रु को हुन मित्र को हुन
सहयोगी हात कुनपो हौ।

#अझ #

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kalanki
Kathmandu