Dr Sanduk Ruit
Dr Sanduk Ruit
This page is managed by the Ruit Foundation.
30/11/2025
कात्तिक ३० देखि मंसिर २ गतेसम्म ताप्लेजुङको फुङलिङमा सञ्चालित आँखाको शल्यक्रिया शिविरमा दुवै आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टी खोलेपछि डा. सन्दुक रुईटको साथमा । केही वर्ष यता दुवै आँखामा मोतियाविन्दु भएका कारण चारैजनाले कष्टकर जीवन बाँचिरहेका थिए । एक साथ दुवै आँखाले स्पष्ट देख्न सक्ने भएपछि उनीहरु निकै हर्षित भएका थिए ।
Photo by : .dhakal
"डा. रुइतले ४० वर्षका कति बिरामीको आँखा जाँच गरे ठ्याक्कै याद छैन । तर, शल्यक्रिया गरेका संख्या भने उनलाई आकलन छ । देश–विदेशमा पुगेर उनले ४० वर्षको अवधिमा दुई लाखको आँखाको शल्यक्रिया गरे । त्यसमध्ये करिब एक लाख ८० हजार नेपाली र २० हजार विभिन्न देशका नागरिक छन् । उनले नेपालबाहेक अन्य ३० भन्दा बढी देशमा पुगेर सयौंँको आँखाको ज्योति फर्काइदिएका छन् ।"
https://www.nayapatrikadaily.com/news-details/182726/2025-11-29
09/09/2025
विशेष अनुरोध
परिवर्तनका लागि सडकमा विरोध प्रर्दशन गरिरहनुभएका भाइबहिनीहरु, तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन ।
सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ । संयम बनौं ।
सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ ।
धन्यवाद
डा. सन्दुक रुईट
09/09/2025
अहिले नेपालको राजधानी काठमाडौँ लगायत देशभर युवाहरू अझ विशेष गरेर "जेन्-जी" पुस्ता शासनसत्ताको भ्रष्ट आचरण, जवाफहीन व्यवहार र आफ्नालाई मात्रै पोस्ने रवैयाको खुलेर विरोध गर्न सडकमा उत्रिएका छन् । सोमबार देश, माटो र झण्डाको इज्जत जोगाउन सडकमा उत्रिएका निहत्था युवाहरूको जुन रूपमा राज्यले हत्या गऱ्यो त्यसको जतिसुकै कठोर शब्दमा निन्दा गरेपनि कम हुन्छ । हिजोको घटनाले मलाई अत्यन्तै दुखित बनाएको छ । म यो पीडा शब्दमा बयान गर्न सक्दिन। नविन सोचले प्रेरित भएका देशप्रेमी सपुत गुमाउने सबै आमाबुवा प्रति म हृदयको अन्तरमनबाट समवेदना प्रकट गर्दछु।
कुनैपनि व्यक्तिको घर परिवारले बन्छ । त्यही व्यक्ति र परिवार मिलेर राज्य बन्छ । कुनै व्यक्तिको परिवार उजाड्ने अहिलेको सरकारको व्यवहारले कस्तो राज्य बन्ला ? भाद्र २३, सोमबारको दिन अब इतिहासमा "कालो सोमबार"का रूपमा दर्ज भइसकेको छ । अहिले असान्दर्भिक जस्तै भइसकेका कुनैपनि नेताको दोष निहत्था युवाको रगतले पखालेर पखालिँदैन । आफ्नो भविष्यका लागि चिन्तित "जेन्-जी" पुस्ताले सुरु गरेको यो विरोध र यो आन्दोलनले दुर्गामी अर्थ राख्नेछ भन्नेमा कुनै दुईमत छैन ।
आफ्नो सुनौलो भविष्यको सपना कुल्चिएर अगाडि बढिरहेको शासनसत्ताको विरोध गर्नु कुनै अपराध होइन । तर आफ्नो भावनालाई सडकमा मुखरित गर्ने अबोध केटाकेटीको हत्या गर्नु अक्षम्य अपराध हो । त्यही अपराधी मनोवृत्तिले शासनसत्ता चलाइरहन सकिन्छ भन्ने सोच कसैले राख्नु हुँदैन ।
अहिलेको राजनीतिक वेथितिबाट सबै नेपालीले मुक्ति चाहेका छन् । अबको परिवर्तन रचनात्मक र विकासशील देश बनाउने सोचबाट प्रेरित हुनेछ भन्ने अपेक्षा म र मजस्तै धेरै अभिभावकहरुले लिएका छौं । सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ ।
डा. सन्दुक रूईट
04/09/2025
डा. सन्दुक रुईट र तिलगंगा अस्पतालका आँखा विशेषज्ञ टोलीले सन् २०१६ मा कालिम्पोङ पुगेर त्यहाँ दृष्टिमा समस्या भएकाहरुको उपचार गर्नुभएको थियो । ती मध्ये भालुखोप कालिम्पोङकी ५४ वर्षीया चन्द्र माया राईको दुवै आँखामा मोतियाबिन्दु भएकै कारण दृष्टिविहिन हुनुहुन्थ्यो । शल्यक्रिया पछि पुनः देख्न भएसँगै उहाँ निकै हर्षित हुनुभएको थियो । सँगै डा. रुईट पनि निकै खुशी हुनुभयो ।
Photo by : Michael Amendolia
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Website
Address
Kathmandu